सुदूरपश्चिमका सम्भावना र सुन्दरता देखाउन ‘डिजिटल बोर्ड’

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सुदूरपश्चिमको इतिहासको अन्वेषण र वर्तमानको विश्लेषणबाट भविष्यको सुन्दर यात्रा तय गर्न सकिने बताएका छन्। धनगढी उपमहानगरपालिकाले ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ’ अभियानअन्तर्गत आइतबार धनगढीको जेनजी मार्गमा स्थापना गरेको ‘डिजिटल बोर्ड’ अनावरण कार्यक्रममा उनले प्रविधिको प्रयोगमार्फत सुदूरपश्चिमको इतिहास, पहिचान र सम्भावना उजागर गर्ने प्रयासको प्रशंसा गरे। मुख्यमन्त्री भट्टले सूचना प्रविधि, कृत्रिम बुद्धिमत्ता र नवप्रवर्तनको युगमा प्रविधिलाई जनतासँग जोड्ने र जनजीवनमा उपयोग गर्ने विषय महत्त्वपूर्ण रहेको उल्लेख गरे। डिजिटल बोर्डमार्फत सुदूरपश्चिमका प्राकृतिक तथा सांस्कृतिक सुन्दरता र सम्भावना देखाउने काम सराहनीय रहेको उनको भनाइ थियो। “हाम्रा सबै समस्यालाई सम्भावना, चुनौतीलाई अवसर र सबै प्रकारका आवश्यकता सम्बोधन गर्ने शक्ति प्रविधिसँग छ। यसले सबैका सामूहिक विवेकको सर्वोच्च संश्लेषण गर्ने अवस्था हुन्छ”, मुख्यमन्त्री भट्टले भने, “त्यही प्रविधिको प्रयोग गरेर उपमहानगरले सुदूरपश्चिमका सम्भावना र सुन्दरता देखाउँदै तिनलाई अवसरमा बदल्ने प्रयासको सुरुआत गरेको छ। यसले प्रदेशलाई पनि केही सिक्न प्रेरित गरेको छ। सबैले यस्ता अभ्यासबाट प्रेरणा लिनुपर्छ।” मुख्यमन्त्री भट्टले सबै मिलेर सुन्दर, समृद्ध, वैभवशाली र गौरवशाली प्रदेश निर्माण गर्नुपर्ने उल्लेख गर्दै त्यसका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। कार्यक्रममा उपमहानगर प्रमुख गोपाल हमाल र उपप्रमुख कन्दकला रानाले समग्र सुदूरपश्चिमका सम्भावना र सम्पदाको प्रचारप्रसार गर्ने उद्देश्यले अभियानअन्तर्गत डिजिटल बोर्ड स्थापना गरिएको जानकारी दिए। उपमहानगर प्रमुख हमालले प्राकृतिक तथा धार्मिक सम्पदाको उपयोगबाट प्रदेशलाई समृद्ध बनाउन सकिने उल्लेख गर्दै त्यसका लागि सबै गम्भीर हुनुपर्नेमा जोड दिए। उनले हरेक दिन साँझ ६ बजेदेखि तीन घण्टासम्म डिजिटल बोर्डमा सुदूरपश्चिमका सम्भावना प्रस्तुत गरिने जानकारी दिए। साथै, प्रदेशका ८८ वटै स्थानीय तहलाई आफ्ना असल अभ्यास र उपलब्धिका विवरण उपलब्ध गराउन आग्रह गरे। कार्यक्रममा अभियानको प्रचारप्रसारका लागि सुदूरपश्चिमका विभिन्न सम्पदाबारे जानकारी समेटिएका पोस्टरसमेत सार्वजनिक गरिएका थिए। –रासस The post सुदूरपश्चिमका सम्भावना र सुन्दरता देखाउन ‘डिजिटल बोर्ड’ appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, के-के छन् सुविधा ?
काठमाडौं । नेपाल टेलिकमले ‘अटम अफर २०८३’ अन्तर्गत विभिन्न आकर्षक भ्वाइस तथा डाटा प्याकेज र सुविधा उपलब्ध गराएको छ । कम्पनीले नयाँ भ्वाइस तथा डाटा प्याकेज सञ्चालनमा ल्याउनुका साथै विद्यमान प्याकेजलाई थप आकर्षक बनाएको जनाएको छ ।कम्पनीका अनुसार अल नेट भ्वाइस प्याकअन्तर्गत ३५, ४९, ९८, १८९ र २९९ रुपैयाँमा क्रमश: १०१, १११, २२२, ३३३ र ६६६ मिनेटका प्याकेज उपलब्ध छन् ...

स्टाइल र पावरको संयोजनसहित भेस्पाको १५० सीसी स्कुटर सार्वजनिक
काठमाडौं । इटालियन स्कुटर ब्रान्ड भेस्पाले नेपाली बजारमा १५० सीसी क्षमताको नयाँ स्कुटर भित्र्याएको छ । नेपालका लागि भेस्पाको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी (Vespa 150 FI OBD 2 Stage B) सार्वजनिक गरेको हो ।काठमाडौंको त्रिपुरेश्वरस्थित डेल्टा अटोकर्पको शोरुममा आयोजित विशेष कार्यक्रममार्फत स्कुटर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । नयाँ मोडलमा भेस्पाको परम्परागत ...

पूर्वाधार विकास कोषको पुँजी १ खर्ब पु-याउन प्रस्ताव
२७ असोज, काठमाडौं। पूर्वाधार विकास कोषको अधिकृत पुँजी १ खर्ब रुपैयाँपु-याउने प्रस्ताव गरिएको छ । पूर्वाधार विकास मन्त्रालयले तयार पारेको ‘पूर्वाधार विकास कोषसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’को मस्यौदामा कोषको पुँजी १ अर्ब कित्ता साधारण शेयरमा विभाजन गर्ने प्रस्ताव गरिएको हो । मन्त्रालयले विधायन ऐन, २०८१ को दफा ६ को उपदफा (२) बमोजिम विधेयकको […] The post पूर्वाधार विकास ...

अध्यागमन विभागद्वारा विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली लागू
अध्यागमन विभागले नेपालमा रहेका विदेशी नागरिकका गतिविधिको निगरानी, यात्रा व्यवस्थापन र सहजीकरणका लागि पहिलो पटक लागू गरेको सूचना प्रणालीलाई देशव्यापी विस्तार गरेको छ। विभागले सोमबार नगरकोटमा आयोजना गरेको ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीसम्बन्धी अभिमुखीकरण’ कार्यक्रममा विभागका निर्देशक शिव लम्सालले नेपाल भित्रिएका विदेशी नागरिक नफर्केसम्म उनीहरु कहाँ गए, कहाँ बसेलगायतका विवरण लिनेगरी विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली देशव्यापी रुपमा लागू गरिएको ...


