Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/मस्कले मध्यावधि निर्वाचनमा रिपब्लिकनलाई दिए २७ करोड ६० लाख डलर चन्दा

मस्कले मध्यावधि निर्वाचनमा रिपब्लिकनलाई दिए २७ करोड ६० लाख डलर चन्दा

Share:WhatsAppFacebookX (Twitter)Telegram
मस्कले मध्यावधि निर्वाचनमा रिपब्लिकनलाई दिए २७ करोड ६० लाख डलर चन्दा

काठमाडौं । विश्वका धनी व्यक्ति एलन मस्कले अमेरिकामा नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवारलाई सहयोग गर्न जुलाईयता २७ करोड ६० लाख अमेरिकी डलर चन्दा दिएका छन् । मध्यावधि निर्वाचन अघि ट्रम्पको लोकप्रियतामा कमि आएको र निर्वाचनमा पराजयको अनुमान भइरहेका बेला मस्क उनलाई सहयोग गर्न अगाडी आएका हुन् । विभिन्न पोल र रिपोर्टले मध्यावधि निर्वाचनमा ट्रम्पले सिनेटमा बहुमत गुमाउने अनुमान गरेका छन् । मस्कले सन् २०२५ र २०२६ मा रिपब्लिकन पार्टीलाई कुल करिब ३६ करोड ६० लाख अमेरिकी डलर अर्थात् ३५ अर्ब रुपैयाँभन्दा बढी सहयोग गरिसकेका छन् । यो रकम सन् २०२४ को निर्वाचनमा उनले दिएको चन्दाभन्दा बढी हो । मस्कको राजनीतिक संस्था ‘अमेरिका पीएसी’ ले रिपब्लिकन उम्मेदवारको पक्षमा प्रचार गरिरहेको छ । संस्थाका करिब तीन हजार प्रचारक घरघरमा पुगेर मतदातालाई मतदान गर्न प्रोत्साहित गरिरहेका छन् । टेक्सासमा रिपब्लिकन उम्मेदवार केन प्याक्सटनको समर्थनमा ठूलो विज्ञापन अभियान सञ्चालन गरिएको छ । मस्कको संस्थाले लैङ्गिक पहिचान र समाजवादसम्बन्धी मुद्दालाई समेत चुनावी प्रचारमा प्राथमिकता दिएको छ । सन् २०२४ को राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पको पक्षमा खुलेर प्रचार गरेका मस्क यसपटक भने पर्दापछाडि रहेर आर्थिक सहयोग र रणनीतिमार्फत सक्रिय छन् । पछिल्लो समय ट्रम्पसँग उनको सम्बन्धसमेत सुधारिएको देखिएको छ । The post मस्कले मध्यावधि निर्वाचनमा रिपब्लिकनलाई दिए २७ करोड ६० लाख डलर चन्दा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

कुनै देशमाथि आक्रमण गर्ने वा आफ्नो प्रभुत्व जमाउने कुरामा भारत विश्वास गर्दैन : गृहमन्त्री शाह
ताजा खबरJust now

कुनै देशमाथि आक्रमण गर्ने वा आफ्नो प्रभुत्व जमाउने कुरामा भारत विश्वास गर्दैन : गृहमन्त्री शाह

काठमाडौँ। भारतका गृहमन्त्री अमित शाहले क्षेत्रीय एकीकरण, आर्थिक सहयोग र सामूहिक सुरक्षाका लागि बिमस्टेक अपरिहार्य मञ्च बनेको बताएका छन् । भारतमा मंगलबार बसेको पहिलो गृहमन्त्रीस्तरीय बिमस्टेक बैठकलाई सम्बोधन गर्दै उनले भारतको... ...

रातोपाटी
हुलाक सेवालाई व्यवस्थित गरिन्छ : मन्त्री तिमिल्सिना
ताजा खबरJust now

हुलाक सेवालाई व्यवस्थित गरिन्छ : मन्त्री तिमिल्सिना

काठमाडौं।सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई व्यवस्थित, प्रभावकारी र गुणस्तरीय सेवाका रूपमा अघि बढाइने बताएका छन्। हुलाक सेवा विभागद्वारा आज यहाँ आयोजित आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा तथा अन्तरक्रिया कार्यक्रममा उनले विश्वमै हुलाकको आफ्नै ऐतिहासिक महत्व र गरिमा रहेको स्पष्ट पारे। मन्त्री डा. तिमिल्सिनाले हुलाक सेवालाई क्षमता अभिवृद्धि गरी युग सुहाउँदो तुल्याएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ...

नेपालन्युज
नेपालले ओमानलाई जितका लागि दियो २ सय ६४ रनको लक्ष्य
ताजा खबरJust now

नेपालले ओमानलाई जितका लागि दियो २ सय ६४ रनको लक्ष्य

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमानसामु जितका लागि २ सय ६४ रनको लक्ष्य प्रस्तुत गरेको छ।  ओमानको अल अमरेट क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ६३ रनको योगफल तयार पारेको छ।  चौथो विकेटका लागि बसिर अहमद र रोहित पौडेलले ८६ रनको साझेदारी... ...

नेपालखबर
हुलाक सेवालाई व्यवस्थित गरिन्छ : मन्त्री तिमिल्सिना
ताजा खबरJust now

हुलाक सेवालाई व्यवस्थित गरिन्छ : मन्त्री तिमिल्सिना

काठमाडौँ, असोज २७ गते । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई व्यवस्थित, प्रभावकारी र गुणस्तरीय सेवाका रूपमा अघि बढाइने बताउनुभएको छ ।हुलाक सेवा विभ... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play