Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Health/रामेछापको प्रीतिमा १८ कोठे सुविधासम्पन्न विद्यालय भवन

रामेछापको प्रीतिमा १८ कोठे सुविधासम्पन्न विद्यालय भवन

Share:WhatsAppFacebookX (Twitter)Telegram
रामेछापको प्रीतिमा १८ कोठे सुविधासम्पन्न विद्यालय भवन

रामेछाप, असोज २७ । एसियाली विकास बैंक (एडीबी) को आर्थिक तथा प्राविधिक सहयोगमा रामेछापको उमाकुण्ड गाउँपालिका–४, प्रीतिमा निर्माण सम्पन्न श्री चण्डेश्वरी माध्यमिक विद्यालयको १८ कोठे सुविधासम्पन्न भवन उद्घाटन गरिएको छ।

आर्थिक वर्ष २०७७/०७८ मा ५ करोड ८५ लाख ९ हजार ७ रुपैयाँको लागतमा सम्झौता भई निर्माण सुरु गरिएको उक्त भवनको विशेष समारोहबीच उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले रिबन काट्नुका साथै पानसमा दीप प्रज्वलन गरेर उद्घाटन गर्नुभएको हो।

उमाकुण्ड गाउँपालिका–४ का वडाध्यक्ष मानबहादुर सुनुवारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष सुनुवार प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवार, शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख नेत्रप्रसाद गजुरेल, वडा नं. १ का वडाध्यक्ष ङावातिण्डु शेर्पालगायत विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक, स्थानीय बुद्धिजीवी, शिक्षाप्रेमी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

लामो प्रतीक्षा र निर्माण प्रक्रियापछि विद्यालयको सुविधासम्पन्न भवन निर्माण सम्पन्न भई उद्घाटन भएपछि विद्यालय परिवार, विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायमा उत्साह थपिएको छ। नयाँ भवनले विद्यालयको भौतिक पूर्वाधारलाई व्यवस्थित बनाउनुका साथै विद्यार्थीलाई सुरक्षित र अनुकूल वातावरणमा अध्ययन गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। पर्याप्त कक्षाकोठा र व्यवस्थित शैक्षिक संरचनाले नियमित पठनपाठन सहज बनाउन, शिक्षण सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउन तथा विद्यालयको समग्र शैक्षिक गुणस्तर सुधार गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।

भवन उद्घाटन समारोहसँगै विजयादशमी, तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमसमेत आयोजना गरिएको थियो। कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय बुद्धिजीवीहरूले एकअर्कामा शुभकामना साटासाट गर्दै आपसी सद्भाव, एकता र भाइचाराको सन्देश प्रवाह गरेका थिए। सहभागीहरूले विद्यालयको निरन्तर प्रगति र विद्यार्थीको उज्ज्वल भविष्यको कामनासमेत गरेका थिए।

त्यसैगरी, विद्यार्थीको प्रतिभा पहिचान, विकास र प्रोत्साहन गर्ने उद्देश्यले चिल्ड्रेन च्याम्पस कार्यक्रमअन्तर्गत अन्तरविद्यालय खेलकुद तथा नृत्य प्रतियोगितासमेत आयोजना गरिएको थियो। असोज २१ गते सम्पन्न अन्तरविद्यालय खेलकुद प्रतियोगिताका विजेता विद्यार्थीहरूलाई मेडल, ट्रफी, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो। अन्तरविद्यालय नृत्य प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पनि पुरस्कारसहित प्रमाणपत्र वितरण गरिएको थियो।

उमाकुण्ड गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ मा गाउँपालिकाका प्रत्येक वडामा चिल्ड्रेन च्याम्पस कार्यक्रम सञ्चालन गर्न एक लाख रुपैयाँका दरले बजेट विनियोजन गरेको छ। यस व्यवस्थाले बालबालिकाको प्रतिभा पहिचान, विकास र प्रोत्साहनका अवसरलाई स्थानीयस्तरमै विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रमका अवसरमा विद्यालयको स्थापना, सञ्चालन तथा विकासमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। विद्यालयका जग्गादाता, पूर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, पूर्व शिक्षक–अभिभावक संघका पदाधिकारी तथा पूर्व प्रधानाध्यापकहरूलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो।

