Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/न्यून आय हुनेलाई दशैं त दशा जस्तै हुने रहेछ !

न्यून आय हुनेलाई दशैं त दशा जस्तै हुने रहेछ !

Share:WhatsAppFacebookX (Twitter)Telegram
न्यून आय हुनेलाई दशैं त दशा जस्तै हुने रहेछ !

काठमाडौं । काठमाडौँ उपत्यकाभित्रका प्रायः सबै मुख्य बजारमा अहिले किनमेल गर्ने सर्वसाधारणको भीड लागेको छ । दशैं नजिकिँदै गर्दा खासगरी सहरी क्षेत्रका भोटाहिटी, ठमेल, असन, इन्द्रचोक, जमल, विशालबजार, सुन्धरा, खिचापोखरी, नयाँसडक, बागबजार, डिल्लीबजार, बानेश्वर, पुतली सडकलगायतका क्षेत्रमा लुगाफाटा र आवश्यक सरसामान खरिद गर्नेको चहलपहल बाक्लो रुपमा रहेको पाइएको छ । गत भदौ १० गते भोटेकोशी बाढीपछि छिमेकी मुलुक चीनतर्फको दुई वटा नाका ठप्प भएकाले पनि अघिल्लो वर्षको तुलनामा बजारमा खासगरी लत्ताकपडाको मूल्य केही बढेको हुनसक्ने उपभोक्ताको अनुमान छ । हुन त दैनिक उपभोग्यवस्तुसहित खाद्यान्नको मूल्य पनि पछिल्लो समय निकै बढेको उपभोक्ताको गुनासो छ । काठमाडौँ महानगर पालिका–३२ का शालिकचन्द्र शर्माले महङ्गी बढेसँगै चाडपर्व मनाउन पनि अप्ठ्यारो हुँदै गएको गुनासो गरे । “जिरा मसिनो चामलको भाउ एक बोरामा नै रु ३०० बढेको छ”, उनले भने, “दशैंमा खानुपर्ने खसीको मासुको भाउ पनि प्रतिकिलो तीनदेखि ४०० ले बढेको छ । न्यून आय हुनेका लागि त दशैं मनाउन पनि मुस्किल हुने देखिएको छ ।” शालिकचन्द्र मात्रै होइन्, तिनकुनेकी स्मिता खत्री पनि यसपालीको दशैंमा आफ्ना परिवारका सदस्यलाई एकजोर नयाँ लुगा फेरिदिने सोचमा छिन् । तर, लत्ताकपडाको भाउ बढे पनि जेनतेन तीन सन्तानलाई नयाँ लुगा किनमेल गरिसकेको बताइन् । “दशैंमा एकसरो लुगा त फेरिदिनुपर्‍यो नी”, उनले भनिन्, “सीमित आयस्रोत हुनेलाई दशैं त दशा जस्तै हुने के गर्नु नमनाएर पनि नहुने ।” आम्दानीको स्रोत कम हुनेलाई दशैं मनाउने विषय धेरै सास्ती हुने गरेको सर्वसाधारण उपभोक्ताको भनाइ छ । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले यसपालीको दशैंमा खाद्यान्न, लत्ताकपडा र अन्य अत्यावश्यक सरसमानको भाउ निकै वृद्धि भएको बताए । “बजारमा सबैखालको खाद्यान्नमा भाउ बढेको छ”, उनले भने, “अहिले त ताजा तरकारी, फलफूलदेखि मासुजन्य पदार्थको मूल्य आकासिएको छ ।” अध्यक्ष तिमिल्सिना नियमित रुपमा बजार अनुगमन गरी मूल्यवृद्धिलाई नियन्त्रण गर्नेतर्फ सरकारका समयन्त्र अग्रसर हुनुपर्ने बताउँछन् । “सरकारले आपूर्ति शृङ्खलालाई नियमित गर्ने र मूल्यवृद्धि नियन्त्रणमा हस्तक्षेप गरेर नै अघि बढ्नुपर्ने जरुरी देखिएको छ”, उनले भने । नेपाल हिमालयन सीमापार वाणिज्य सङ्घका महासचिव रामचन्द्र पराजुलीले छिमेकी मुलुक चीनसँग जोडिएका मुख्य लाइफलाइनका रुपमा रहेका रसुवा र तातोपानीका नाका अवरुद्ध हुँदा वस्तु तथा समान ल्याउन असहज भइरहेको बताए । “चीनसँग जोडिएका नाका अवरुद्ध हुँदा व्यापारमा पनि ठूलो असर पारेको छ”, उनले भने, “चीनतर्फबाट दशैंलगायत पर्वलाई लक्षित गरी ल्याउन लागिएका करिब रु पाँच अर्ब मूल्य बराबरका सामान नाकामा रोकिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्त संरक्षण विभागका महानिर्देशक रितेशकुमार शाक्यले विभागले चाडपर्व लक्षित अनुगमनलाई तीव्रता दिँदै आइरहेको बताए । उनले भने, “अहिले दैनिक २५ देखि ५० वटा विभिन्न फर्म तथा कम्पनीको अनुगमन गर्दै आइरहेका छौँ । अधिकतम खुद्रा मूल्यभन्दा धेरै मूल्य लिने व्यापारी तथा व्यवसायीलाई पनि आवश्यक कानुनी दायरामा ल्याइरहेका छौँ ।” महानिर्देशक शाक्यले कुनै पनि वस्तु तथा समान तोकिएको मूल्यअनुसार बिक्रीवितरण गर्न सबैलाई अनुरोध गरेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

