Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Others/दशैंका लागि अग्रिम टिकट लिनेको सङ्ख्या १ लाख ३० हजार नाघ्यो

दशैंका लागि अग्रिम टिकट लिनेको सङ्ख्या १ लाख ३० हजार नाघ्यो

10/14/2026, 1:01:45 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
दशैंका लागि अग्रिम टिकट लिनेको सङ्ख्या १ लाख ३० हजार नाघ्यो

नेपालीको महान् पर्व बडादशैं नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दशैं मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा-व्यवसायमा संलग्न मानिस धमाधम गाउँ फर्कन थालेका छन् । काठमाडौँ उपत्यकाका विभिन्न नाकामा देशका विभिन्न जिल्ला जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढेको छ । दसैँमा परिवार तथा आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउन यात्रुहरू गाउँ फर्किनेक्रम बढेको हो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले दसैँ मनाउनका लागि काठमाडौँका विभिन्न नाका हुँदै मङ्गलबार बिहानदेखि आज बिहानसम्म २४ घण्टामा ७८ हजार १३८ यात्रु बाहिरिएको जानकारी दिए। घटस्थापना सुरु भएदेखि हालसम्म सार्वजनिक सवारीसाधनको प्रयोग गरेर एक लाख ८७ हजार ७७४ यात्रु उपत्यकाबाट बाहिरिएका छन् । ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज २५ गते ५२ हजार ८२७, असोज २६ गते ५६ हजार ८०९ यात्रु बाहिरिएका छन् । काठमाडौँबाट दसैँ मनाउनका लागि फर्पिङ, नागढुङ्गा, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुरको जगाती र ललितपुरको भट्टेडाँडा नाका हुँदै यात्रु बाहिरिएका हुन् । दसैँका लागि घर फर्किने यात्रुको सङ्ख्या बढेसँगै यातायात व्यवसायीलाई यात्रु व्यवस्थापन गर्न समस्या परेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कोषाध्यक्ष एवं नेपाल माइक्रोबस कम्पनीका अध्यक्ष राजेन्द्र आचार्यले सडक बाटोका कारण यातायात व्यवस्थापनमा समस्या भइरहेको बताए । ‘दसैँको मुखमा विभिन्न राष्ट्रिय राजमार्ग बिग्रिँदा सवारीसाधन समयमा गन्तव्यमा पुग्न तथा काठमाडौँ आउन समस्या हुँदा सवारीसाधन व्यवस्थापनमा समस्या परेको छ’, उनले भने । असोज २३ गते अग्रिम बस टिकट बुकिङ खुला गरेको दिन धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भाँसिदा सवारीसाधन आवागमन अवरुद्ध हुँदा धेरै सवारीसाधन काठमाडौँमा रोकिँदा समस्या भएको थियो । हालसम्म एक लाख ३० हजार १२९ यात्रुले दसैँका लागि अग्रिम टिकट बुकिङ लिएका छन् । ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज २३ गते २१ हजार ३००, असोज २४ र २५ गते ७६ हजार ७९, असोज २६ गते १७ हजार १९७ र असोज २७ गते १५ हजार ५५३ यात्रुले अग्रिम टिकट बुकिङ गरेका छन् । यातायात महासंघले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र सवारीसाधनको अवस्था जाँच गरेर यात्रा गर्न आग्रह गरेको छ । दसैँले परिवार, आफन्त र समुदायबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने भएकाले रोजगारी तथा अध्ययनका लागि राजधानीमा बसोबास गर्दै आएका मानिस चाडपर्व मनाउन घर फर्किनेक्रम हरेक वर्ष बढ्ने गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

तराई-मधेसमा नवरात्रि :  देवीको पूजा गर्ने समाजमा महिलाको सम्मान कति छ ?
OthersJust now

तराई-मधेसमा नवरात्रि : देवीको पूजा गर्ने समाजमा महिलाको सम्मान कति छ ?

दसैंको रौनक भित्रिसकेको छ । घरघरमा जमरा उम्रिरहेका छन् । कतै बिहानै दुर्गा भवानीको आराधना भइरहेको छ । कतै मन्दिरमा घण्टी बजिरहेको छ । त कतै दुर्गापूजाका लागि पण्डाल सजाइँदै छन् । गाउँदेखि सहरसम्म चाडपर्वको उमङ्ग छ । नेपालमा दसैंको सांस्कृतिक रूप विविध छ । पहाडमा घरघरमा जमरा राख्ने, दुर्गाभवानीको पूजा गर्ने, मान्यजनबाट टीका र… ...

अनलाइन खबर
साढे २१ किलो सुन तस्करी प्रकरण : एयरपोर्टबाटै आएको संकेत, ५ पटकसम्म गाडी पुगेको देखियो
OthersJust now

साढे २१ किलो सुन तस्करी प्रकरण : एयरपोर्टबाटै आएको संकेत, ५ पटकसम्म गाडी पुगेको देखियो

एक अनुसन्धान अधिकृत भन्छन्, ‘कारको शंकास्पद गतिविधिले पनि यो सुन हवाई रुट हुँदै आएको हुनुपर्ने हाम्रो विश्लेषण छ ।’ ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play