नागरिक लगानी कोष र एभरेष्ट अस्पतालबीच सम्झौता, कोषका सहभागीलाई उपचारमा छुट

काठमाडौँ । नागरिक लगानी कोष र एभरेस्ट अस्पतालबीच कोषका सहभागी, कर्मचारी, उनीहरूका आश्रित परिवार तथा सदस्यलाई सहुलियत दरमा स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । सो सम्बन्धी सम्झौता कोषका निमित्त कार्यकारी निर्देशक हेमन्त पोखरेल र अस्पतालका स. प्रशासक यादवप्रसाद ढुंगानाले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार कोषसँग आबद्ध कर्मचारी, आश्रित परिवार तथा सदस्यले अस्पतालको बिल र परीक्षण सेवामा २० प्रतिशत तथा शल्यक्रिया कक्ष (ओटी) र फार्मेसीको बिलमा १० प्रतिशत छुट पाउनेछन् । बाह्य स्रोतबाट लिइने सेवा, चिकित्सकको परामर्श, एम्बुलेन्स शुल्क तथा उपकरणमा भने छुट योजना लागू हुने छैन । अस्पतालले कोषका सक्रिय सहभागीलाई एम्बुलेन्स सेवा, विशेष स्वास्थ्य प्याकेज तथा आवश्यकताअनुसार स्वास्थ्य शिविरसमेत सञ्चालन गर्नेछ । स्वास्थ्य शिविरमा सहभागी चिकित्सकका लागि आवश्यक प्रोत्साहनको व्यवस्था गर्नुपर्ने सम्झौतामा उल्लेख छ । कोषको परिचयपत्रका आधारमा कर्मचारी तथा सहभागीको पहिचान गरिनेछ । परिचयपत्र नभएका आश्रित परिवारका सदस्यको हकमा कोषले विवरण उपलब्ध गराउने वा अस्पताललाई अग्रिम जानकारी गराउने व्यवस्था छ । दुवै संस्थाले सेवाका क्रममा प्राप्त सूचना सुरक्षित र गोप्य राख्नुपर्ने पनि सम्झौतामा उल्लेख छ ।
Read Complete Original Article
Published originally on अर्थ सरोकार
Related News

भरतपुर आगलागी घटना : मृतकको परिवारलाई १० लाख किरिया खर्च
काठमाडौँ । गत भदौ २६ गते बिहान चितवनको भरतपुरमा गुडिरहेको विद्युतीय (ईभी) कारमा अचानक आगलागी हुँदा एक जनाको मृत्यु भएको घटनामा सम्बन्धित गाडी कम्पनीले मृतकको परिवारलाई १० लाख रुपैयाँ दिएको... ...

सवारी दुर्घटनामा एकको मृत्यु, पन्ध्रजना घाइते
भक्तिविलास पोखरेलगाईघाट, असोज २९ गते । उदयपुरको त्रियुगा नपा वडा –७ कालीखोला सुर्केस्थित मदन भण्डारी लोकमार्गमा काठमाडौंबाट धरानतर्फ आउँदैगरेको बाप्र ०१–००६ ख ८५२२ नम्बरको बस अनियन... ...

झापाको दमक फाइनलमा प्रवेश
हरिप्रसाद कोइरालाउर्लाबारी, असोज २९ गते । झापाको दमक भेट्रान सडन डेथमा १–० गोलले चारपाने युनाइटेडलाई हराउँदै दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण जहदा भेट्रान कपको फाइनलमा प्रवेश गरेको... ...

रास्वपाले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार आवेदन खुलायो
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूबाट आवेदन आह्वान गरेको छ। पार्टीले नगरपालिकाहरूमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्य पदका लागि आवेदन खुला गरेको हो। रास्वपाका अनुसार पार्टीले ‘नगरपालिका क्यान्डिडेट क्लब’ मार्फत उम्मेदवारी प्रक्रिया सुरु गरेको छ। स्थानीय तहमा नेतृत्व लिन चाहने इच्छुक व्यक्तिहरूले पार्टीको आधिकारिक मोबाइल एपमा लग इन गरी आवेदन दिन ...


