Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/कांग्रेस कांग्रेसै भयो भन्न पाइयोस्

कांग्रेस कांग्रेसै भयो भन्न पाइयोस्

Share:WhatsAppFacebookX (Twitter)Telegram
कांग्रेस कांग्रेसै भयो भन्न पाइयोस्

परिवर्तिनी संसारेयो संसारका सबै कुरा परिवर्तनका चक्रबाट गुज्रनै पर्छ । शाश्वत् ब्रह्म मात्र छ भनिन्छ तर त्यसका मुख कान कस्ता छन् ? हात गोडा छन् कि छैनन् कसैलाई थाह छैन । यथा गर्न अन्यथा गर्न र केही पनि नगर्नसमेत सक्ने सर्वशक्तिमान् छ त्यो भनेर पौरस्त्य आस्तिक दर्शनले बताएका छन् भने शब्दान्तरका साथ त्यसको चमत्कारलाई सबैले (नास्तिक) दर्शनले पनि स्वीकारेको छ । लर्ड मेकालेका पाठ्यक्रममा यो चिन्तन रहेनछ क्यारे । किनभने नेपाली कांग्रेसलाई गन्तव्यहीन बनाएर लर्ड मेकालेका पाठशालाका पण्डितको हालीमुहाली चलेका बेला कांग्रेस गतिहीनमात्र भएन लिकबाट बाहिरिएको रेलजस्तै गरी दुर्घटना भयो । कोही मारिए, कोही घायल बनाइए कसैलाई भने स्वप्नील सुविधा पनि प्राप्त भएको थियो । नेपाली कांग्रेसका तरुणले हिम्मत गरेर जमेको राजनीतिक तालको बाँध फुटाए त्यस बेगलाई समाज बदल्न, विकासलाई तीव्र बनाउन लाग्ने बेला आएको छ तर परिणाम त्यति आदर्श रहेको देखिँदैन । रुष्टलाई मनाउने नाममा समय खेर फाल्नु उचित हुँदैन । फकाएर ल्याउने नीति खुला राख्ने तर मूलकाम छाडेर चुक्चुक गरेर मुसार्न नलाग्ने नीति अबका निर्वाचित तरुण पुस्ताले अख्तियार गर्नुपर्छ । सात दशकको वयका बेलाका एकजनालाई चौधौं महाधिवेशनमा नयाँ र जुनियरलाई सभापति मान्न सकिँदैन भनेर रातारात धोका दिएका थिए नेता पुत्र र जान्ने मान्नेले । चिलाउने र कन्याउने उस्तैउस्तै भनेजस्तै यो दृश्य यसपटक बदलियो । धोकेबाज र धोका खाने एकै ठाउँमा बस्न विवश भएको देखियो । दशौं वर्षदेखि तेलपानी भएर बसेका राजनीतिक अभिनेताहरू विशेष महाधिवेशनमा आएर एकमुख एक चिन्तन भएर कांग्रेसलाई पुरातनपन्थी चिन्तन र पद्धतिमा नै राख्न न्वारानदेखिको बल लाएर एक थरी लागे । नवपरिवर्तन चाहनेले पेलेपछि अदालतका ढोकामा मगन्ते जोगी गृहस्तका आँगनमा आएर अलख जगाए जस्तै गरी नियमित र संवैधानिक इजलासमा समेत पुगेर भीक माग्ने काम गरेको देखियो । दुई फ्याक भएर विशेष महाधिवेशनपछि नियमित महाधिवेशन र १४औं महाधिवेशनबाट छानिएर आएका दशौं वर्ष अप्राकृतिक गठबन्धनमा रमाउने जता रहे नव चाहने र गठबन्धन ठीक होइन भन्ने पनि कोही तटस्थताको अभिनयमा समेत लागेका देखिए । कांग्रेसीमा आएको यस प्रकारको नौटंकीमय विचलनका नृत्य हेर्दा शेक्सपियरका दुःखान्त नाटक हेरेजस्तै विस्मयभाव र करुणाका उद्रेकले विरेचनका अवस्थामासम्म पुर्‍याउन नसकेको अनुभव तमाम प्रजातन्त्रवादी नेपालीले गरेका छन् । अनुभवी जीवनका उकालीओराली खेपेर आएका अभिनेता पनि जब जिद्दीमा लागेर अंगदले रावणका अगाडि खुट्टो अड्याएझैँ अड्याएर दम्भपूर्ण उद्घोष गर्दै…सक्छ ? भन्न पुग्छन् र मध्यस्थताको घरायसी उद्योगमा लाग्छन् मखुण्डी राजनीतिक अभिनेताको नाटक हेर्न पनि मन मरेर आउँदोरहेछ । यस्तो परिवर्तन प्रकृति र मानव कसैले पनि कहिल्यै कतै नल्याऊन् भन्ने कामना गरौं हामी सबैले । भन्न सकिँदैन कांग्रेस कांग्रेस नै रहला या भांग्रेस बन्ला । परिवर्तन र विद्रोहको सार्थकतापरिवर्तन भोटेकोशीको जस्तो होइन रचनात्मक हुनुपर्छ । जीवन रुन कराउन र चिच्याउनका लागि होइन हाँसो आनन्द र मिलनका लागि हुनुपर्छ । राजनीति सत्ताप्राप्तिको मात्र साधन होइन यो नराम्रा र रुढ कुरालाई परिहार गरेर नयाँ कुरा समाज र राष्ट्रमा आधान गर्ने एउटा अभियान हुनुपर्छ । असल राजनेताले यिनै कुरा गर्छ राजनीतिमा कमाउन, पदमा पुग्ने महत्त्वाकांक्षा बोकेर गएका राजनीतिकर्मीले समाज निर्माण गर्न सक्दैन विकार, विकृति, विसंगति बढाएर आफैं त्यस विकृतिको सिकार बन्छ । जुन कुरो हामीले पनि भोग्यौं, देख्यौं र त्यसका धङ्धङीले ल्याएको सुल्फडीतन्त्रमा सास फेर्न विवश छौं । नेपाली कांग्रेसका तरुणले हिम्मत गरेर जमेको राजनीतिक तालको बाँध फुटाए त्यस बेगलाई समाज बदल्न, विकासलाई तीव्र बनाउन लाग्ने बेला आएको छ तर परिणाम त्यति आदर्श रहेको देखिँदैन । रुष्टलाई मनाउने नाममा समय खेर फाल्नु उचित हुँदैन । फकाएर ल्याउने नीति खुला राख्ने तर मूलकाम छाडेर चुक्चुक गरेर मुसार्न नलाग्ने नीति अबका निर्वाचित तरुण पुस्ताले अख्तियार गर्नुपर्छ । बुढाको सद्विचार अनि सकारात्मक अनुभव पार्टीका लागि ऊर्जा हुन्छ तर सधैं रिस, सधैं इर्ष्या, सधैं उखुर्च्याहा प्रवृत्तिका पछि लागेर न नवनिर्माण हुन्छ न बेलामा लक्ष्यमा पुगिन्छ न त वरपरका देख्नेले स्याबासी नै दिन्छन् । एमालेमा यो परिवर्तनको गति रोकिनाले समाज अझै पछाडि पर्नेछ । डाँडामा लगेर भ्युटावर बनाउने बुद्धिले चलाएका दलमा के उद्देश्य होला ? कसरी समाज परिवर्तन होला ? कांग्रेसी तरुणलाई धन्यवाद दिँनैपर्छ किनभने अब दुई पटकभन्दा सभापति बन्न नपाइने, चुनावभन्दा पहिले कुनै कसैसँग गठबन्धन नगर्ने, ३०/३५ वर्षमुनिका देखि ८३ वर्षका वयोवृद्ध अनुभव भएका विपिन कोइरालाजस्ता पनि महाधिवेशन प्रतिनिधिमा समेटिएको देखियो । पाकालाई सम्मान र नवयुवकलाई काम दिनसकेमात्र मुलुक बन्छ । केटाकेटीको ओइरो लाएर तिनलाई ठीक तालिम दिएर सधाएर काममा लाउन सकिएन भने बुढी गण्डकीमा आएका बिहानका बाढीले विध्वंश गरेझैँ तिनले पनि थाहै नपाइकन समाज, राष्ट्र विध्वस्त गर्न सक्छन् । अतः परिवर्तनका लागि नेतृत्व लिनेको कर्तव्य हुन्छ परिवर्तन गलत दिशामा नजाओस्, त्यसलाई सके र सम्भव भएसम्म संरचनात्मक काममा लाउने प्रयत्नरत नित्य गरिनुपर्दछ । कांग्रेस आरम्भदेखि नै राम्रा काम गर्ने तर गुटउपगुटमा विभाजित भएका कारणले सत्तामा हुँदा बद्नाम हुने र प्रतिपक्षमा हुँदा रचनात्मक काम गर्ने दलका रूपमा विख्यात छ । बीपीको रचनात्मक चिन्तन र नित्य मूल्याश्रित सक्रियताले जसरी यस देशलाई आजसम्म पनि अग्रणी भूमिका प्रदान गर्‍यो त्यसै प्रकारको अग्रणी भूमिकामा दललाई स्थिर गर्न आजका नवनिर्वाचित तरुणले सचेत रहनु आवश्यक छ तर लामो संघर्षको तापरापबाट खारिएका अनुभवी पुस्ताका साथीहरू हारेर सुल्फडी दलका जस्ता आवेग, आक्रोश र बदलाको राँको छातीमा जमाएर आएका धेरै देखापरेका छन् । सत्तालाई ऋषिमहर्षिले किन त्यागेभन्दा त्यहाँ लोभ छ, मद छ, मात्सर्य र दम्भ पनि भएको हुनाले उनीहरू ज्ञान र साधनाको कोर्रा लिएर अरूलाई राज्यसत्तामा आरुढ गराउनपुगेका थिए भन्ने कुरो गगन र विश्वप्रकाशले राम्ररी बुझेर क्रियान्वयन गर्न नसके पिसाबको न्यानो तापेजस्तो हुनेछ । यसमध्येको अन्तिम उदाहरण हो विष्णुगुप्त चाणक्य र चन्द्रगुप्त मौर्यको । यसै प्रकारले मूल्याश्रित राजनीति गर्न नसक्ने हो भने परिवर्तनले सार्थकता पाउनेछैन । अहिले बालेन्द्र र चोलेन्द्र दुवैले मर्यादाको सीमा नाघेका छन् । बाह्र बजे राति समात्ने १२ घण्टा प्रहरी हिरासतमा राखेर छोरा श्रीमतीलाई निवेदन लेखाउने अनि जनता ढाँट्ने गर्छ सरकार भने चोलेन्द्र राज्यले दिएका सुविधा र मर्यादाको दुरुपयोग गर्न लागेका देखिएका छन् । राजनीति गर्न शायद उनलाई पनि राज्यले दिएको सुविधा परित्याग गरेर आए कसले रोक्छ र ? देश सबैको हो र जनता पनिराजनीतिक दलले चुनाव जित्न जनतालाई आकर्षित गर्ने नाउँमा चार बिघा जमिन र सहरका