नर्वेको सम्पत्ति कोषलाई आणविक हतियार उत्पादकमा लगानी खुल्न सक्ने

ओस्लो । नर्वेको सार्वभौम सम्पत्ति कोषलाई आणविक हतियार उत्पादक कम्पनीमा लगानी गर्न अनुमति दिन सकिने प्रस्ताव अघि सारिएको छ । कोषको नैतिक लगानीसम्बन्धी नियम पुनरावलोकन गर्न गठित आयोगले बिहीबार यस्तो सिफारिस गरेको हो । हाल कोषले एयरबस, बोइङ र लकहिड मार्टिनसहित आणविक हतियार वा तिनका पाटपुर्जा उत्पादन गर्ने १४ कम्पनीमा लगानी गर्न रोक लगाएको छ । गाजाको युद्धमा भूमिका रहेको आरोप लागेका समूहसँग सम्बन्धित कम्पनीमा लगानी गरेको भन्दै आलोचना भएपछि सरकारले कोषको नैतिक निर्देशिका पुनरावलोकन गर्न आदेश दिएको थियो ।केन्द्रीय बैंकका पूर्वगभर्नर स्वेन गजेद्रेम नेतृत्वको आयोगले आणविक हतियार अप्रसार सन्धिले परिभाषित गरेका तथा नर्वेसँग आबद्ध आणविक हतियारसम्पन्न राष्ट्रमा आधारित कम्पनीमा मात्र लगानी खुला गर्न प्रस्ताव गरेको छ । यो व्यवस्था लागू भएमा बेलायत, फ्रान्स र अमेरिकाका धेरै हतियार उत्पादक कम्पनीमा कोषले पुनः लगानी गर्न सक्नेछ । सरकारले आयोगका सिफारिसमाथि परामर्श गरेपछि आगामी वसन्त ऋतुमा संसद्मा छलफल तथा मतदानका लागि प्रतिवेदन प्रस्तुत गर्नेछ । विश्वभरका सात हजारभन्दा बढी कम्पनीमा लगानी गरेको नर्वेको यो कोषसँग सूचीकृत कम्पनीहरूको करिब १.५ प्रतिशत स्वामित्व छ । -एएफपी
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

पाउद्वार गाउँ प्राकृतिक नाकाबन्दीमा
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ स्थित पाउद्वार गाउँ प्राकृतिक नाकाबन्दीमा परेको छ। यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि गएको पहिरोले गाउँ जोड्ने सडक र पदमार्ग क्षतिग्रस्त बनाएको छ... ...
नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी
नारायणगढ । चितवनको भरतपुर महानगरपालिका-१ स्थित पशुपति मन्दिर पछाडि नारायणी नदीमा खुट्टा धुने क्रममा बुधबार डुबेका तीन जनामध्ये बेपत्ता दुई जनाको आज पनि खोजी जारी छ । नदीमा डेबेका एक बालिकाको... ...

रकम ठगी गर्ने एक जना बिचौलिया पक्राउ
पर्सा। प्रहरीले रकम ठगी गर्ने एक जना बिचौलियालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगञ्ज भन्सार कार्यालयहरूबाट लिलाम बिक्री हुने सवारीसाधन तथा घरायसी प्रयोजनका सरसामान कम मूल्यमा उपलब्ध गराइदिने... ...

जडीबुटीको भरमा उपल्लो डोल्पाको जीविका, संरक्षण र बजारीकरणमा चुनौती
• उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिकामा जडीबुटी संकलन स्थानीयवासीहरूको आम्दानीको प्रमुख स्रोत बनेको छ, जसले खाद्यान्न, शिक्षा र घरायसी खर्चमा सहयोग पुर्याउँछ। • जडीबुटी संकलनमा कठिनाइ र चुनौतीहरू छन्, जस्तै भौगोलिक विकटता, प्रतिकूल मौसम र उचित मूल्यको अभाव, जसले संकलकहरूको लाभमा असर पार्छ। • जडीबुटीको संरक्षण र व्यवस्थापनमा ध्यान नदिए भविष्यमा जीविकोपार्जनमा समस्या आउन सक्ने भएकाले स्थानीयस्तरमा स्पष्ट नियम र ...


