श्रीलंकाका लागि प्रस्तावित राजदुत झालाई लुम्बिनीको ब्राण्डिङमा केन्द्रित हुन सांसद पुनको सुझाव

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले लुम्बिनीको अन्तर्राष्ट्रिय प्रवर्द्धन र धार्मिक पर्यटनमा केन्द्रित हुन श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदुत डा. मञ्चलाकुमारी झासँग आग्रह गर्नुभएको छ । संसदीय सुनुवाईको क्रममा बुधवार संसदीय सुनुवाई समितिको बैठकमा सांसद पुनले विशेषगरी श्रीलंकाबाट आउने बौद्ध धर्मावलम्बीहरूलाई भारतीय भूमि हुँदै लुम्बिनी भ्रमण गराउने र नेपालमा बसाइ नराख्ने प्रवृत्ति चिर्न कुटनीतिक पहल आवश्यक रहेको बताउनुभएको हो । सांसद पुनले प्रस्तावित राजदुत डा. झाको प्राज्ञिक र पेसागत पृष्ठभूमि राम्रो रहेको भन्दै प्रशंसा गरे पनि कार्ययोजना थप ‘बोल्ड’ हुनुपर्नेमा जोड दिनुभयो । उहाँले आफूले सन् २००९ मा श्रीलंका भ्रमण गर्दाको एक उदाहरण दिँदै कुटनीतिक कमजोरीका कारण नेपालको भूमिमा बुद्धको जन्मस्थल रहेको तथ्य ओझेलमा परेको दुखेसो गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेपालको लुम्बिनी नै बुद्धको जन्मस्थान हो भन्ने ब्राण्डिङ गर्ने प्रमुख जिम्मेवारी श्रीलंकाका लागि नियुक्त हुने राजदूतको काँधमा छ । अहिले पर्यटकहरू भारतको बाटो भएर आउने र लुम्बिनीलाई मात्र छोएर फर्किने गरेका छन् । उनीहरूलाई नेपालको भूभागमा नै पूर्ण भ्रमण गराउने र त्यसको श्रेय नेपाललाई नै दिने वातावरण सिर्जना गर्नुपर्छ ।’ सांसद पुनकाअनुसार केही पर्यटकहरूले भारतबाटै सबै व्यवस्थापन गरी आउने र नेपालमा प्रवेश गरे पनि आफू भारतमै रहेको भ्रम पाल्ने अवस्था छ । यसलाई अन्त्य गर्न श्रीलंकास्थित नेपाली दूतावासले प्रभावकारी समन्वय गर्नुपर्ने उहाँको भनाइ छ । जवाफमा प्रस्तावित राजदुत झाले आफ्नो कार्ययोजना र प्राथमिकताहरूबारे समिति समक्ष प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

पोप लियो चौधौँको शल्यक्रिया सफल
काठमाडाैँ । फोक्सोमा एडेनोकार्सिनोमा नामक क्यान्सर पुष्टि भएपछि पोप लियो चौधौँको दाहिने फोक्सोको तल्लो भाग हटाइएको छ । इटालीको रोमस्थित जेमेली अस्पतालमा मङ्गलबार गरिएको शल्यक्रिया सफल भएको हो । होली सी... ...

एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट
काठमाडौँ, असोज २८ गते । नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ ।दसैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेस... ...

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंसहित देशका चार जिल्लाबाट अवैध लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं, बर्दिया, कैलाली र कञ्चनपुरबाट खैरो हेरोइन तथा ब्राउनसुगरजस्तो देखिने पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो । काठमाडौंको तारकेश्वर नगरपालिका-४ बाट ३०० ग्राम खैरो हेरोइनसहित पर्साको वीरगञ्ज महानगरपालिका-३१ घर भएका ४१ वर्षीय बासुर्दिन मियाँलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी ...

२४ वर्षदेखि लक्ष्मी सनराइजमै थिए सुमेद, कात्तिक १५ बाट सम्हाल्नेछन् बैंकको ‘कमान्ड’
लक्ष्मी सनराइज बैंकको नेतृत्व अब सुमेद भट्टराईले सम्हाल्ने भएका छन्। बैंकिङ क्षेत्रमा साढे दुई दशकभन्दा बढीको अनुभव हासिल गरेका भट्टराईलाई बैंक सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको हो। बैंक सञ्चालक समितिको असोज २७ गते बसेको बैठकले भट्टराईलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। कम्पनी सचिव पियुषराज अर्यालका अनुसार उनको नियुक्ति कात्तिक १५... ...


