नेपाल टेलिकम सहित सेवा प्रदायक ६ कम्पनीलाई प्राधिकरणले गर्याे कारबाही

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्रको सर्तविपरीत काम गरेको भन्दै ६ वटा इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्ने निर्णय गरेको छ।

प्राधिकरणका अनुसार अनुमतिपत्रमा तोकिएका सर्तविपरीत सेवा सञ्चालन गरेको पाइएपछि दूरसञ्चार ऐन, २०५३ को दफा ४७(१) बमोजिम सम्बन्धित सेवा प्रदायकलाई ५० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरिएको हो।

प्राधिकरणले ती सेवा प्रदायकको कार्यबाट कुनै ग्राहकलाई हानि–नोक्सानी भएको भए सम्बन्धित ग्राहकको मागअनुसार क्षतिपूर्ति भराइदिनसमेत निर्देशन दिने निर्णय गरेको छ। साथै, प्राधिकरणबाट स्वीकृत नगराई सञ्चालन गरिएका इन्टरनेट सेवाका प्याकेज तथा शुल्क तत्काल बन्द गरी जानकारी गराउन भनिएको छ।

कारबाहीमा पर्ने सेवा प्रदायकमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, आई। जोन प्रा। लि।, चितवन युनिक नेट प्रा। लि।, स्काई ब्रॉडब्यान्ड प्रालि, सजिलो नेट प्रा। लि। र कनेक्ट नेपाल नेटवर्क प्रा। लि। रहेका छन्।

प्राधिकरणले अनुमतिपत्र प्राप्त सबै दूरसञ्चार सेवा प्रदायकलाई प्राधिकरणबाट स्वीकृत गरिएका प्याकेज तथा शुल्क मात्र लागू गर्न र स्वीकृत शुल्क सार्वजनिक सूचनामार्फत प्रकाशित गर्ने व्यवस्था मिलाउनसमेत निर्देशन दिएको छ।

प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालद्वारा २०८३ असोज ३० गते जारी प्रेस विज्ञप्तिमा उक्त निर्णयबारे जानकारी दिइएको हो।

Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

सिटिजन लाइफका २ ठूला संस्थापकको २७ लाख ६० हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका २ जना संस्थापक शेयरधनीले २७ लाख ६० हजार बढी कित्ता शेयर बिक्रीमा राखेका छन् । कम्पनीको संस्थापक शेयरधनी सुष्मा राणा र यति वल्ड इन्भेष्टमेन्ट प्रालिले कुल २७ लाख ६० हजार २८ कित्ता शेयर बिक्रीका लागि राखेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार राणाले आँफुसँग भएको सबै शेयर १८ लाख कित्ता नै बिक्री गर्न लागेकी हुन् ...

विश्व खुसी सूचकांक २०२६ : नेपाल ९९औँ स्थानमा, दक्षिण एसियामा सबैभन्दा अगाडि
काठमाडौं । विश्व खुसी प्रतिवेदन (वर्ल्ड ह्याप्पिनेस रिपोर्ट) २०२६ अनुसार नेपाल विश्वका १४७ देशमध्ये ९९औँ स्थानमा रहेको छ। नेपालले १० पूर्णाङ्कमा ५.१४७ स्कोर प्राप्त गरेको छ। प्रतिवेदनअनुसार दक्षिण एसियाली देशहरूमध्ये नेपाल सबैभन्दा अगाडि रहेको छ। यद्यपि, विश्वव्यापी सूचीमा नेपालको स्थान मध्यक्रमभन्दा तल रहेको तथ्यांकले देखाउँछ। अक्सफोर्ड विश्वविद्यालयको वेलबिइङ रिसर्च सेन्टरको… ...

बढ्दो वित्तीय तथा साइबर अपराध नियन्त्रणमा उच्च प्रविधिमैत्री संयन्त्र बन्दैछ : महानिरीक्षक कार्की
काठमाडौं । प्रहरी महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीले बढ्दो वित्तीय तथा साइबर अपराध नियन्त्रणका लागि उच्च प्रविधिमैत्री संयन्त्र निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । ७१औँ प्रहरी दिवस तथा अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण काक्रममा बोल्दै उनले नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने सरकारको योजना रहेको बताए । ‘विपद्मा सारथी,… ...

डा. अनिल कुमार बरालको नेतृत्वमा FOTON नेपालले बजारमा आफ्नो उपस्थिति थप मजबुद बनाउँदै
काठमाडौं । विश्वभर परिचित व्यावसायिक सवारी साधन ब्रान्ड फोटोनले नेपाली बजारमा आफ्नो उपस्थिति थप सुदृढ बनाउँदै लगेको छ । कम्पनीले विभिन्न प्रकारका सवारी साधन उपलब्ध गराउँदै आएको हो । एमएडब्लू वृद्धि कमर्शियल भेहिकल प्रालिकाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. अनिल कुमार बरालको नेतृत्वमा कम्पनीले फोटोनको बजार विस्तार, ग्राहक सेवामा सुधार तथा देशभर आधुनिक व्यावसायिक … ...