घर पनि भाग पाउँछौ । हामी सबै गरिबलाई बाँडिदिन्छौं शोषक सामन्तका महल भनेर पनि चुनाव जित्ने प्रयास विगतमा गरेका थिए कतिपयले । यस्ता हावादारी कुरा गर्नु राम्रो होइन । अहिले रास्वपाले जसरी पुराना दलले गरेका राम्रा कामको मतलबै नगरी ३५/३६ वर्षसम्म लुटेर खायौ भनी गाली गर्ने आफू सनक्क सन्केर स्थापित परम्परा संवैधानिक मर्यादा र विधिविधानलाई पनि नमानीकन आधा रातमा मान्छे समातेर झुट्टो बोल्ने, व्यक्तिका सनकमा जे आयो त्यो लागु गर्न खोज्नेजस्ता केटाकेटी क्रियाकलाप गरेको छ । यसबाट अब जनता वाक्किएर घण्टी होइन यिनका विरुद्ध दमाहा ठटाउन तयार बनेका देखिन्छन्, वर्षदिन पनि नबित्दै । अतः कांग्रेसका नवयुवकले पनि असम्भव र अव्यावहारिक कुरा गरेर वाहवहाही बटुल्ने कुरा परित्याग गर्नुपर्छ । यसै महाधिवेशनका विसंगति पनि कम उल्लेख्य छैनन् । देशको निर्वाचनको परिणाम हप्ता दिनमा आउँछ तर कांग्रेसको निर्वाचन परिणाम आउन सप्ताहभन्दा बढीजस्तो भयो, सम्मेलन उद्घाटनका दिनदेखि जोड्दा । यति सुस्त गणनाको रहस्य के हो ? प्रेमकृष्ण खड्काजस्ता अनुभवी वरिष्ठ अधिवक्ता निर्वाचन समिति प्रमुख भएका हुनाले अन्यथा शंका गर्न मन नलागे पनि परिणाम आउँदा त्यागी, निष्ठावान् खारिएकाभन्दा लेनदेन गर्नसक्ने आएको देखियो किन ? र खर्चिलो महाधिवेशन गर्ने साधन स्रोतको मुहान खोजे के होला ? चोलेन्द्रको हविगत नहोओस् । अहिले बालेन्द्र र चोलेन्द्र दुवैले मर्यादाको सीमा नाघेका छन् । बाह्र बजे राति समात्ने १२ घण्टा प्रहरी हिरासतमा राखेर छोरा श्रीमतीलाई निवेदन लेखाउने अनि जनता ढाँट्ने गर्छ सरकार भने चोलेन्द्र राज्यले दिएका सुविधा र मर्यादाको दुरुपयोग गर्न लागेका देखिएका छन् । राजनीति गर्न शायद उनलाई पनि राज्यले दिएको सुविधा परित्याग गरेर आए कसले रोक्छ र ? विद्यादेवीलाई राजनीति गर्न प्रहरी किन दिएको हो ? राज्यले यो पनि यदि उनले मागेर सरकारी दस्तुर तिरेर होइन भने यो आर्थिक, अधिकार तथा मर्यादाको पनि भ्रष्टाचरण नै हो । बालेन्द्रले या विद्याले कसले दिने हो जनतालाई स्पष्टीकरण दिनैपर्छ । प्रजातन्त्र भनेको न व्यक्ति न सनकतन्त्र हो न त बुर्जुवातन्त्र नै हो । यो त प्रधानमन्त्रीदेखि सामान्य परिचरसम्म समानरूपले कानुन पालन गर्ने विधिको तन्त्र हो । यसमा पदमा रहेका राष्ट्रपति प्रधानमन्त्रीदेखि पालेपियनसम्मका मानव जनताका नोकर हुन् । ठाडो शब्दमा भन्दा मालिक तिनै पेरुंगेपेट र चाउरी परेका गाला भएका दुरदरारमा बस्ने एक डाडु गुन्द्रुकको झोलर एक डल्लो ढिँडो पाउन दस नंग्रा खियाउने जनता चाहिँ हुन् भन्ने बुझेर काम गर्नु आवश्यक छ । राजनीतिक दलले देशविकास, जनजीविका र व्यवहार सञ्चालन गरी तीन प्रकारका अर्थयोजना बनाउन सक्नुपर्दछ । विकास बजेटले भविष्यलाई सुखमय बनाओस् । व्यवहारका अर्थस्रोतले जनता, कर्मचारी शिक्षक, प्रहरी प्रशासन आदिको दैनन्दिनी राम्ररी चलोस् । जनतालाई अनुदानभन्दा रोजगारी दिने खालका काम गर्नु/गराउनुपर्छ । अनिमात्र देशमा परिवर्तन जनताले अनुभूत गर्छन् । मन्त्री सांसदका भाषण र अहंले तिनलाई धम्क्याउनु हुँदैन । अहिले हामी आउँदैछौंका नाममा रास्वपाले त्यस्तै गरेको गन्ध आउन लागेको छ कांग्रेस एमालेले आफ्ना खोते धन्दा छाडेर जनतालाई साथ दिन जानसक्नुपर्छ प्रजातन्त्र जोगाउन । होइन भने निराश्रित जनताले सकेका दिन त्यस्तालाई धुलो चटाइदिन्छन् भन्ने बुझेर काम गर्नुपर्छ । कांग्रेस कांग्रेस बनेर आएको देख्न पाइयोस् र एमालेका युवक जागून्, वृद्धलाई सम्मान र तन्नेरीलाई काम दिन थालियोस् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

