Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/चाडबाडमा सबैलाई थातथलै प्यारो

चाडबाडमा सबैलाई थातथलै प्यारो

Share:WhatsAppFacebookX (Twitter)Telegram
चाडबाडमा सबैलाई थातथलै प्यारो

काठमाडाैं । मानिसहरू रोजगारीका लागि गाउँ छाड्छन् । कोही पढ्न शहर पस्छन् । गाउँ–शहरमात्रै होइन, अझै राम्रो अवसर, रोजगारी र शिक्षाको खोजीमा उनीहरू देशै छोडेर विदेशसम्म पुग्छन् । जीवन चलाउन र भविष्य बनाउन हिँडेकाहरू केही समय घरपरिवारबाट टाढा हुन्छन् । तर, वर्ष दिनमा आउने दशैँले भने उनीहरूलाई फेरि आफ्नै थातथलो सम्झाउँछ र घर फर्किन्छन् । अहिले काठमाडौं उपत्यकामा यस्तै दृश्य देखिन्छ । उपत्यकाका बसपार्क र बाहिरिने नाकाहरूमा गाउँ फर्किने यात्रुको चहलपहल छ । राजधानीमा बस्दै आएका र केही विदेशबाट फर्केकाहरूसमेत झोला र सामान बोकेर आफ्नो गाउँ फर्किरहेका छन् । शहरमा दैनिक काम र जिम्मेवारीले व्यस्त जीवन बिताउने मानिसलाई दशैँँले केही समय परिवारका लागि छुट्याउने अवसर दिन्छ । विशेषगरी वृद्ध आमाबुबाका लागि छोराछोरी घर फर्किनु नै ठूलो खुसी बन्ने गर्छ । दशैँमा धेरैजना गाउँ फर्किन थाले पनि प्रायः सधैंझैं यसपालि पनि यात्रा सहज छैन । यात्रुको चाप बढ्दा टिकट पाउन कठिन भएको छ । भाडा पनि महँगिएको यात्रुहरूको गुनासो छ । परिवार र बालबालिकासहित यात्रा गर्दा खर्च थपिन्छ । सवारीसाधनमा भिड हुँदा यात्रा झन् झन्झटिलो बन्ने गरेको हो । शहरमा कमाएको आम्दानीको ठूलो हिस्सा घरखर्च, पढाइ र दैनिक आवश्यकतामै सकिन्छ । दशैँँका लागि थप खर्च जुटाउनु पनि कतिपय परिवारका लागि चुनौती हुन्छ । तर, आफ्नो क्षमताअनुसार चाड मनाउने र परिवारसँग भेट्ने चाहनाले उनीहरूलाई गाउँतर्फ डो¥याउँछ । पाँच दिनमै चार लाख यात्रु बाहिरिएदशैँँ नजिकिएसँगै काठमाडौं उपत्यका छाड्ने यात्रुको संख्या बढ्दै गएको छ । घटस्थापनादेखि शुक्रबार दिउँसोसम्म करिब चार लाख यात्रु उपत्यकाबाट बाहिरिएका हुन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज २५ गतेदेखि २९ गतेसम्म बाहिरिने यात्रुको संख्या निरन्तर बढेको देखिन्छ । असोज २५ गते ५२ हजार ८२७ जनाले उपत्यका छाडेका थिए । असोज २६ गते यो संख्या बढेर ५६ हजार ८०९ पुग्यो । असोज २७ गते ७८ हजार १३८ र असोज २८ गते ७४ हजार ९७९ जना बाहिरिएका थिए । असोज २९ गते भने एकै दिन ८५ हजार ५६१ जना यात्रुले उपत्यका छाडेका हुन् । जडीबुटीस्थित अरनिको बसपार्क, नयाँ बसपार्क, कलंकी र कोटेश्वर क्षेत्रमा गाउँ फर्किने यात्रुको भिड छ । ट्राफिक प्रहरी कार्यालयका अनुसार फर्पिङ, नागढुंगा, थानकोट, भीमढुंगा, तीनपिप्ले, साँखु, भक्तपुरको जगाती तथा ललितपुरको भट्टेडाँडा नाका हुँदै मानिसहरू बाहिरिरहेका छन् । उपत्यका छाड्ने यात्रुको चाप बढेसँगै सडकमा सवारीसाधनको आवागमन पनि बाक्लिएको छ । यात्रुको चाप बढ्दै गएपछि सम्बन्धित निकायले सुरक्षित यात्रा गर्न आग्रह गरेका छन् । यात्रुहरूलाई टिकट काटेर मात्र यात्रा गर्न र तोकिएको भाडा तिर्न अनुरोध गरिएको छ । घर पुग्ने उत्साहसँगै यात्रुमा सडकको अवस्थाबारे चिन्ता पनि छ । कमजोर सडक संरचना, ट्राफिक जाम, पहिरो र बाढीका कारण यात्रा जोखिमपूर्ण बन्न सक्ने उनीहरूको चिन्ता छ । १० लाखसम्म यात्रु बाहिरिने अनुमानयसपालिको दशैँमा करिब १० लाख मानिसहरू उपत्यकाबाट बाहिरिने अनुमान छ । पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलका अनुसार ‘२०८३ सालको दशैँँ पर्वका लागि सार्वजनिक यातायातको यात्रा व्यवस्थापनसम्बन्धी प्रतिवेदन’ले दशैँँमा सार्वजनिक यातायातमार्फत्् उपत्यका छाड्ने यात्रुको संख्या न्यूनतम ६ लाख ५० हजारदेखि अधिकतम नौ लाख ७५ हजारसम्म पुग्ने अनुमान गरेको हो । प्रतिवेदनअनुसार यात्रुलाई गन्तव्यमा पु¥याउन न्यूनतम ४३ हजारदेखि अधिकतम ६५ हजारसम्म सार्वजनिक सवारीसाधनका ट्रिप आवश्यक पर्नेछन् । प्रतिवेदनअनुसार ठूला बसले ४८ प्रतिशतभन्दा बढी यात्रु ओसार्नेछन् । माइक्रोबसले ४३ प्रतिशत र मिनीबसले नौ प्रतिशत यात्रु बोक्ने अनुमान छ । असोज ३१ गते फूलपातीदेखि कात्तिक २ गते अष्टमीसम्म यात्रुको चाप सबैभन्दा बढी हुने प्रक्षेपण गरिएको छ । फूलपातीका दिनमात्रै न्यूनतम ७५ हजार ५२२ देखि अधिकतम एक लाख १३ हजार २८३ जनासम्मले यात्रा गर्ने अनुमान छ । प्रमुख दलहरूले यसपालि दशैँँ–तिहारमा चियापान नगर्नेबाढीपहिरोलगायत प्राकृतिक विपत्तिका कारण प्रमुख राजनीतिक दलहरूले यो वर्ष विगतमा जस्तो दशैँँ, तिहार र छठ पर्वका अवसरमा औपचारिक रूपमा शुभकामना आदानप्रदान र चियापान कार्यक्रम नगर्ने भएका छन् । संसद्को सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), दोस्रो दल नेपाली कांग्रेस, तेस्रो दल नेकपा एमाले र चौथो दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) लगायतका दलले यो पटक दशैँँ–तिहार र छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदानका औपचारिक कार्यक्रम नगर्ने भएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले दशैँँ–तिहारका अवसरमा शुभकामना तथा चियापान गर्ने, नगर्नेबारे शुक्रबारसम्म कुनै निर्णय नभएको बताउनुभयो । खरेलका अनुसार प्रदेश र जिल्लास्तरमा भने चियापान र शुभकामना आदानप्रदान गर्न कुनै रोकावट गरिएको छैन । पार्टी स्थापना भएकै वर्ष २०७९ सालमा भने रास्वपाले चाडपर्वका अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम राखेको थियो । दोस्रो ठूलो दल नेपाली कांग्रेसले पनि यस वर्ष चियापान तथा शुभकामना कार्यक्रम आयोजना गर्ने निर्णय नभएको कांग्रेस नेता देवराज चालिसेले बताउनुभयो । अर्को दल नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले पनि पार्टीले यो वर्ष चियापान र शुभकामना कार्यक्रम आयोजना गर्ने, नगर्नेबारे कुनै निर्णय नभएको बताउनुभयो । एमालेले झण्डै तीन दशकअघि मनमोहन अधिकारी अध्यक्ष भएको समयदेखि दशैँँ, तिहार र छठ पर्वको अवसरमा दशैँँको पूर्णिमाका दिन पार्टी कार्यालयमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै आएको थियो । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता प्रकाश ज्वालाले यो वर्ष भोटेकोशी, बूढीगण्डकीलगायतका क्षेत्रमा आएको विनाशकारी बाढीका कारण केन्द्रमा दशैँँ–तिहारमा शुभकामना आदानप्रदान नगर्ने निर्णय भएको बताउनुभयो । गत भदौ १० गते चीनको ल्हेन्दे खोला हुँदै भोटेकोशीमा आएको बाढीबाट झण्डै एक हजार ४२७ जनाको निधन भएको छ भने चार हजारभन्दा बढी अझै बेपत्ता छन् । बाढीपहिरोबाट हजारौँ नागरिक घरबारविहीन बनेका छन् । बाढीले रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ र नवलपरासीलगायतका जिल्ला प्रभावित बनेका थिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

