Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/चाडपर्वमा उपहार र नगद लेनदेन नगर्न रास्वपाको अपिल

चाडपर्वमा उपहार र नगद लेनदेन नगर्न रास्वपाको अपिल

Share:WhatsAppFacebookX (Twitter)Telegram
चाडपर्वमा उपहार र नगद लेनदेन नगर्न रास्वपाको अपिल

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा उपहार तथा नगद लेनदेन नगर्न आग्रह गरेको छ। पार्टीले शुभकामना आदानप्रदान गर्दा कुनै पनि प्रकारको उपहार, नगद, जिन्सी वा सुविधाको लेनदेनलाई निरुत्साहित गर्न अपिल गरेको हो। रास्वपाका महामन्त्री विपिन आचार्यले शुक्रबार एक विज्ञप्तिमार्फत स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई चाडपर्वको शुभकामना दिँदै यस्तो आग्रह गरेका हुन्। उनले पार्टी स्थापनाकालदेखि नै यस्तो संस्कारलाई निरुत्साहित गर्दै आएको र यसलाई निरन्तरता दिने बताएका छन्। आचार्यले भनेका छन्, ‘चाडपर्वमा हामी जसरी परिवार र आफन्तबाट केवल आशीर्वादको अपेक्षा गर्छौँ, त्यसरी नै राजनीतिमा पनि हाम्रा लागि नागरिक र अन्य सबैको सद्भाव, आशीर्वाद र विश्वास नै सबैभन्दा ठूलो उपहार हो।’ चाडपर्वले निःस्वार्थ प्रेम र सद्भावको सन्देश दिने उल्लेख गर्दै आचार्यले मर्यादित, सुसंस्कृत र भरोसायोग्य राजनीतिक संस्कार निर्माणका लागि सबैको साथ र सहयोगको अपेक्षा गरेका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

चिकित्सा शिक्षा आयोगद्वारा सिट निर्धारण
ताजा खबरJust now

चिकित्सा शिक्षा आयोगद्वारा सिट निर्धारण

काठमाडौँ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि एमबिबिएस अध्ययनका लागि ५० सिट निर्धारण गरिएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार प्रधानमन्त्री वालेन्द्र(बालेन) शाहको अध्यक्षतामा बसेको आयोगको बैठकले... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play