सहमहामन्त्री खसआर्यतर्फ १५०७ मतगणना, मनोजमणिको अग्रता कायमै
ताजा खबरJust now

सहमहामन्त्री खसआर्यतर्फ १५०७ मतगणना, मनोजमणिको अग्रता कायमै

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । सहमहामन्त्री खसआर्यतर्फ एक हजार ५०७ मतगणना भएको छ । एक हजार ५०७ मतगणना हुँदा मनोजमणि आचार्यले ५५२, जगदिश्वरनरसिंह केसीले ४७६ मत... ...

रातोपाटी
उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला
ताजा खबरJust now

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर । बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती मृतावस्थामा फेलापरेको छ । ‘सानो दारे’ नामले चिनिने करिब २०–२५ वर्षे हात्ती धानखेतमा मङ्गलबार मृतावस्थामा भेटिएको हो । कोशीटप्पु वन्यजन्तु आरक्षबाट... ...

रातोपाटी
कांग्रेस केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ)तर्फ डा. केदारनरसिंह केसी अग्रता
ताजा खबरJust now

कांग्रेस केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ)तर्फ डा. केदारनरसिंह केसी अग्रता

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ)तर्फको पाँच पदका लागि भएको मतदानको मतगणना जारी छ । हालसम्म तीन हजार २१ मतगणना भएको कांग्रेस निर्वाचन समितिले जनाएको छ । सबैभन्दा धेरै मत डा. केदारनरसिंह केसीले पाएका छन् । उनको पक्षमा १३८३ मत खसेको छ । कसको कति मत ? डा. केदारनरसिंह केसी –१३८३प्रा.डा. जगदिशचन्द्र पोखरेल –११३१डा. प्रदीप ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play