फूलपातीका दिन गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र कुमारीको दर्शन, सर्वसाधारणसँगै लाइनमा देखिए
ताजा खबरJust now

फूलपातीका दिन गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र कुमारीको दर्शन, सर्वसाधारणसँगै लाइनमा देखिए

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले दसैँको फूलपातीका दिन आज काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानी र जीवित देवी कुमारीको दर्शन गरेका छन् । गृहमन्त्री गुरुङले आज बिहान हनुमानढोका दरबार क्षेत्र... ...

रातोपाटी
रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट
ताजा खबरJust now

रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित गरी लगाउन सकिने प्रतिबन्ध र शुल्कबाट छुट दिने कार्यकारी आदेशमा शुक्रबार हस्ताक्षर गरेका छन् । गत महिना कानून... ...

रातोपाटी
हलमा लाग्यो दीपक-दीपाको फिल्म ‘छ माया छपक्कै २’
ताजा खबरJust now

हलमा लाग्यो दीपक-दीपाको फिल्म ‘छ माया छपक्कै २’

आज फूलपातीको अवसर पारेर फिल्म ‘छ माया छपक्कै २’ प्रदर्शन भएको छ। यस फिल्मले पहिलो दिन हलमा राम्रो शो पाएको छ। यस फिल्मले बक्सअफिसमा हिजोबाट प्रदर्शन भएका पल शाह अभिनीत ‘आ बाट आमा २’ र विराज भट्टको फिल्म ‘१२ गाउँ २’ भिड्नुपर्नेछ। सामाजिक र राजनीतिक विषयवस्तुमाथि बनेको यस कमेडी फिल्ममा दीपकराज गिरी, केकी अधिकारी र सनिषा भ... ...

नेपालखबर
फूलपातीका दिन गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र कुमारीको दर्शन
ताजा खबरJust now

फूलपातीका दिन गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र कुमारीको दर्शन

काठमाडौं । दसैँको फूलपातीका दिन आज गृहमन्त्री सुधन गुरुङले काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानी र जीवित देवी कुमारीको दर्शन गर्नु भएको छ । गृहमन्त्री गुरुङले आज बिहान हनुमानढोका दरबार क्षेत्र पुगेर तलेजु भवानीको पूजा आराधना गर्नुका साथै कुमारीको दर्शन गर्नुभएको हो । उहाँले सर्वसाधारणसँगै लाइनमा बसेर कुमारीको दर्शन गर्नुभएको थियो । दसैँको अवसरमा तलेजु भवानी र कुमारीको दर्शन गर्न हनुमानढोका ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play