त्यसैगरी, विद्यालयमा उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्न, शैक्षिक गुणस्तर सुधार गर्न तथा विद्यालयको समग्र विकासमा उल्लेखनीय भूमिका निर्वाह गर्ने शिक्षक तथा कर्मचारीहरूलाई समेत सम्मान गरिएको थियो।

समारोहको अन्त्यमा देउसीभैलो कार्यक्रम आयोजना गरिएको थियो। नेपाली मौलिक संस्कृति र परम्परासँग जोडिएको देउसीभैलोमा सहभागीहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै चाडपर्वको सांस्कृतिक रौनक साटासाट गरेका थिए। विद्यालय भवन उद्घाटन, शुभकामना आदानप्रदान, विद्यार्थीलाई पुरस्कार वितरण, योगदानकर्ताको सम्मान तथा सांस्कृतिक कार्यक्रमसहित समारोह सम्पन्न भएको थियो।

स्थानीय सरकार, विद्यालय, शिक्षक तथा अभिभावक समुदायबीचको सहकार्यलाई निरन्तरता दिन सके भौतिक पूर्वाधार विकाससँगै विद्यार्थीको सिर्जनात्मक क्षमता, प्रतिभा र समग्र व्यक्तित्व विकासमा समेत सकारात्मक उपलब्धि हासिल गर्न सकिने अपेक्षा गरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

गोलबजारमा निःशुल्क स्वास्थ्य शिविर, १९० जनाले लिए सेवा
स्वास्थ्यJust now

गोलबजारमा निःशुल्क स्वास्थ्य शिविर, १९० जनाले लिए सेवा

सिरहा । सिरहाको गोलबजार नगरपालिका–२ मा सञ्चालित एकदिने निःशुल्क स्वास्थ्य शिविरबाट १९० जनाले स्वास्थ्य सेवा लिएका छन्। गरिब, विपन्न तथा दलित समुदायका नागरिकलाई लक्षित गरी वडा कार्यालयको आयोजना र नगरपालिकाको स्वास्थ्य शाखाको समन्वयमा शिविर सञ्चालन गरिएको हो। शिविरमा स्त्री तथा प्रसूति रोग, हाडजोर्नी, फिजियोथेरापी र जनरल मेडिसिनलगायतका सेवा प्रदान गरिएको थियो।... ...

हेल्थवाणी
संस्थागत सुत्केरी बढाउन हरिनास गाउँपालिकाले दियो निःशुल्क एम्बुलेन्स सेवा
स्वास्थ्यJust now

संस्थागत सुत्केरी बढाउन हरिनास गाउँपालिकाले दियो निःशुल्क एम्बुलेन्स सेवा

स्याङ्जा । स्याङ्जाको हरिनास गाउँपालिकाले संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ। गाउँपालिकाले चालु आर्थिक वर्षको साउनदेखि लागू हुने गरी गर्भवतीलाई अस्पतालसम्म पुर्‍याउनका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको हो। गर्भवतीलाई सहजपुरमा अस्पतालसम्म पुर्‍याएर सुरक्षित रूपमा सुत्केरी गराउनका लागि एम्बुलेन्स सेवा... ...

हेल्थवाणी
आजको मौसम : कर्णाली र सूदुरपश्चिमका केही स्थानमा वर्षा हुने
स्वास्थ्यJust now

आजको मौसम : कर्णाली र सूदुरपश्चिमका केही स्थानमा वर्षा हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कर्णाली र सूदुरपश्चिम प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । बाँकी हिमाली भू–भाग तथा देशको पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ । देशको तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कर्णाली र सूदुरपश्चिम प्रदेशको हिमाली... ...

हेल्थवाणी
दुर्गम पापुङ गाउँमा प्रसूति केन्द्र सञ्चालनमा
स्वास्थ्यJust now

दुर्गम पापुङ गाउँमा प्रसूति केन्द्र सञ्चालनमा

ताप्लेजुङ समाचारदाताताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङकै एक दुर्गम क्षेत्र मिक्वाखोला गाउँपालिकाको पापुङमा प्रसूति केन्द्र (बर्थिङ सेन्टर) सञ्चालनमा ल्याइएको छ । मिक्वाखोला–५ पापुङ... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play