Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Others/४१०८ भोटेकोशी बाढीपीडित परिवारलाई ४५ हजारका दरले राहत

४१०८ भोटेकोशी बाढीपीडित परिवारलाई ४५ हजारका दरले राहत

10/14/2026, 7:10:48 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
४१०८ भोटेकोशी बाढीपीडित परिवारलाई ४५ हजारका दरले राहत

सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८ घरधुरीलाई ४५ हजार रुपैयाँका दरले नगद वितरण गरिसकेको छ। विकास साझेदार ‘विश्व खाद्य कार्यक्रम’ (डब्लुएफपी)ले उपलब्ध गराएको नगद सहयोगलाई दोहोरोपना नपर्ने गरी एकद्वार प्रणाली अपनाई उक्त रकम वितरण गरिएको हो। स्थानीय तहसँगको समन्वय र सहकार्यमा स्थानीय तहले पहिचान गरेका प्रभावितलाई उक्त रकम वितरणको काम भइरहेको छ। रसुवाका ५, नुवाकोटका ४ र धादिंगका २ गरी कुल ११ वटा स्थानीय तहका बाढी पीडित घरपरिवारलाई उक्त रकम उपलब्ध गराइएको हो। तथ्यांक प्रमाणीकरण गर्न बाँकी रहेका १४ सय जति घरधुरीलाई पनि तीन दिनभित्र रकम वितरण गरिसक्ने सरकारको तयारी छ। यही असोज २३ गते बसेको केन्द्रसहित तीनवटै जिल्लाका मनसुन प्रतिकार्य कमाण्ड पोष्टहरुको संयुक्त बैठकले विपद् प्रभावित घरधुरी (लाभग्राही) पहिचान, प्रमाणीकरण तथा शीघ्र पुनर्लाभलाई व्यवस्थित गर्ने निर्णय गरेको थियो। रेडक्रस लगायत अन्य विकास साझेदारहरूले पनि नगद सहयोग गर्न चाहेकाले ‘विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१ अनुसार दोहोरो नपर्ने र कोही नछुट्ने गरी सरकारले सहायता उपलब्ध गराउन स्थानीय तह तथा अन्य सम्बद्ध निकायहरूलाई निर्देशन दिइसकेको छ। बाढी प्रभावितहरूको दीर्घकालीन पुनर्स्थापना र व्यवस्थापनको लागि पनि तीव्र रूपमा काम भइरहेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

राष्ट्र बैंक भन्छ- स्वेच्छिकभन्दा बाध्यकारी मर्जर सफल
OthersJust now

राष्ट्र बैंक भन्छ- स्वेच्छिकभन्दा बाध्यकारी मर्जर सफल

केन्द्रीय बैंकले नै आन्तरिक प्रयोजनका लागि गरेको मर्जरको प्रभावकारिता सम्बन्धी अध्ययनले बैंकहरूको स्थायित्वमा बाध्यकारी मर्जर नै सफल भएको देखाएको हो । ...

अनलाइन खबर
रसुवा बाढीले ३५ हजार बालबालिका तितरबितर, दादुरा खोप प्रभावित
OthersJust now

रसुवा बाढीले ३५ हजार बालबालिका तितरबितर, दादुरा खोप प्रभावित

सरकारले बाढीपीडितको पुनर्स्थापनामा समयमै पहल गर्न नसक्दा विस्थापित परिवार तितरबितर अवस्था छन् । रसुवा र नुवाकोटका प्रभावित स्थानीय तहमा मात्रै करिब ६ महिनादेखि १५ वर्षमुनिका ३४ हजार बालबालिकालाई खोप लगाउनुपर्ने प्रारम्भिक अनुमान छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play