दसैँअगाडि नै निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति : ऊर्जामन्त्री श्रेष्ठ
ताजा खबरJust now

दसैँअगाडि नै निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले दसैँअगाडि नै निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिने बताएका छन् । मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा उनले निजी क्षेत्रलाई विद्युत् व्यापारमा प्रवेश गराउन आवश्यक... ...

रातोपाटी
बल्खुमा यात्रुलाई जबरजस्ती तान्ने र चालकलाई धम्क्याएर रकम असुल्ने ३ जना पक्राउ
ताजा खबरJust now

बल्खुमा यात्रुलाई जबरजस्ती तान्ने र चालकलाई धम्क्याएर रकम असुल्ने ३ जना पक्राउ

काठमाडौँ । काठमाडौँको बल्खुमा उपत्यका बाहिर जाने यात्रुहरूलाई दुःख दिने र चालकहरूसँग जबरजस्ती रकम माग गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले उपत्यका बाहिर जाने लागेका यात्रुहरूलाई गाडीको सिट... ...

रातोपाटी
घरेलु हिंसा र ठगीको आरोप अस्वीकार गर्दै सुनारले भने, ‘१३ वर्ष पुरानो व्यक्तिगत विवाद उचालेर चरित्रहत्या गर्न खोजियो’
ताजा खबरJust now

घरेलु हिंसा र ठगीको आरोप अस्वीकार गर्दै सुनारले भने, ‘१३ वर्ष पुरानो व्यक्तिगत विवाद उचालेर चरित्रहत्या गर्न खोजियो’

काठमाडौँ । साउदी अरेबियाका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारले आफूमाथि लगाइएका घरेलु हिंसा, आर्थिक लेनदेन तथा कूटनीतिक मर्यादाविपरीतका आरोपहरूको खण्डन गरेका छन्। संघीय संसदको संसदीय सुनुवाइ समितिको बुधबार बसेको बैठकमा... ...

रातोपाटी
सांसदकाे प्रश्नमा  गिरीबहादुरको जबाफ– उनकै प्रस्तावमा बच्चा जन्मिएकाे हाे
ताजा खबरJust now

सांसदकाे प्रश्नमा गिरीबहादुरको जबाफ– उनकै प्रस्तावमा बच्चा जन्मिएकाे हाे

काठमाडौँ। साउदी अरबका लागि प्रस्तावित राजदूत गिरि बहादुर सुनारले आफू डिभोर्सी भएको दाबी गर्दै पीडित भनिएकी महिलाकै प्रस्तावमा बच्चा जन्मिएको बताएका छन्। बुधबार संसदीय सुनुवाइ समितिको बैठकमा समिति सदस्यहरूले उनीमाथि... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play