Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Others/प्रहरी सेवामा प्रविधि र विशेष सेलको विस्तार, नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प

प्रहरी सेवामा प्रविधि र विशेष सेलको विस्तार, नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प

10/16/2026, 12:14:34 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रहरी सेवामा प्रविधि र विशेष सेलको विस्तार, नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीको सेवालाई समयानुकूल, प्रविधिमैत्री र प्रभावकारी बनाउन आधुनिक सेलहरूको स्थापना र रणनीतिक योजना अघि सारिएको बताएका छन् । शुक्रवार आयोजित ७१ औं प्रहरी दिवसका अवसरमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले संगठनको भविष्यलाई लक्षित गर्दै प्रहरी अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गरी मेडिकल कलेज स्थापना गर्ने बताए । आईजीपी कार्कीले पछिल्लो समय प्रहरीले सूचना प्रविधिको उच्च प्रयोगमार्फत अपराध अनुसन्धानमा फड्को मारेको बताए । आर्टिफिसियल इन्टेलिजेन्स एण्ड एड्भान्स्ड एनालिटिक्स सेल, एरियल सेक्युरिटी (ड्रोन एण्ड एन्टि–ड्रोन युनिट), र इन्टिग्रेटेड एन्टि–स्क्याम सेन्टरजस्ता संरचनाहरूले प्रहरीको कार्यक्षमतामा गुणात्मक सुधार ल्याउने विश्वास व्यक्त गरे । आईजीपी कार्कीले प्रहरी संगठनको आधारस्तम्भ मानिएको ‘चेन अफ कमाण्ड’ र अनुशासन कायम राख्न थप शतर्कता आवश्यक रहेको बताए । उनले संगठनलाई थप उत्तरदायी बनाउन सबैको सहयोग र समन्वयको अपेक्षा गर्दै अमर प्रहरीहरूको बलिदानलाई स्मरण गरे । उनले भने, ‘प्रहरी अस्पताललाई शिक्षण अस्पतालका रूपमा स्तरोन्नति गर्दै भविष्यमा नेपाल प्रहरी मेडिकल कलेज स्थापना गर्ने लक्ष्य पनि अघि बढाइएको छ । यसबाट प्रहरी कर्मचारी, परिवार र सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्नेछ । सङ्गठनको प्रभावकारिताका लागि अनुशासन, आदेश श्रृङ्खला, जवाफदेहिता र आपसी समन्वय कायम राख्न आवश्यक छ । उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी, पूर्वप्रहरी, विद्यार्थी तथा सहयोगी संस्थालाई हार्दिक बधाई र धन्यवाद व्यक्त गर्दछु । नेपाल प्रहरीको सुधारमा योगदान पुर्‍याउने सञ्चारकर्मी, नागरिक समाज, समुदाय र सबै शुभेच्छुकप्रति आभार व्यक्त गर्दछु । अमर प्रहरीहरूको बलिदानलाई सम्मान गर्दै नागरिकमैत्री, उत्तरदायी र प्रविधिमैत्री प्रहरी सङ्गठन निर्माण गर्ने प्रतिवद्धता दोहोर्‍याउँछु ।’ समारोहमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कृत गरिएको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

८० सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त
OthersJust now

८० सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

३० असोज, काठमाडौं । सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी भएपछि सरकारले ८० वटा सार्वजनिक निकायमा ६११ जना पदाधिकारी नियुक्त गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव हेमराज अर्यालका अनुसार विभिन्न मन्त्रालय, आयोग, प्रतिष्ठान, विश्वविद्यालय, बोर्ड, काउन्सिल तथा संस्थानअन्तर्गतका निकायमा नयाँ नियुक्ति तथा पदपूर्ति गरिएको हो । अर्यालले शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को… ...

अनलाइन खबर
मधेश सरकारबाट बाहिरियो एमाले, मन्त्रीहरुले बुझाए राजीनामा
OthersJust now

मधेश सरकारबाट बाहिरियो एमाले, मन्त्रीहरुले बुझाए राजीनामा

३० असोज, जनकपुरधाम । नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ। नेकपा एमालेबाट मन्त्री रहेकाहरूले आजै मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई राजीनामापत्र बुझाएको छ । नेकपा एमालेका मन्त्रीहरूले मुख्यमन्त्रीलाई राजीनामा पत्र बुझाएर सरकारबाट समर्थन समेत फिर्ता लिएको नेकपा एमालेका प्रमुख सचेतक हरिनारायण महत्वले जानकारी दिए । मधेश सरकारबाट एमालेका श्रम तथा यातायातमन्त्री शारदादेवी थापा, खेलकुद तथा समाजकल्याण… ...

अनलाइन खबर
गगन थापाको शपथ र पदबहाली भोलि
OthersJust now

गगन थापाको शपथ र पदबहाली भोलि

३० असोज, काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले फूलपातीका दिन शपथ ग्रहण गर्ने भएका छन् । कांग्रेसको १५औँ महाधिवेशनको मतगणना शुक्रबार दिउँसो सम्पन्न भएपछि सभापति थापाको शपथ ग्रहण तथा पदबहाली फूलपातीका दिन दिउँसो २ बजे हुने तय भएको पार्टीले जनाएको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको सूचनाअनुसार कार्यक्रम… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play