Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/दशैंमा नयाँ लुगा नलाइ चित्तै बुझ्दैन …

दशैंमा नयाँ लुगा नलाइ चित्तै बुझ्दैन …

Share:WhatsAppFacebookX (Twitter)Telegram
दशैंमा नयाँ लुगा नलाइ चित्तै बुझ्दैन …

काठमाडौं। बडादशैंलगायत चाडपर्व मनाउन काठमाडौं उपत्यका बाहिर घर फर्कने क्रमसँगै लत्ताकपडासहित घरायसी सामाग्री तथा उपहारका सामान खरिदका लागि मुख्य सहर र बजारमा उपभोक्ताको भीड लागेको छ। दशैं, तिहार र छठलगायत महत्वपूर्ण पर्व नजिकिएसँगै काठमाडौं उपत्यकाका बजारमा किनमेल गर्नेको भीडभाड बढेको हो। विगतमाझैं अहिले काठमाडौंको मुख्य व्यापारिक क्षेत्र, सपिङ मल, डिपार्टमेन्टल स्टोर तथा स्थानीय पसलमा ग्राहकको आवागमन बढेको छ। रोजगारी, अध्ययन तथा विभिन्न कामको सिलसिलामा काठमाडौंमा बस्दै आएका मानिस चाडपर्व मनाउन घर फर्कने तयारीमा जुटेका छन्। नयाँ लुगा लगाउने रहरले गुल्मी घर भएकी जानकी ज्ञवालीलाई काठमाडौंको न्युरोडमा पुर्‍याएको छ। दशैंका लागि लत्ताकपडा खरिद दशैंमा बजारसम्म पुगेकी ज्ञवालीले भनिन्, “दशैंमा नयाँ लुगा नलगाए चित्तै बुझ्दैन, सस्तो र राम्रो लुगा खोज्दै छु । दशैंको रमाइलो नै यही त हो।” काठमाडौंको बजारमा १०० देखि लाखौं मूल्यसम्मका सामग्री उपलब्ध हुने भएकाले उपभोक्ताले आफ्नो आर्थिक क्षमताअनुसार किनमेल गरिरहेको उनको अनुभव छ। “काठमाडौंमा गरिबदेखि धनीसम्म सबैले आफ्नो क्षमताअनुसार सामान किन्नसक्ने बजार छ। यो राम्रो पक्ष हो”, ज्ञवालीले भनिन्। चाडपर्व लक्षित छुट तथा विशेष अफरले पनि बजारमा उपभोक्तालाई आकर्षित गरेको छ। शङ्खमूल टावरमुनि कपडाको सेल बजार सञ्चालन गरिरहेकी व्यापारी आन्सिका थापाले चिसो मौसम सुरु हुन लागेकाले जाडोमा लगाउने कपडा छुटमा बिक्री गरिरहेको बताइन्। दशैं, तिहार र छठमा उपत्यका बाहिर जाने आफ्नो पसलका मुख्य ग्राहक रहेको उनको भनाइ छ। दशैंको घटस्थापनादेखि सुरु भएको व्यापार अष्टमीसम्म मानिसको चहलपहल हुने गरेको थापाले बताइन्। चाडपर्वमा घरपरिवार र आफन्तका लागि कोसेली लैजाने चलनले पनि बजारमा किनमेल बढाएको छ। न्युरोडमा घर लैजान पुष्टकारी किन्दै गरेका डोटीका मोहन पनेरुले दशैंका लागि आवश्यक मसला समेत काठमाडौंबाटै किनेर लैजाने गरेको बताए। तुलनात्मक रुपमा सस्तो पर्ने भएकाले काठमाडौंबाटै किनेर लैजाने गरेको उनले बताए। गाउँघरमाभन्दा तुलनात्मक रुपमा सस्तो पर्ने भएकाले काठमाडौंबाटै सामान किन्ने गरेको उनको भनाइ छ। “मसला लगेपछि घरमा बाआमा खुसी हुनुहुन्छ, दशैं आएको महसुस गर्नु हुन्छ”, पनेरुले भने । यता, ललितपुरको लगनखेलस्थित मङ्गलबजारमा पनि चाडपर्व लक्षित किनमेल गर्नेको चहलपहल निकै बाक्लो छ। सामान्य अवस्थामा पनि व्यस्त रहने त्यस बजारमा अहिले ग्राहकको भीड थेगिनसक्नु छ। लतितपुरको मङ्गलबजारमा तीन दशकदेखि कपडा व्यापार गर्दै आएका घनश्याम रौनियारले यस वर्षको दशैंमा विगतको तुलनामा व्यापारिक उत्साह कम रहेको अनुभव सुनाए। बाढी पहिरोलगायत विपद्को प्रभाव, बढ्दो महँगी र आर्थिक संकटका कारण उपभोक्ताले खुलेर खर्च गर्न नसकेको उनको भनाइ छ। “सामानको मूल्य चर्को छ”, उनले भने, “विशेष छुटमा राखेका सामान समेत बिक्री गर्न चुनौती छ।” चाडपर्वमा बजारमा चहलपहल बढे पनि उपभोक्ताको क्रयशक्ति र व्यवसायीको व्यापारिक अपेक्षाबीच तालमेल देखिन्न।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

