अध्यागमन विभागद्वारा विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली लागू

अध्यागमन विभागले नेपालमा रहेका विदेशी नागरिकका गतिविधिको निगरानी, यात्रा व्यवस्थापन र सहजीकरणका लागि पहिलो पटक लागू गरेको सूचना प्रणालीलाई देशव्यापी विस्तार गरेको छ। विभागले सोमबार नगरकोटमा आयोजना गरेको ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीसम्बन्धी अभिमुखीकरण’ कार्यक्रममा विभागका निर्देशक शिव लम्सालले नेपाल भित्रिएका विदेशी नागरिक नफर्केसम्म उनीहरु कहाँ गए, कहाँ बसेलगायतका विवरण लिनेगरी विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली देशव्यापी रुपमा लागू गरिएको बताए। विदेशी पर्यटक नेपाल प्रवेश गरेपछि विमानस्थलमा आएको र विमानस्थलबाट फर्केको मात्र रेकर्ड राख्ने गर्दा नफर्किएका विदेशी कहाँ गए, के गरिरहेका छन् भन्ने जानकारी नहुँदा कैयौँ विदेशी नागरिक अपराधमा संलग्न रहेको पाइएको बताए। उनका अनुसार सन् २०२५ मा कानुन उलङ्घन गर्ने ४५९ विदेशी नागरिकलाई देश निष्कासन गरिएकामा २०२६ जनवरी १ देखि अक्टोबर १० सम्म ५४० जना विदेशीलाई देश निष्कासन गरिएको छ। उनले अध्यागनमको कानुन उल्लङ्घन गरेको, प्रवेशाज्ञाको उद्देश्यविपरीत बसेको, देशको कानुनमा दोषी ठहर भएको र विभिन्न गैरकानुनी गतिविधिमा संलग्न रहेका ६४ जनालाई सन् २०२५ मा फिर्ता पठाइएको जानकारी दिए। यस्तै ६१ जनालाई २०२६ अक्टोबर १० सम्म कानुन उलङ्घन गरेको पाइएपछि फिर्ता पठाइएको छ। विभिन्न प्रवेशाज्ञामा नेपाल भित्रिएका विदेशी नागरिक अध्यागमन कानुनविपरीत अरु नै गतिविधिमा संलग्न हुन नदिन निगरानी, नियमन, व्यवस्थापन, सुरक्षा तथा यात्रा सहजीकरण गर्न यो प्रणाली लागू गरिएको उनले बताए। सन् २०२५ जनवरी १ देखि काठमाडौँ उपत्यकाका तारे होटल, ट्राभल एजेन्सी, मनि एक्स्चेन्जलगायतमा यो प्रणाली लागू गरिएको भए पनि अहिले भने देशभर लागू गरिएको विभागका निर्देशक लम्सालले बताए। नेपाल भ्रमण गर्ने विदेशी नागरिकको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने उद्देश्यले विभागले यो प्रणाली लागू गरिएको उनको भनाइ छ। नेपाल भित्रिएका विदेशी नागरिक कुन होटलमा बसेको, उनीहरु कुनकुन ठाउँमा घुमेको, कहाँ कहाँ पुगेको, विपद्का समयमा बेपत्ता भए भने कुन ठाउँमा पुगेर हराए, प्रवेशाज्ञा कानुनअनुसार भए-नभएको लगायत निगरानी गर्न सकिने बताए। विभागका निर्देशक अमरदीप सुनुवारका अनुसार यो प्रणालीलाई सेवा प्रदायक संस्था, होटल व्यवसायी, आन्तरिक वायु सेवा प्रदायक, ट्रेकिङ एजेन्सी, सार्वजनिक यातायात, पर्वतारोहण एजेन्सी, टुर एण्ड ट्राभल ऐजन्सी, टेलिकम सेवा प्रदायक, बैंक तथा वित्तिय संस्था, टुरिष्ट गाइड, पर्यटक प्रहरीलगायतले प्रत्यक्ष रूपमा विभागको प्रणालीमा सूचना राख्नुपर्ने व्यवस्था गरिएको छ। कार्यक्रममा चाँगुनारायण नगरपालिका–६ नगरकोटका वडाध्यक्ष धनबहादुर लामा, उद्योग वाणिज्य सङ्घ भक्तपुरका अध्यक्ष कृष्णमरारी न्यौपाने, नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकार, क्रियाशील पत्रकार मञ्च भक्तपुरका अध्यक्ष रमेश गिरी, नगरकोट नाल्दुम पर्यटन प्यवसायी समितिका सचिव प्रदीप अधिकारी, होटल चौतारीका सञ्चालक बद्री माकलगायतले विभागले उक्त प्रणालीलाई अनिवार्य रुपमा देशभर लागू गर्नुपर्नेमा जोड दिएका थिए।-रासस The post अध्यागमन विभागद्वारा विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली लागू appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

सामाजिक सञ्जालमा भिडियो आएपछि सरकारी सवारीसाधन दुरुपयोग गर्ने व्यक्ति पक्राऊ
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीका ४० वर्षीय गणेश सापकोटा पक्राऊ परेका छन्। सार्वजनिक बिदाको दिन (शनिबार), असोज २४ गते सरकारी सवारीसाधन दुरुपयोग गरी सार्वजनिक स्थानमा सर्वसाधारणसँग अभद्र व्यवहार गरेको आरोपमा उनी पक्राऊ परेका हुन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी रबिन विष्टले सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोका आधारमा सापकोटालाई असोज २५ गते पक्राऊ गरी जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा उपस्थित गराइएको बताए। सापकोटालाई जिल्ला ...

स्वीकृत मापदण्डविपरीत इन्टरनेट बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा बिक्री गर्ने १४ सेवा प्रदायक कम्पनीलाई जनही ५० हजार रुपैयाँ... ...

नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, के-के छन् सुविधा ?
काठमाडौं । नेपाल टेलिकमले ‘अटम अफर २०८३’ अन्तर्गत विभिन्न आकर्षक भ्वाइस तथा डाटा प्याकेज र सुविधा उपलब्ध गराएको छ । कम्पनीले नयाँ भ्वाइस तथा डाटा प्याकेज सञ्चालनमा ल्याउनुका साथै विद्यमान प्याकेजलाई थप आकर्षक बनाएको जनाएको छ ।कम्पनीका अनुसार अल नेट भ्वाइस प्याकअन्तर्गत ३५, ४९, ९८, १८९ र २९९ रुपैयाँमा क्रमश: १०१, १११, २२२, ३३३ र ६६६ मिनेटका प्याकेज उपलब्ध छन् ...

स्टाइल र पावरको संयोजनसहित भेस्पाको १५० सीसी स्कुटर सार्वजनिक
काठमाडौं । इटालियन स्कुटर ब्रान्ड भेस्पाले नेपाली बजारमा १५० सीसी क्षमताको नयाँ स्कुटर भित्र्याएको छ । नेपालका लागि भेस्पाको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी (Vespa 150 FI OBD 2 Stage B) सार्वजनिक गरेको हो ।काठमाडौंको त्रिपुरेश्वरस्थित डेल्टा अटोकर्पको शोरुममा आयोजित विशेष कार्यक्रममार्फत स्कुटर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । नयाँ मोडलमा भेस्पाको परम्परागत ...


