म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ : मञ्चलाकुमारी झा

काठमाडाैं । श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदुत डा. मञ्चलाकुमारी झाले आफू आरक्षणको विरोधी भएको बताउनुभएको छ । बुधवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकमा सांसदहरुले आरक्षणको आधारमा सिफारिस हुनुभएको हो ? भन्ने आरोपपछि यस्तो जवाफ दिनुभएको हो । आफू आरक्षणका आधारमा नभइ योग्यताका आधारमा सिफारिस भएको बताउनु भयो । आफूले अर्थशास्त्र, अंग्रेजी शिक्षा, हिन्दी, राजनीतिशास्त्र तथा परराष्ट्र नीति र कुटनीतिमा स्नातकोत्तर र विद्यावारिधिसम्मको अध्ययन गरेको बताउनु भयो । आफूले अवसरलाई आरक्षणभन्दा योग्यता र क्षमताका आधारमा प्राप्त गर्नुपर्छ भन्ने मान्यता राख्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘म आफ्नो शैक्षिक योग्यता, क्षमता र अनुभवप्रति विश्वस्त छु । अर्थशास्त्र, अंग्रेजी शिक्षा, हिन्दी, राजनीतिशास्त्र तथा परराष्ट्र नीति र कुटनीतिमा स्नातकोत्तर र विद्यावारिधिसम्मको अध्ययन गरेकी छु । साथै, सार्वजनिक विषयमा लेखन र विश्लेषणमार्फत पनि योगदान दिँदै आएकी छु । म अवसरलाई आरक्षणभन्दा योग्यता र क्षमताका आधारमा प्राप्त गर्नुपर्छ भन्ने मान्यता राख्छु । त्यसैले, आफ्नो नियुक्तिलाई पनि योग्यता र क्षमताको आधारमा मूल्याङ्कन गरियोस् भन्ने चाहन्छु । कुटनीतिक क्षेत्रमा प्रत्यक्ष अनुभवको कमी रहेको कुरा म स्वीकार गर्छु । तर सैद्धान्तिक ज्ञानलाई व्यावहारिक अनुभवसँग जोड्दै जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सक्छु भन्नेमा विश्वस्त छु । सकारात्मक सोच, सिक्ने इच्छाशक्ति र दृढ प्रतिवद्धताका साथ नेपाल र श्रीलंकाबीचको सम्बन्ध सुदृढ बनाउन सक्ने विश्वास व्यक्त गर्दछु ।’ उहाँले कुटनीतिक क्षेत्रमा प्रत्यक्ष अनुभवको कमी रहेको बताउनु भयो । सैद्धान्तिक ज्ञानलाई व्यवहारिक अनुभवसँग जोड्दै जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नसक्नेमा विश्वस्त रहेको बताउनु भयो ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

पोप लियो चौधौँको शल्यक्रिया सफल
काठमाडाैँ । फोक्सोमा एडेनोकार्सिनोमा नामक क्यान्सर पुष्टि भएपछि पोप लियो चौधौँको दाहिने फोक्सोको तल्लो भाग हटाइएको छ । इटालीको रोमस्थित जेमेली अस्पतालमा मङ्गलबार गरिएको शल्यक्रिया सफल भएको हो । होली सी... ...

एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट
काठमाडौँ, असोज २८ गते । नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ ।दसैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेस... ...

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंसहित देशका चार जिल्लाबाट अवैध लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं, बर्दिया, कैलाली र कञ्चनपुरबाट खैरो हेरोइन तथा ब्राउनसुगरजस्तो देखिने पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो । काठमाडौंको तारकेश्वर नगरपालिका-४ बाट ३०० ग्राम खैरो हेरोइनसहित पर्साको वीरगञ्ज महानगरपालिका-३१ घर भएका ४१ वर्षीय बासुर्दिन मियाँलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी ...

२४ वर्षदेखि लक्ष्मी सनराइजमै थिए सुमेद, कात्तिक १५ बाट सम्हाल्नेछन् बैंकको ‘कमान्ड’
लक्ष्मी सनराइज बैंकको नेतृत्व अब सुमेद भट्टराईले सम्हाल्ने भएका छन्। बैंकिङ क्षेत्रमा साढे दुई दशकभन्दा बढीको अनुभव हासिल गरेका भट्टराईलाई बैंक सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको हो। बैंक सञ्चालक समितिको असोज २७ गते बसेको बैठकले भट्टराईलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। कम्पनी सचिव पियुषराज अर्यालका अनुसार उनको नियुक्ति कात्तिक १५... ...