प्रदीप अधिकारीसँग अख्तियारका आयुक्त अमात्यको अडियो प्रकरणमा पूर्वआयुक्त राजनारायण पाठककै नजिर दोहोरिएला ?
ताजा खबरJust now

प्रदीप अधिकारीसँग अख्तियारका आयुक्त अमात्यको अडियो प्रकरणमा पूर्वआयुक्त राजनारायण पाठककै नजिर दोहोरिएला ?

काठमाडौँ। भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक जिम्मेवारी पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगभित्रै ‘मुद्दा मिलाइदिने’ र सूचना चुहाएर ‘अनैतिक रिसवत’ (घुस) लिने गरेको तथ्य पटक–पटक दोहोरिएको छ । यसले संवैधानिक निकायको निष्पक्षतामाथि... ...

रातोपाटी
महासंघ अध्यक्ष श्रेष्ठको चेतावनी- प्रमाणविना उद्यमीलाई दोषी ठहर नगरियोस्
ताजा खबरJust now

महासंघ अध्यक्ष श्रेष्ठको चेतावनी- प्रमाणविना उद्यमीलाई दोषी ठहर नगरियोस्

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले साना तथा मझौला उद्यमको प्रवर्धनका लागि सहुलियतपूर्ण कर्जा, समयमै भुक्तानीको सुनिश्चितता र प्रशासनिक प्रक्रिया सरलीकरण गर्न सरकारसँग माग गरेका छन्। ललितपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले साना व्यवसायीलाई सहज कर्जा उपलब्ध गराउन धितोमा आधारित कर्जाको विकल्पका रूपमा नगद प्रवाह र बिलका आधारमा कर्जा दिन... ...

नेपालखबर
चाडपर्वमा जनकपुरधामको सुरक्षाव्यवस्था कडा
ताजा खबरJust now

चाडपर्वमा जनकपुरधामको सुरक्षाव्यवस्था कडा

जनकपुरधाम । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै धनुषा प्रहरीले जनकपुरधामसहित जिल्लाका सहरी तथा ग्रामीण क्षेत्रमा सुरक्षा निगरानी बढाएको छ । चाडपर्वका बेला हुन सक्ने चोरी, लुटपाट, लागुऔषध कारोबार... ...

रातोपाटी
पाँच महिनापछि अरुण नदीको सतिघाटमा 'फेरि सेवा' सञ्चालन
ताजा खबरJust now

पाँच महिनापछि अरुण नदीको सतिघाटमा 'फेरि सेवा' सञ्चालन

भोजपुर । भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा फेरि सेवा सञ्चालन भएसँगै नदी वारपार गर्न सहज हुने भएको छ । यसअघि पक्की पुल नहुँदा आवागमनमा समस्या हुँदै आएकामा पाँच... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play