युरोपेली च्याम्पियन्स लिग : आर्सनल र बार्सिलोनाको जित

काठमाडौं । आर्सनलले युरोपेली च्याम्पियन्स लिगमा मंगलबार लिललाई ३–० ले पराजित गर्दै आफ्नो शतप्रतिशत सुरुआत कायम राखेको छ । इंग्लिस च्याम्पियनले तीन गोल दोस्रो हाफमा गरेको हो । एटलेटिको म्याड्रिडले भने म्यानचेस्टर युनाइटेडलाई २–० ले हरायो र यसले प्रशिक्षक माइकल क्यारेकमाथि अझ दबाब बढेको छ । यस्तै नर्वेको भाइकिङले बायर्न म्युनिकलाई ३–३ को बराबरीमा रोकेको छ । इमिरेट्समा दोस्रो हाफको सात मिनेटभित्र आर्सनलका लागि जरेन टिम्बर, इब्रेरची एज र बुकायो साकाले एक एक गोल गरे । आर्सनलसँगै बार्सिलोना र स्पोर्टिङ लिस्वन अंक तालिकको शीर्ष स्थानमा छन् । बार्सिलोनाले अर्को खेलमा गालातासारेमाथि ४–१ को जित निकाल्यो भने लिस्वनले लेन्सलाई २–० ले पन्छायो । क्लब ब्रुगले भने इन्टर मिलानलाई उसकै घरमा ४–३ ले निराश पार्यो । अन्य खेलमा सबाहले स्लाभिया प्रागलाई २–०, आरबी लाइपजिगले पीएसजी आयनहोभनलाई १–० र भिल्लारियलले नेपोलीलाई ३–१ हरायो ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

थाइल्यान्डमा ‘मिसेस एसिया इन्टरनेसनल २०२६’ सुरु, नेपालबाट सुमित्रा, कल्पना र गंगा भिड्दै
काठमाडौँ । अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘एसिया इन्टरनेसनल पेजेन्ट’ अन्तर्गतको ‘क्लासिक एन्ड मिसेस एसिया इन्टरनेसनल २०२६’ थाइल्यान्डको खोन केनमा सुरु भएको छ। अक्टोबर १९ सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व... ...

सूर्यविनायक–धुलिखेल सडक विस्तार : चौहत्तर प्रतिशत भौतिक प्रगति
बनेपा समाचारदाताबनेपा, असोज २८ गते । अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक–धुलिखेल सडक विस्तारको कामलाई निर्धारित समयभित्र सम्पन्न गर्ने लक्ष्यसहित तीव्रता दिइएको छ । भक्तपुरको सूर्... ...

बिहारमा डुङ्गा दुर्घटना : १३ जनाको मृत्यु, अधिकांश बालबालिका
रौतहट । भारतको बिहारमा गङ्गा नदी पार गर्ने क्रममा भएको डुङ्गा दुर्घटनाले ठुलो मानवीय क्षति निम्त्याएको छ। वैशाखी जिल्लाको राघोपुरमा डुङ्गा पल्टिँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ। मृतकमध्ये अधिकांश... ...

कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग
• नेपाल कृषि मेशिनरी व्यवसायी संघले स्वदेशी कृषि यन्त्र उद्योगलाई पाँच वर्षसम्म आयकर छुट, बैंक ब्याज अनुदान र विद्युत् महसुलमा सहुलियतको माग गरेको छ। • कृषि यान्त्रीकरणलाई प्राथमिकता दिँदै नीतिगत सुधार र कृषि यन्त्रको आयातमा भन्सार सहुलियतको आवश्यकता रहेको संघको भनाइ छ। • आगामी मंसिर ४ देखि ६ गते काठमाडौँमा राष्ट्रियस्तरको कृषि यान्त्रीकरण प्रदर्शनी आयोजना हुने भएको छ, जसमा आधुनिक ...


