Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/खाद्य व्यवस्था कम्पनीको सीईओका लागि तीन जनाको नाम सिफारिस

खाद्य व्यवस्था कम्पनीको सीईओका लागि तीन जनाको नाम सिफारिस

Share:WhatsAppFacebookX (Twitter)Telegram
खाद्य व्यवस्था कम्पनीको सीईओका लागि तीन जनाको नाम सिफारिस

काठमाडौं । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा गठित सिफारिस समितिले कार्ययोजना प्रस्तुतीकरण र मूल्यांकनका आधारमा उत्कृष्ट तीन जना उम्मेदवारको नाम छनोट गरेको हो । सिफारिसमा पर्नेमा तनहुँका डिल्लीराज लम्साल, सिरहाकी संगीता यादव र काठमाडौंका होमनाथ न्यौपाने रहेका छन् । समितिले गत असोज १७ र १८ गते सीईओ पदका लागि आवेदन दिएका १६ जना उम्मेदवारको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण लिएको थियो । सोही प्रक्रियाबाट प्राप्त अंकका आधारमा तीन जनाको नाम सिफारिस गरिएको हो । अब सिफारिस भएका तीन जनामध्येबाट मन्त्रिपरिषद्ले एक जनालाई कम्पनीको सीईओमा नियुक्त गर्ने कानुनी व्यवस्था छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा गत वैशाखको तेस्रो सातादेखि सीईओ पद रिक्त रहँदै आएको छ । सरकारले ल्याएको नयाँ अध्यादेशका कारण तत्कालीन सीईओ रमेश आचार्य कार्यकाल पूरा नहुँदै पदमुक्त भएपछि उक्त पद रिक्त भएको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

पोखरामा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
ताजा खबरJust now

पोखरामा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

लेखनाथ समाचारदातालेखनाथ, असोज २९ गते । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर–१७ स्थित बालोदय चोकमा बिहीबार बिहान भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्य भएको छ ।बिहान ७ बजे भएको... ...

गोरखापत्र
दुई महिनामा सवा तीन खर्ब नाघ्यो व्यापार घाटा, निर्यातमा भने ६२ प्रतिशतको छलाङ
ताजा खबरJust now

दुई महिनामा सवा तीन खर्ब नाघ्यो व्यापार घाटा, निर्यातमा भने ६२ प्रतिशतको छलाङ

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालको वैदेशिक व्यापारमा आयात र निर्यात दुवैतर्फ उल्लेख्य वृद्धि देखिएको छ। निर्यातमा उच्च वृद्धि भए पनि आयातको परिमाण निकै ठूलो... ...

रातोपाटी
साना तथा मझौला उद्यमलाई सहुलियतपूर्ण कर्जा दिन एफएनसीसीआईको माग
ताजा खबरJust now

साना तथा मझौला उद्यमलाई सहुलियतपूर्ण कर्जा दिन एफएनसीसीआईको माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले साना तथा मझौला उद्यमको प्रवद्र्धनका लागि सहुलियतपूर्ण कर्जा, समयमै भुक्तानी र प्रशासनिक प्रक्रिया सरलीकरण गर्न सरकारसँग माग गरेका छन् । ललितपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले साना व्यवसायीलाई धितोको विकल्पमा नगद प्रवाह र बिलका आधारमा कर्जा उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने बताए । उनले कर्जा सुरक्षण कोष विस्तार, बाढी तथा विपद्बाट प्रभावित ...

टक्सार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play