Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/नारायणी आइकोनिक पुल निर्माणको जिम्मेवारी पुल सेक्टर पोखरालाई

नारायणी आइकोनिक पुल निर्माणको जिम्मेवारी पुल सेक्टर पोखरालाई

Share:WhatsAppFacebookX (Twitter)Telegram
नारायणी आइकोनिक पुल निर्माणको जिम्मेवारी पुल सेक्टर पोखरालाई

नारायणगढ (चितवन) । नारायणगढ र गैँडाकोट जोड्ने नारायणी नदीमाथि निर्माणाधीन आइकोनिक केबल–स्टेड पुलको निर्माणसम्बन्धी जिम्मेवारी सडक डिभिजन भरतपुरबाट पुल सेक्टर पोखरामा हस्तान्तरण गरिएको छ । गत भदौ ९ गतेको सचिवस्तरीय निर्णयअनुसार पुल निर्माणको जिम्मेवारी हस्तान्तरण गर्ने निर्णय स्वीकृत भएपछि मङ्गलबार निर्माणसँग सम्बन्धित सम्पूर्ण आयोजना तथा ठेक्कासम्बन्धी कागजात पुल सेक्टर पोखरालाई हस्तान्तरण गरिएको हो । सडक डिभिजन भरतपुरका डिभिजन प्रमुख इञ्जिनियर नारायणप्रसाद लामिछानेले पुल सेक्टर पोखराका योजना प्रमुख इञ्जिनियर कृष्णराज अधिकारीलाई कागजात हस्तान्तरण गरेका छन् । यसअघि सडक डिभिजन भरतपुरले हेर्दै आएको पुल निर्माणको काम अब पुल सेक्टर पोखराले हेर्नेछ । डिभिजन प्रमुख लामिछानेका अनुसार बर्खा सुरु हुनुअघि चितवनतर्फ पुलको पाइल निर्माणको काम गरिएको थियो । चितवनतर्फ अन्तिम फाउन्डेसनको काम भएकोे उनले बताए । बाढीले पुल निर्माणमा खासै क्षति नगरे पनि गैँडाकोटतर्फ रहेको निर्माण कम्पनीको शिविरमा भने असर गरेको उनले जानकारी दिए । निर्माण कम्पनी तुँदी कन्स्ट्रक्सन प्रालिका योजना व्यवस्थापक इञ्जिनियर मञ्जिल मिश्रका अनुसार बर्खा सुरु हुनुअघि पुलको जग निर्माणसम्बन्धी केही काम गरिएको थियो । बर्खा लागेपछि काम रोकिएको उनले बताए । उनका अनुसार दसैँलगत्तै निर्माणको काम सुरु गर्ने तयारी छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

बेस्ट वेस्टर्न प्लस काठमाडौँ होटलले जित्यो 'साटा २०२६' सिल्भर अवार्ड, दसैँ लक्षित विशेष अफरसमेत सार्वजनिक
ताजा खबरJust now

बेस्ट वेस्टर्न प्लस काठमाडौँ होटलले जित्यो 'साटा २०२६' सिल्भर अवार्ड, दसैँ लक्षित विशेष अफरसमेत सार्वजनिक

काठमाडौँ । बेस्ट वेस्टर्न प्लस काठमाडौँ होटलले 'लिडिङ एयरपोर्ट होटल' अवार्ड जितेको छ । काठमाडौँको पिंगलास्थानमा अवस्थित उक्त होटलले साउथ एसियान ट्राभल अवार्ड्स (साटा) २०२६ मा उक्त विधामा अवार्ड जितेको... ...

रातोपाटी
विश्वविद्यालयमा एआईको जवाफदेही प्रयोग
ताजा खबरJust now

विश्वविद्यालयमा एआईको जवाफदेही प्रयोग

अबको प्रश्न विद्यार्थीले एआई चलाउँछन् कि चलाउँदैनन् भन्ने होइन, विश्वविद्यालयले एआई उपयोगका लागि स्पष्ट र सिकाइको उद्देश्यसुहाउँदो नियम बनाउन सक्छन् कि सक्दैनन् भन्ने हो । ...

कान्तिपुर
शिक्षक सरुवामा नयाँ नियम : तीन वर्षको बाध्यता हटाएर एक वर्ष, पारस्परिक सरुवामा के छ व्यवस्था ?
ताजा खबरJust now

शिक्षक सरुवामा नयाँ नियम : तीन वर्षको बाध्यता हटाएर एक वर्ष, पारस्परिक सरुवामा के छ व्यवस्था ?

काठमाण्डु – सामुदायिक विद्यालयका शिक्षकको सरुवा प्रक्रियामा तीन वर्षको बाध्यकारी अवधि घटाएर एक वर्ष कायम गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ मार्फत शिक्षा नियमावली, २०५९ को नियम ९९ संशोधन गर्दै शिक्षक सरुवासम्बन्धी व्यवस्थामा फेरबदल गर्न लागिएको हो। प्रस्तावित व्यवस्थाअनुसार स्थायी सेवा अवधि एक वर्ष पूरा भएका र अनिवार्य अवकाश हुन एक […] ...

काठमाण्डुपाटी
विपद्का कारण  गण्डकी प्रदेशका तीन जिल्लाका मुख्य राजमार्ग प्रभावित
ताजा खबरJust now

विपद्का कारण गण्डकी प्रदेशका तीन जिल्लाका मुख्य राजमार्ग प्रभावित

• गण्डकी प्रदेशका म्याग्दी, नवलपरासी पूर्व र गोरखा जिल्लामा विपद्का कारण मुख्य राजमार्ग प्रभावित भएका छन्। • म्याग्दीको बेनी–जोमसोम सडकखण्ड र नवलपरासी पूर्वको कालीगण्डकी करिडोर एकतर्फी सञ्चालनमा छन्। • गोरखामा बाढीका कारण सडक आवागमनमा समस्या आएको छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play