Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/बैंकमा १२ खर्ब रुपैयाँभन्दा धेरै थुप्रिए पनि उत्पादन र रोजगारीमा लगानी बढेन

बैंकमा १२ खर्ब रुपैयाँभन्दा धेरै थुप्रिए पनि उत्पादन र रोजगारीमा लगानी बढेन

Share:WhatsAppFacebookX (Twitter)Telegram
बैंकमा १२ खर्ब रुपैयाँभन्दा धेरै थुप्रिए पनि उत्पादन र रोजगारीमा लगानी बढेन

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा १२ खर्ब ६६ अर्ब रुपैयाँ अधिक तरलता रहनुका साथै वार्षिक २३ खर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिँदा पनि लगानी भने बढेको छैन । मुख्यगरी उत्पादनमूलक क्षेत्रमा लगानी बढ्न नसक्दा रोजगारी विस्तारसमेत प्रभावित भइरहेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घकाअनुसार उपलब्ध पूँजी उत्पादनमा परिचालन हुन नसक्नुका साथै बजारमा माग कमजोर हुँदा अर्थतन्त्र कमजोर बन्न पुगेको छ । एकातिर निजी क्षेत्रमा कर्जा प्रवाह अपेक्षाअनुसार बढ्न सकेको छैन भने अर्कातिर नीतिगत तथा प्रशासनिक झन्झट कायम रहनुले अर्थतन्त्रको गति सुस्त बनेको महासङ्घले निष्कर्ष निकालेको छ । आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशतमा सीमित छ । सरकारले यो अवधिका लागि ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको थियो । विश्व बैंकको सन् २०२६ को तथ्याङ्क उद्धृत गर्दै महासङ्घले नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशत रहँदा दक्षिण एशियाको औसत ६.९ प्रतिशत, भारतको ७.१ प्रतिशत र चीनको ४.५ प्रतिशत रहेको उल्लेख गरेको छ । महासङ्घका अनुसार आर्थिक वृद्धिको सुस्तता, कमजोर माग र लगानीको न्यून विस्तारले उद्योग तथा व्यवसायको गतिविधिमा प्रत्यक्ष असर पारेको छ । नेपालका उद्योगहरू औसतमा ४४.५ प्रतिशत क्षमतामा मात्रै सञ्चालन भइरहेका छन् । व्यावसायिक आत्मविश्वास पछिल्ला ३६ वर्षयताकै न्यून स्तरमा रहेको महासङ्घको अनुभव छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप आर्थिक वर्ष २०८२/८३ मा १३.९ प्रतिशतले बढे पनि निजी क्षेत्रतर्फको कर्जा प्रवाह ६.६ प्रतिशतले मात्रै वृद्धि भएको थियो । नेपाल राष्ट्र बैंकले कर्जा विस्तारको लक्ष्य १२ प्रतिशत राखेको अवस्थामा यस्तो वृद्धिदर अपेक्षाभन्दा निकै कम हो । मूल्यवृद्धिको प्रभाव समायोजन गर्दा कर्जा विस्तार ३.४ प्रतिशतमा सीमित रहेको छ । कर्जाको औसत ब्याजदर ६.५५ प्रतिशतमा झरेको र बैंकमा पर्याप्त तरलता रहेको अवस्थामा पनि निजी क्षेत्रमा कर्जा प्रवाह बढ्न नसक्नुले बजारमा माग कमजोर रहेको सङ्केत गर्ने महासङ्घको निष्कर्ष छ । महासङ्घकाअनुसार कर्जा प्रवाह उत्पादनमूलक क्षेत्रभन्दा उपभोगतर्फ धेरै केन्द्रित भएको छ । तथ्याङ्कमा हेर्ने हो भने गएको आर्थिक वर्षको पहिलो ९ महिनामा उपभोग कर्जा ११.७ प्रतिशतले बढ्दा औद्योगिक उत्पादन कर्जा ६.५ प्रतिशतले मात्रै वृद्धि भएको थियो भने कृषि कर्जा २.३ प्रतिशतले घटेको थियो । कुल कर्जाको ६३ प्रतिशत घरजग्गा धितोमा प्रवाह भएकाले पर्याप्त कारोबार भए पनि घरजग्गा धितो राख्न नसक्ने साना तथा मझौला उद्यमले कर्जा प्राप्त गर्न कठिनाइ भोगिरहेका महासङ्घको निष्कर्ष छ ।– न्युज एजेन्सी नेपाल The post बैंकमा १२ खर्ब रुपैयाँभन्दा धेरै थुप्रिए पनि उत्पादन र रोजगारीमा लगानी बढेन appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

पोखरामा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
ताजा खबरJust now

पोखरामा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

लेखनाथ समाचारदातालेखनाथ, असोज २९ गते । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर–१७ स्थित बालोदय चोकमा बिहीबार बिहान भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्य भएको छ ।बिहान ७ बजे भएको... ...

गोरखापत्र
दुई महिनामा सवा तीन खर्ब नाघ्यो व्यापार घाटा, निर्यातमा भने ६२ प्रतिशतको छलाङ
ताजा खबरJust now

दुई महिनामा सवा तीन खर्ब नाघ्यो व्यापार घाटा, निर्यातमा भने ६२ प्रतिशतको छलाङ

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालको वैदेशिक व्यापारमा आयात र निर्यात दुवैतर्फ उल्लेख्य वृद्धि देखिएको छ। निर्यातमा उच्च वृद्धि भए पनि आयातको परिमाण निकै ठूलो... ...

रातोपाटी
साना तथा मझौला उद्यमलाई सहुलियतपूर्ण कर्जा दिन एफएनसीसीआईको माग
ताजा खबरJust now

साना तथा मझौला उद्यमलाई सहुलियतपूर्ण कर्जा दिन एफएनसीसीआईको माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले साना तथा मझौला उद्यमको प्रवद्र्धनका लागि सहुलियतपूर्ण कर्जा, समयमै भुक्तानी र प्रशासनिक प्रक्रिया सरलीकरण गर्न सरकारसँग माग गरेका छन् । ललितपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले साना व्यवसायीलाई धितोको विकल्पमा नगद प्रवाह र बिलका आधारमा कर्जा उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने बताए । उनले कर्जा सुरक्षण कोष विस्तार, बाढी तथा विपद्बाट प्रभावित ...

टक्सार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play