बुढीगण्डकी बाढी : एकै दिन ३२१ जनाको उद्धार, ६ हजार किलोभन्दा बढी राहत सामग्री ढुवानी

बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित ३२१ जनाको सोमबार उद्धार गरिएको छ । नेपाली सेनाले हवाई तथा स्थलमार्गबाट उद्धार गरी उनीहरूलाई सुरक्षित स्थानमा पुर्याएको हो । नेपाली सेनाका अनुसार आश्विन २५ गते बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावितको खोज तथा उद्धारका लागि एमआई–१७ सहित चारवटा हेलिकोप्टर र स्थलमार्गबाट फौज परिचालन गरिएको छ । सोमबार फिलिम, चुम्लिङ, आरुघाट, दोभान र हुलचुकलगायत स्थानबाट हेलिकोप्टरमार्फत ३०८ जनाको उद्धार गरिएको छ । त्यस्तै, स्थलमार्गबाट १३ जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ । उद्धारसँगै बाढी प्रभावितका लागि राहत सामग्री ढुवानीसमेत गरिएको छ । सेनाले काठमाडौंँबाट फिलिमसम्म करिब ६ हजार १७० किलोग्राम खाद्यान्न तथा राहत सामग्री पुर्याएको जनाएको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

चाडपर्वमा कृत्रिम अभाव रोक्न बजारमा सरकारको निगरानी, ५० कर्मचारी थप परिचालन
चाडपर्वका बेला बजारमा कृत्रिम अभाव हुन नदिन सरकारले बजार अनुगमनलाई तीव्र पारेको छ । कृत्रिम अभाव हुन नदिइ उपभोक्तालाई सहज रूपमा उपभोग्य वस्तु उपलब्ध गराउन र आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन तीव्र बनाएको हो । विभागले मन्त्रालय र मातहतका निकायबाट थप कर्मचारी परिचालन गरी बजारको अवस्था, वस्तुको गुणस्तर, मूल्य र मौज्दातको नियमित अनुगमन गरिरहेको ...

रास्वपा अनुशासन आयोगले खगेन्द्र सुनारका प्रमाण संकलन गर्दै, पीडित महिलासँग पनि कुरा बुझ्ने
'हामीले आज बिहानबाटै सबुत प्रमाण संकलन गरिरहेका छौं । तथ्यहरूको सत्यापन परीक्षण गरेपछि चाँडै निष्कर्ष दिन्छौं' -हरिचन्द्र भट्टराई उपप्रमुख रास्वपा अनुशासन आयोग ...

बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा पौडेल विजयी
२७ असोज, बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनबाट अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको २६औँ अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि भएको चुनावमा प्रतिस्पर्धी टंकप्रसाद गैरेलाई पछि पार्दै पौडेल विजयी भएका हुन् । अध्यक्षमा पराजित पौडेल संघमा हाल वरिष्ठ उपाध्यक्ष थिए । पौडेलले ८३३ मत र गैरेले ६०१ मत पाए… ...

कीर्तिपुरको मैदानबाट भाषा र भाका बचाउन आह्वान
काठमाडौं । नेपथ्य कन्सर्टका लागि सम्पूर्ण टिकट पहिल्यै बिक्री भइसकेको थियो । टिकट किन्न पाइने आसमा आइपुगेका तन्नेरी निराश हुँदै फर्किरहेका देखिन्थे, भित्र ८ हजार दर्शकका निम्ति तयार मैदानमा जताततै नाचिरहेका थिए दर्शक । त्यस भीडलाई नचाइरहेका थिए नेपथ्यका अमृत गुरुङले । कीर्तिपुर नेपथ्य ब्यान्ड आफ्नो पहिलो कन्सर्टका लागि उत्रिएको ठाउँ हो । साढे तीन… ...


