Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/अवस्था नसुध्रिए मर्जरमा जानुपर्ने हुनसक्छ : प्रतापजंग पाण्डे, अध्यक्ष, वायु सेवा सञ्चालक संघ नेपाल

अवस्था नसुध्रिए मर्जरमा जानुपर्ने हुनसक्छ : प्रतापजंग पाण्डे, अध्यक्ष, वायु सेवा सञ्चालक संघ नेपाल

Share:WhatsAppFacebookX (Twitter)Telegram
अवस्था नसुध्रिए मर्जरमा जानुपर्ने हुनसक्छ : प्रतापजंग पाण्डे, अध्यक्ष, वायु सेवा सञ्चालक संघ नेपाल

हेलिकप्टर व्यवसायको अवस्था कस्तो छ ?यो पर्यटनसँग सम्बन्धित व्यवसाय भएकाले अहिले अलिकति अस्थिर छ । विगतका भूकम्प, कोरोना महामारी, भू–राजनीतिक अवस्था र एभिएसन इन्धनको मूल्यवृद्धिका कारण प्रत्यक्ष असर परेको छ । सञ्चालन खर्च बढेको छ तर माग कम भएकाले भाडादर बढाउन नसकिने अवस्था रहेकाले कम्पनीहरू ‘ब्रेक इभन’ को अवस्थामा चलिरहेका छन् । विगतमा बाटो नभएका दुर्गम क्षेत्रमा धेरै उडान हुने गरेकोमा अहिले ७७ वटै जिल्ला सदरमुकाममा सडक सञ्जाल पुगिसकेकाले हेलिकप्टरको बजार खुम्चिँदै गएको हो । भविष्यमा ड्रोन जस्ता हेलिकप्टर प्रयोगले मागमा अझै संकुचन आउनसक्ने देखिन्छ । अहिले हेलिकप्टर सेवाको माग कस्तो छ ?यो चार्टर र आवश्यकताका आधारमा चल्ने भएकाले सामान्य अवस्थामा माग कम हुँदै गएको छ तर हेलिकप्टरको संख्या थपिएकाले आपूर्ति बढेको छ । विपद्को बेलामा वर्षमा एक-दुई दिनमात्र अत्यधिक माग हुने गर्छ तर वर्षभरिको समग्र माग हेर्दा बाटोघाटोको पहुँचले यसको घट्दै गएको छ । विदेशी पर्यटकको हकमा डलरको दर खासै नबढे पनि नेपाली कम्पनीहरूको इन्स्योरेन्स, इन्धन र विदेशी जनशक्तिको खर्च युरोमा तिर्नुपर्ने भएकाले सञ्चालन खर्च बढेर आम्दानी खुम्चिएको छ । अहिले जम्मा ३२ वटा हेलिकप्टर सञ्चालनमा छन् । तीनवटा कम्पनीसँग चार-चारवटा, दुर्ईवटा कम्पनीसँग तीन-तीनवटा र अरूसँग दुई वा एउटा हेलिकप्टर रहेका छन् । तथापि हालसम्म कम्पनीहरू बन्द नै भइहालेको अवस्था भने छैन तर थोरै हेलिकप्टर सञ्चालन गर्दा सञ्चालन खर्च बढी लाग्ने गर्छ । हेलिकप्टर कम्पनीबीच प्रतिस्पर्धा कस्तो छ ?हाल १२ वटा कम्पनीहरू सञ्चालनमा छन्, जसमा कुनैसँग अधिकतम चारवटा त कुनैसँग एउटामात्र हेलिकप्टर छ । हालसम्म प्रतिस्पर्धा केही हदसम्म स्वस्थ नै रहेको छ । अस्वस्थ भइसकेको छैन तर भविष्यमा बजार खुम्चिँदै जाँदा सञ्चालन खर्च घटाउन कम्पनीहरू मर्जर वा एक्विजिसनतर्फ जानुपर्ने पनि हुनसक्छ । हेलिकप्टरको कुल संख्या कति हो, कम्पनीहरू बन्द नै हुने अवस्था त होइन नि ?अहिले जम्मा ३२ वटा हेलिकप्टर सञ्चालनमा छन् । तीनवटा कम्पनीसँग चार-चारवटा, दुईवटा कम्पनीसँग तीन–तीनवटा र अरूसँग दुई वा एउटा हेलिकप्टर रहेका छन् । तथापि हालसम्म कम्पनीहरू बन्द नै भइहालेको अवस्था भने छैन तर थोरै हेलिकप्टर सञ्चालन गर्दा सञ्चालन खर्च बढी लाग्ने गर्छ । पर्यटन क्षेत्र र विपद्मा हेलिकप्टर धेरै माग हुने भएकाले आत्तिहाल्नुपर्ने अवस्था त नहोला ?