Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/भोजपुरमा माटो कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुरमा माटो कमेरोले घर पोत्ने चलन हराउँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
भोजपुरमा माटो कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर।गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन हराउँदै गएको छ। दशैं नजिकिएसँगै विगतमा घरका भित्तामा सेतो, पहेंलो, रातो तथा कालो माटो लगाएर घर सजाउने गरिए पनि पछिल्लो समय बजारमा पाइने चुन तथा आधुनिक रङको प्रयोग बढेपछि भोजपुरका गाउँघरमा दशैंसँग जोडिएको यो परम्परा ओझेलमा पर्दै गएको हो। घर पोत्न खोला, खोल्सी तथा डाँडापाखाबाट माटो, कमेरो खोजेर ल्याउने र परिवारका सदस्य मिलेर लिपपोत गर्ने चलन अहिले भने क्रमशः हराउँदै गएको छ। पछिल्लो समय आधुनिक सामग्रीको प्रयोगले घर सफा र आकर्षक बनाउन सहज भए पनि परम्परागत कमेरो लगाउने चलनसँग जोडिएको मौलिकता भने लोप हुँदै गएको छ। नयाँ पुस्ताले पुरानो शैलीको लिपपोत र कमेरो लगाउने अभ्यास कम गर्दै जाँदा गाउँघरका यस्ता परम्परागत सीप र अनुभव समेत ओझेलमा पर्ने चिन्ता बढेको भोजपुर नगरपालिका–६ भङ्गेरीका स्थानीयवासी भीमराज विष्ट बताउँछन्। पहिले दशैंका बेला खोला तथा खोल्सीबाट कमेरो ल्याएर घरको भित्ता पोत्ने चलन गाउँघरमा व्यापक रहेको उनी सम्झिन्छन्। अहिले बजारमा सहजै पाइने चुन तथा अन्य रङ प्रयोग गर्न थालिएपछि कमेरो खोज्नु पर्ने झन्झट कम भएको उनले बताए। “पहिले कमेरो खोज्न खोला र खोल्सीसम्म पुग्नु पर्थ्याे”, उनले भने, “घरमा ल्याएर तयार पारी भित्तामा लगाउने चलन थियो। अहिले बजारमा पाइने चुन प्रयोग गर्न सजिलो छ। त्यसैले पनि कमेरो लगाउने चलन कम हुँदै गएको छ।” समयसँगै घर निर्माणको शैली, मानिसको जीवनशैली र बजारमा उपलब्ध सामग्रीमा आएको परिवर्तनले पनि परम्परागत लिपपोत गर्ने अभ्यास प्रभावित भएको छ। पहिले माटोले बनेका घरमा कमेरो लगाउने चलन बढी भए पनि अहिले सिमेन्ट, पक्की संरचना र आधुनिक रङको प्रयोग बढेको छ। यसले घर सजाउने परम्परागत तरिकालाई क्रमशः विस्थापित गर्दै लगेको छ। कमेरो लगाउने चलन केवल घर सजाउने माध्यम मात्र नभई गाउँघरको संस्कृति, श्रम र पारिवारिक सहकार्यसँग पनि जोडिएको टेम्केमैयुङ गाउँपालिका–५ मझौलेकी स्थानीयवासी मनमाया विष्टले बताइन्। पछिल्लो समय बजारमा पाइने सामग्रीले सहजता भए पनि गाउँघरको मौलिक चलन भने लोप हुने अवस्थामा पुगेको उनले जानकारी दिइन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

दुर्गा पूजाका क्रममा करेन्ट लागेर एकको मृत्यु
ताजा खबरJust now

दुर्गा पूजाका क्रममा करेन्ट लागेर एकको मृत्यु

उदयपुर । दुर्गा पूजाका लागि विद्युत् लाइन जोड्ने क्रममा करेन्ट लागेर उदयपुरमा एक बृद्धको मृत्यु भएको छ । त्रियुगा नगपालिका–१२ पुरानो गाईघाटस्थित ज्योति नगर टोलका ६५ वर्षीय बद्रीनारायण चौधरीको मङ्गलबार साँझ... ...

रातोपाटी
‘कबड्डी ५’को ट्रेलर २४ घण्टा नबित्दै युट्युबको ट्रेन्डिङ नम्बर १ मा
ताजा खबरJust now

‘कबड्डी ५’को ट्रेलर २४ घण्टा नबित्दै युट्युबको ट्रेन्डिङ नम्बर १ मा

कात्तिक ६ गतेबाट प्रदर्शन हुने फिल्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर युट्युब ट्रेन्डिङमा आएको छ। सार्वजनिक भएको १५ घण्टामै युट्युबको ट्रेन्डिङमा पर्न सफल  फिल्मको ट्रेलर मुभिज चाटतर्फ ट्रेन्डिङ नम्बर १ मा आएको हो।  समाचार तयार पार्दासम्म ट्रेलरले ७ लाख ६० भ्युज बटुलिसकेको छ। दर्शकहरूले निर्देशक रामबाबु गुरुङ, काजीको भूमिकामा देखि... ...

नेपालखबर
गायिका रीता थापामगर नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा विजयी
ताजा खबरJust now

गायिका रीता थापामगर नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा विजयी

लोक तथा दोहोरी गायिका रीता थापामगर नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्। कांग्रेसको १५औँ महाधिवेशनमा गरिएको नेतृत्व चयन चुनावमा उनी खुला महिलातर्फ २ हजार ३०८ मत प्राप्त गर्दै केन्द्रीय सदस्य पदमा विजयी भएकी हुन्। खुला महिलातर्फ १५ सदस्यका लागि ३६ जना उम्मेदवार भिडेका थिए।  निर्वाचित भएपछि रीताले फेसबुकमार्फत खुसी व्... ...

नेपालखबर
संसदीय समितिले होल्डमा राख्यो मलेसियाका प्रस्तावित राजदूत खरेलको सुनुवाइ, आरोपबारे छानबिन हुने
ताजा खबरJust now

संसदीय समितिले होल्डमा राख्यो मलेसियाका प्रस्तावित राजदूत खरेलको सुनुवाइ, आरोपबारे छानबिन हुने

• संसदीय सुनुवाइ समितिले मलेसियाका प्रस्तावित राजदूत चुडामणि खरेलको सुनुवाइ होल्डमा राख्ने निर्णय गरेको छ, विभिन्न आरोप र अनियमितताका कारण। • सांसदहरूले खरेलमाथि स्वार्थको द्वन्द्व, आर्थिक अनियमितता र योग्यतामाथि प्रश्न उठाएका छन्, जसको कारण थप अध्ययन र प्रमाण जुटाउने आवश्यकता देखिएको छ। • खरेलले आरोपहरूलाई अस्वीकार गर्दै आफूलाई निर्दोष साबित गर्नका लागि समयको माग गरेका छन्, तर समितिले गोप्य छलफल ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play