Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/भारतमा प्रदर्शनकाक्रममा पक्राउ परेकी नेहा बोरा रिहा

भारतमा प्रदर्शनकाक्रममा पक्राउ परेकी नेहा बोरा रिहा

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारतमा प्रदर्शनकाक्रममा पक्राउ परेकी नेहा बोरा रिहा

काठमाडौं । भारतमा युवाहरूले गरिरहेको प्रदर्शनकाक्रममा पक्राउ परेकी अखिल भारतीय विद्यार्थी सङ्घ (आइसा) की राष्ट्रिय अध्यक्ष नेहा बोरा रिहा भएका छन् । उनलाई हिजो बेलुका दिल्ली प्रहरीले ‘तिरङ्गा मार्च’का क्रममा पक्राउ गरेको थियो । बोरालाई प्रहरीले आज रिहा गरेको बीबीसी हिन्दीले जनाएको छ । रिहा भएपछि नेहाले सामाजिक सञ्जाल एक्समार्फत् कक्रोच जनता पार्टी (सीजेपी)का संस्थापक अभिजीत दीप्केसहित सबै प्रदर्शनकारीलाई रिहा गर्न माग गर्नुभएको छ । उहाँले लोकतन्त्र र संविधानका लागि लडेको विषयलाई अपराध बनाउन नहुने बताउनुभएको छ । साथै उहाँले प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध महाभियोग लगाउन पनि माग गर्नुभएको छ । भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै निरन्तर प्रदर्शन भैरहेको छ । मतदाता नामावली पुनरावलोकनको विषयलाई लिएर पछिल्लो समय विवादसँगै प्रदर्शन पनि चर्किएको छ । विपक्षी दल र आन्दोलनकारी समूहले यो प्रक्रियाले प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारूढ दललाई फाइदा पुर्‍याउने आरोप लगाउँदै आएका छन् । उनीहरूले निर्वाचन आयुक्तको राजीनामालाई मुख्य माग बनाएका छन् । यद्यपि, भारतको निर्वाचन आयोगले कुनै अनियमितता नभएको दाबी गर्दै आएको छ । भारतीय सञ्चारमाध्यममा प्रकाशित तथ्याङ्कअनुसार मतदाता नामावली पुनरावलोकनका क्रममा १३ करोड ३० लाखभन्दा बढी मतदाताको नाम हटाइएको छ । तर निर्वाचन अधिकारीहरूले दोहोरो नाम, मृत्यु भएका व्यक्तिको नाम र नक्कली विवरण हटाउने उद्देश्यले प्रक्रिया अघि बढाइएको बताएका छन् । The post भारतमा प्रदर्शनकाक्रममा पक्राउ परेकी नेहा बोरा रिहा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती
ताजा खबरJust now

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौँ, असोज ३१ गते । बडादसैँको सातौँ दिन शनिबार गोरखा दरबारबाट पठाइएको फूलपाती हनुमानढोका दरबारस्थित दसैँघरमा भित्र्याइएको छ । परम्परागत विधिअनुसार पूजाअर्चना गरी गोरखाबाट पठाइए... ...

गोरखापत्र
तीन दिनका लागि खुल्ने भयो तातोपानी नाका
ताजा खबरJust now

तीन दिनका लागि खुल्ने भयो तातोपानी नाका

दशैंका समयमा वस्तु तथा सामग्रीको आपूर्ति सहज बनाउने उद्देश्यले चीनसँगको तातोपानी नाका तीन दिनका लागि अस्थायी रूपमा सञ्चालनमा आउने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहको निरन्तर पहलपछि चिनियाँ पक्षले नेपाली पक्षको आग्रहलाई सम्बोधन गर्दै नाका अस्थायी रूपमा खोल्ने निर्णय गरेको हो। निर्णयअनुसार अक्टोबर १८ देखि २० (कात्तिक १–३) सम्म तीन दिन त... ...

नेपालखबर
भेरी करिडोरमा अटो दुर्घटना : दुईको मृत्यु, तीन जना गम्भीर घाइते
ताजा खबरJust now

भेरी करिडोरमा अटो दुर्घटना : दुईको मृत्यु, तीन जना गम्भीर घाइते

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–८ मालुस्थित भेरी करिडोर सडक खण्डमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) बुद्धिसागर पुरीका अनुसार बिहान करिब ११ः१५ बजे दुर्घटना भएको हो। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ राडीदेखि जाजरकोटको नलगाड नगरपालिका–१२ तल्लुबगरतर्फ जाँदै गरेको लु प्र ०१–००१ ह ०५२९ नम्बरको ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play