Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/नेपाल प्रिमियर लिगमा डीआरएस प्रविधि भित्र्याउने तयारीः डेढदेखि दुई करोडसम्म खर्च हुने, खेल तालिका पनि हेरफेर हुनसक्ने

नेपाल प्रिमियर लिगमा डीआरएस प्रविधि भित्र्याउने तयारीः डेढदेखि दुई करोडसम्म खर्च हुने, खेल तालिका पनि हेरफेर हुनसक्ने

10/16/2026, 3:20:57 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल प्रिमियर लिगमा डीआरएस प्रविधि भित्र्याउने तयारीः डेढदेखि दुई करोडसम्म खर्च हुने, खेल तालिका पनि हेरफेर हुनसक्ने

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग एनपीएल मा निर्णय पुनरावलोकन प्रणाली ९डीआरएस० प्रविधि प्रयोगमा ल्याउने तयारी गरेको छ । क्यानका सचिव पारस खड्काकाअनुसार यस अत्याधुनिक प्रविधिलाई प्रतियोगितामा समावेश गर्न करिव डेढदेखि दुई करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । यस विषयमा आगामी तीन दिनभित्र औपचारिक घोषणा गरिने खड्काले बताए । काठमाडौंमा शुक्रवार आयोजित एक कार्यक्रममा बोल्दै क्यान सचिव खड्काले एनपीएललाई निष्पक्ष र व्यावसायिक बनाउन डीआरएस प्रविधि भित्र्याउने गृहकार्य भइरहेको जानकारी दिए । यद्यपि यसको आधिकारिक निर्णय भने प्रक्रिया पूरा भएपछि मात्र सार्वजनिक गरिने उनले प्रष्ट पारे। डीआरएस लागू गर्दा म्याचको समय आधा घण्टासम्म लम्बिन सक्ने भएकाले प्रतियोगिताको खेल तालिकामा केही हेरफेर हुनसक्ने देखिएको बताए । हाल निर्धारित कार्यतालिकाअनुसार खेल दिउँसो साढे ४ बजे शुरु गर्ने योजना रहे पनि डबल हेडर ९एकै दिन दुई खेल हुने० दिनहरूमा समय व्यवस्थापनका लागि केही फेरबदल गर्नुपर्ने अवस्था आउन सक्ने खड्काले बताए। म्याच सकिने समय बेलुका सवा ७ देखि साढे ७ अनुमान गरिएकोमा डीआरएसका कारण ८ देखि सवा ८ सम्म पुग्न सक्ने आँकलन गरिएको छ । चिसो मौसम र शीत (ड्यू) को प्रभावलाई समेत दृष्टिगत गर्दै खेल केही छिटो शुरु गर्ने विकल्पमा पनि छलफल भइरहेको छ । डीआरएस प्रविधि जडानका लागि लाग्ने करिव डेढदेखि दुई करोड रुपैयाँ खर्चको व्यवस्थापन क्यान र सहभागी आठवटै फ्रान्चाइजी टोलीहरूले संयुक्त रूपमा वहन गर्ने योजना छ । कमर्सियल मिडिया राइट्सबाट आउने ५० प्रतिशत आम्दानी बाँडफाँडको हिस्साबाट यो खर्च समायोजन गरिनेछ । जसले गर्दा कुनै एकल पक्षमाथि आर्थिक भार नपर्ने सचिव खड्काको भनाइ छ । क्रिकेट समर्थक, सहभागी टोली र समग्र नेपाली क्रिकेटको प्रतिष्ठाका लागि यो प्रविधि अत्यावश्यक रहेको उल्लेख गर्दै क्यानले प्रक्रिया टुंगो लागेपछि सबै विवरण सार्वजनिक गर्ने जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

भूमिसम्बन्धी अध्यादेशमा कांग्रेसको विरोध, सोविता गौतममाथि नैतिक प्रश्न
ताजा खबरJust now

भूमिसम्बन्धी अध्यादेशमा कांग्रेसको विरोध, सोविता गौतममाथि नैतिक प्रश्न

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले हालै जारी गरिएको भूमिसम्बन्धी अध्यादेशको विरोध गरेको छ । संसद् अधिवेशन अन्त्य गराएर हतार हतार अध्यादेश जारी गरिएको भन्दै कांग्रेस संसदीय दलले... ...

रातोपाटी
चिकित्सा शिक्षामा ४१८ सिट थपिए, एमबीबीएसमा मात्रै ११० सिट वृद्धि
ताजा खबरJust now

चिकित्सा शिक्षामा ४१८ सिट थपिए, एमबीबीएसमा मात्रै ११० सिट वृद्धि

काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/८४ का लागि चिकित्सा शिक्षाका विभिन्न कार्यक्रममा ४१८ सिट थप गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको आयोगको बैठकले कुल ९ हजार ६९१ सिट निर्धारण गरेको हो। आयोगका अनुसार गत शैक्षिक सत्रको तुलनामा यस वर्ष कुल सिट संख्या ४१८ ले बढेको छ। थपिएका सिटमध्ये एमबीबीएसमा ११०, बीएस्सी नर्सिङमा २१० र बीएमएसमा ९८ ...

हिमालय टाइम्स
यमनमा क्षेप्यास्त्र प्रहार: हुथी र साउदी नेतृत्वको गठबन्धनको फरक-फरक दाबी
ताजा खबरJust now

यमनमा क्षेप्यास्त्र प्रहार: हुथी र साउदी नेतृत्वको गठबन्धनको फरक-फरक दाबी

यमनको अदेन सहरस्थित राष्ट्रपति भवन ‘अल मासिक प्यालेस’लाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको छ । ...

हाम्राकुरा
विद्युत व्यापारमा निजी क्षेत्रलाई खुल्यो बाटो
ताजा खबरJust now

विद्युत व्यापारमा निजी क्षेत्रलाई खुल्यो बाटो

काठमाडौं।विद्युत् व्यापारका निम्ति पहिलो पटक निजी क्षेत्रलाई समेत बाटो खुलेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले शुक्रबार अन्तरदेशीय विद्युत् व्यापारको तयारी गर्न निजी क्षेत्रलाई सैद्धान्तिक सहमति प्रदान गर्न आशयपत्र जारी गर्ने निर्णय गरेसँगै विद्युत् बजार खोज्न र व्यापार गर्न अब निजी क्षेत्रलाई बाटो खुलेको हो। मन्त्री श्रेष्ठको यस निर्णयलाई निजी क्षेत्रबाट हुने लगानीको दायरा फराकिलो हुनुका साथ नेपालको ऊर्जा क्षेत्रको ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play