चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ

चितवन । जिल्ला प्रहरी कार्यालयले जिल्लाका मुख्य सडक, बसपार्क तथा भित्री क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । लागूऔषध, विष्फोटक पदार्थ तथा अवैध सामानको ओसारपसार नियन्त्रण गर्ने र चाडपर्वका समयमा सम्भावित अपराध न्यूनीकरण गर्ने उद्देश्यले प्रहरीले चेकजाँचमा तीव्रता दिएको हो । केन्द्रीय बसपार्क, गोन्द्राङ क्षेत्रलगायत बाहिरबाट आउने तथा स्थानीय सवारीसाधन सञ्चालन हुने स्थानमा सवारीसाधन जाँचमा कडाइ गरिएको छ । सवारी दुर्घटना रोक्न तीव्र गति, मादक पदार्थ सेवन (मापसे) र लागुऔषध सेवन (लापसे) गरी सवारी चलाउनेमाथि प्रहरीले निगरानी बढाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले लागूऔषध र विष्फोटक पदार्थका रूपमा प्रयोग हुन सक्ने पटाकालगायत सामग्रीको ओसारपसार नियन्त्रण गर्न चेकिङ गरिएको बताउनुभयो । उहाँले चेकजाँचमा तालिमप्राप्त कुकुर (केनाइन) टोली परिचालन गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रो केनाइन (तालिमप्राप्त कुकुर) टोलीले विष्फोटक पदार्थ र लागूऔषध बोकेर आएको चिजलाई नियन्त्रण गर्न सकोस् र अपराध गर्नेहरू निरुत्साहित हुन्, आम नागरिकले सुरक्षित छौँ भन्ने महसुस गरून् भन्ने लक्ष्यका साथ काम गरेका छौँ ।” जिल्ला ट्राफिक प्रहरी प्रमुख अनिल थापाले चाडपर्वका समयमा गन्तव्यमा छिटो पुग्ने हतारोमा चालकले तीव्र गतिमा सवारी चलाउने भएकाले त्यसलाई नियन्त्रण गर्न एकीकृत रूपमा चेकजाँच भइरहेको बताउनुभयो । लामो तथा छोटो दूरीका सवारीसाधनमा यात्रुसँग बढी भाडा लिने, शङ्कास्पद सामग्री ओसारपसार गर्ने, अमर्यादित व्यवहार गर्ने तथा मादक पदार्थ सेवन गरेर सवारी चलाउनेमाथि निगरानी बढाइएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार तीव्र गतिमा सवारी चलाउनेलाई नियन्त्रण गर्न प्रविधिको प्रयोग गरिएको छ । केन्द्रीय बसपार्क, पोखरा बसपार्क, पुल्चोकलगायत यात्रुको आवतजावत बढी हुने स्थान तथा जिल्लाका विभिन्न नाकामा आकस्मिक चेकजाँच भइरहेको उहाँले बताउनुभयो । चाडपर्वका समयमा यात्रुको सुरक्षा, सवारी दुर्घटना न्यूनीकरण तथा आपराधिक गतिविधि नियन्त्रण गर्न चालक र सहचालकलाई सचेत गराउनुका साथै यात्रुलाई सजग गराइएको प्रहरीले जनाएको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

नेपाल प्रहरीले सुरु गर्यो आफ्नै पोडकास्ट, के छ पहिलो एपिसोडमा ?
काठमाडौं । डिजिटल सञ्चारको माध्यमका रूपमा पोडकास्ट लोकप्रिय भइरहेका बेला नेपाल प्रहरीले पनि आफ्नै पोडकास्ट सुरु गरेको छ। नागरिकसँगको संवादलाई प्रभावकारी बनाउने, प्रहरीप्रतिको बुझाइ स्पष्ट पार्ने तथा समाजमा प्रहरीको भूमिका र अनुभवबारे खुला छलफल गर्ने उद्देश्यले प्रहरीले ‘नेपाल पुलिस पोडकास्ट’ सञ्चालनमा ल्याउन लागेको हो। नेपाल प्रहरीले बुधबार सामाजिक सञ्जालमार्फत पोडकास्टको पहिलो एपिसोडको झलक सार्वजनिक गर्दै यसबारे जानकारी दिएको छ। सार्वजनिक गरिएको ...

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
काठमाडौं । कास्की र मोरङका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-११ कपन लसुनटारबाट जुवा (ओखर) खेलिरहेको अवस्थामा बुधबार दिउँसो चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओखलढुङ्गा घर भई सोही स्थानमा बस्ने ५० वर्षीय हिमालकुमार दाहालसमेत छन् । प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको टोलीले उनीहरूलाई ६१ हजार रुपैयाँ नगद र ११ थान ...
![नीलो आकाश, रङ्गीन चङ्गा र लट्टाईको घुम्टो [तस्बिरहरु]](https://www.lokpath.com/wp-content/uploads/2026/10/1792034916-iKzlr.jpg)
नीलो आकाश, रङ्गीन चङ्गा र लट्टाईको घुम्टो [तस्बिरहरु]
काठमाडौं । दशैँ सुरु भएसँगै काठमाडौं उपत्यकाको आकाशमा रङ्गीबिरङ्गी चङ्गा उड्न थालेका छन् । शरद ऋतुको नीलो आकाश, पारिलो घाम र मन्द बताससँगै चङ्गा उडाउने परम्पराले उपत्यकामा दशैँको रौनक थपेको छ । चङ्गा, लट्टाई र माँझा किन्ने ग्राहकको भीडले बजारका गल्लीहरू पनि उत्सवमय बनेका छन् । काठमाडौंका असन, इन्द्रचोक, भेडासिं, नयाँ बजार, पाटन तथा ठमेल […] ...

प्रस्तावित ४ न्यायाधीशविरुद्ध कात्तिक १९ गतेसम्म उजुरी दिन सकिने
काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस चार न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ । असोज २६ गते बसेको समितिकाे बैठकले प्रस्तावित न्यायाधीशविरुद्ध कात्तिक ९ गतेबाट... ...


