Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/कांग्रेसको मुस्लिम सहमहामन्त्रीमा फिरदोश आलम निर्वाचित, सदस्यको पनि आयो परिणाम

कांग्रेसको मुस्लिम सहमहामन्त्रीमा फिरदोश आलम निर्वाचित, सदस्यको पनि आयो परिणाम

Share:WhatsAppFacebookX (Twitter)Telegram
कांग्रेसको मुस्लिम सहमहामन्त्रीमा फिरदोश आलम निर्वाचित, सदस्यको पनि आयो परिणाम

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मुस्लिमतर्फ केन्द्रीय सहमहामन्त्रीमा डा. मो. फिरदोश आलम निर्वाचित भएका छन्। त्यस्तै, मुस्लिम खुला केन्द्रीय सदस्यमा डा. अताबुल मंसुरी, मो. इर्शाद अन्सारी र अब्दुल रज्जाक गद्दी निर्वाचित भएका छन्। मुस्लिम महिला केन्द्रीय सदस्यमा जमिला खातुन र सकिना खातुन विजयी भएका छन्। सहमहामन्त्री (मुस्लिम) तर्फ आलमले ३ हजार ३४७ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी अब्दुल सत्तारले २ हजार ७२७ र अतहर कमाल मुसलमानले ५५७ मत प्राप्त गरेका छन्। केन्द्रीय सदस्य (मुस्लिम खुला) तर्फ डा. अताबुल मंसुरीले ३ हजार ३१७ मत प्राप्त गरेका छन्। मो. इर्शाद अन्सारीले १ हजार ८६३ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। त्यस्तै, अब्दुल रज्जाक गद्दी पनि निर्वाचित भएका छन्। उनले १७११ मत पाएका छन् । मुस्लिम खुलातर्फ ईश्तियाक अहमद खाँले १ हजार ५४४, जमिल अख्तर आजादले १ हजार ४५२, जम्सेर अलिमियाले १ हजार २०३, छोटे मियाँ अन्सारीले ९२५ र महमद जवारदिन मिया (मुन्ना) ले ८१५ मत प्राप्त गरेका छन्। त्यस्तै, मो. मुकिम खानले ६९३, सहरम राउत गदीले ६७९, सलाउ दिन मियाँले ६७५, रहमतुल्ला मियाले ५६३, आवेद हुसेनले ७२२ र मोहम्मद अकरमले ४५२ मत प्राप्त गरेका छन्। सामुहम्मद मियाले ६३० मत प्राप्त गरेका छन् । मुस्लिम महिला केन्द्रीय सदस्यतर्फ जमिला खातुन २ हजार ८३५ मतसहित निर्वाचित भएकी छन्। सकिना खातुनले २ हजार ११६ मत प्राप्त गर्दै अर्को पदमा जित हासिल गरेकी छन्। महिला सदस्यतर्फ यासिबा रहमानले १ हजार ८२७, जमिला मियाँले १ हजार ७१८, जन्नतुन निसा धुनियाले १ हजार ६३ र नजबुल खानले ६९८ मत प्राप्त गरेका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

प्रदीप अधिकारीसँग अख्तियारका आयुक्त अमात्यको अडियो प्रकरणमा पूर्वआयुक्त राजनारायण पाठककै नजिर दोहोरिएला ?
ताजा खबरJust now

प्रदीप अधिकारीसँग अख्तियारका आयुक्त अमात्यको अडियो प्रकरणमा पूर्वआयुक्त राजनारायण पाठककै नजिर दोहोरिएला ?

काठमाडौँ। भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक जिम्मेवारी पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगभित्रै ‘मुद्दा मिलाइदिने’ र सूचना चुहाएर ‘अनैतिक रिसवत’ (घुस) लिने गरेको तथ्य पटक–पटक दोहोरिएको छ । यसले संवैधानिक निकायको निष्पक्षतामाथि... ...

रातोपाटी
महासंघ अध्यक्ष श्रेष्ठको चेतावनी- प्रमाणविना उद्यमीलाई दोषी ठहर नगरियोस्
ताजा खबरJust now

महासंघ अध्यक्ष श्रेष्ठको चेतावनी- प्रमाणविना उद्यमीलाई दोषी ठहर नगरियोस्

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले साना तथा मझौला उद्यमको प्रवर्धनका लागि सहुलियतपूर्ण कर्जा, समयमै भुक्तानीको सुनिश्चितता र प्रशासनिक प्रक्रिया सरलीकरण गर्न सरकारसँग माग गरेका छन्। ललितपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले साना व्यवसायीलाई सहज कर्जा उपलब्ध गराउन धितोमा आधारित कर्जाको विकल्पका रूपमा नगद प्रवाह र बिलका आधारमा कर्जा दिन... ...

नेपालखबर
चाडपर्वमा जनकपुरधामको सुरक्षाव्यवस्था कडा
ताजा खबरJust now

चाडपर्वमा जनकपुरधामको सुरक्षाव्यवस्था कडा

जनकपुरधाम । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै धनुषा प्रहरीले जनकपुरधामसहित जिल्लाका सहरी तथा ग्रामीण क्षेत्रमा सुरक्षा निगरानी बढाएको छ । चाडपर्वका बेला हुन सक्ने चोरी, लुटपाट, लागुऔषध कारोबार... ...

रातोपाटी
पाँच महिनापछि अरुण नदीको सतिघाटमा 'फेरि सेवा' सञ्चालन
ताजा खबरJust now

पाँच महिनापछि अरुण नदीको सतिघाटमा 'फेरि सेवा' सञ्चालन

भोजपुर । भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा फेरि सेवा सञ्चालन भएसँगै नदी वारपार गर्न सहज हुने भएको छ । यसअघि पक्की पुल नहुँदा आवागमनमा समस्या हुँदै आएकामा पाँच... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play