हेलिकप्टरले पर्यटन र उद्धारमा निकै योगदान गरेको छ । विशेषगरी साइट सिन (सगरमाथा, अन्नपूर्ण) गर्न चाहने तर समय कम हुने पर्यटकका लागि आठदेखि १० दिन लाग्ने ट्रेकिङ एक दिनमै गराउने सुविधा दिएको छ । त्यस्तै, हिमाल आरोहण, उद्धार कार्य, खाद्यान्न तथा सामान ढुवानी र गम्भीर बिरामीहरूका लागि एयर एम्बुलेन्स सेवामार्फत्् पनि निकै सुविधा दिइरहेको छ । तथापि हेलिकप्टर कम्पनीहरूको मुख्य आम्दानीको क्षेत्र पर्यटन नै भएकाले पर्यटन क्षेत्र प्रभावित हुँदा समस्या आउने गरेको छ । हालैको रसुवाको भोटेकोशी बाढीको विपद्मा कति हेलिकप्टर परिचालन भएका थिए ?बाढीको विपद्को समयमा एकैदिनमा अधिकतम १४ वटासम्म हेलिकप्टर परिचालन भएका थिए भने बाँकीलाई स्ट्याण्ड बाई राखिएको थियो । नुवाकोट र रसुवा जस्ता साँघुरो उपत्यकामा सबै एकैपटक जान नसकिने भएकाले त्यहाँ मानवीय उद्धारलाई पहिलो प्राथमिकतामा राखिएको थियो । विपद् व्यवस्थापनमार्फत् हेलिकप्टरहरू परिचालन गरिएका थिए र फर्किंदा खाली नफर्किई खाद्यान्न र औषधिहरू पुर्‍याउने काम पनि गरिएको थियो । हेलिकप्टर व्यवसायमा नीतिगत समस्या पनि छन् कि ?नीतिगत समस्या समग्र एयरलाइन्सकै समस्या हो । व्यापार बढाउन विदेशी पर्यटकको आगमन बढाउनुपर्छ । बाह्य पर्यटक भित्र्याउन सकेमात्र आन्तरिक बजार पनि बढ्छ । जसका लागि नेपाल एयरलाइन्सलाई सुदृढ गर्ने, पोखरा र भैरहवाजस्ता निर्माण भइसकेका विमानस्थलका संरचनाको उचित प्रयोग गर्ने र नयाँ गन्तव्यहरू तय गर्ने जस्ता नीतिगत सुधार आवश्यक छ । पर्यटनलाई अर्थतन्त्रको खम्बा बनाउने हो भने पर्यटक आउने स्रोत नै बढाउनुपर्छ । नेपालको हवाई क्षेत्रलाई युरोपेली युनियनको कालोसूचीबाट हटाउने, युरोपसँग कनेक्टिभिटी बढाउने र थप अन्तर्राष्ट्रिय उडानहरू भित्र्याउने कुरामा ध्यान दिनुपर्छ । त्रिभुवन विमानस्थलको हालको १२ लाख पर्यटक ल्याउनसक्ने क्षमता कसरी २०-३० लाख वा ५० लाख पुर्‍याउने भन्ने कुरा खोज्नुपर्छ । नेपालमा हेलिकप्टर सेवा अन्तर्राष्ट्रिय बजारको तुलनामा निकै सुलभ छ । युरोपमा प्रतिघण्टा २७ सय डलर लाग्ने सेवा नेपालमा दुई हजार डलरमै उपलब्ध छ । साथै, २१ हजार फिटसम्मको उचाइबाट हाई-अल्टिच्युड रेस्क्यु गर्न सक्ने हाम्रा पाइलटहरूको प्राविधिक क्षमता विश्वमै उत्कृष्ट छ । पाकिस्तानमा लङ-लाइन रेस्क्यु गर्दा ४० देखि ५० हजार डलर लाग्छ भने नेपालमा १० देखि २५ हजार डलरमै सम्भव छ । मौसम प्रतिकूलताका बाबजुद पनि नेपालको उद्धार कार्य छिटो र प्रभावकारी छ । कार्गो सेवामा चाहिँ खासै माग छैन हो ?सडक सञ्जाल विस्तारसँगै कार्गो सेवाको माग निकै घटेको छ । यद्यपि, अहिले पनि हाइड्रोपावरका हेभी सामानहरू र दुर्गम क्षेत्रमा खाद्यान्न ढुवानीमा केही हदसम्म हेलिकप्टर प्रयोग भइरहेको छ तर विगतको तुलनामा यो निकै कम हो । हवाई सेफ्टी (सुरक्षा) का हिसाबले हेलिकप्टर सेवाको अवस्था कस्तो छ ?सुरक्षाको अवस्था राम्रो छ, पछिल्लो दुर्ई वर्षमा कुनै ठूलो दुर्घटना भएको छैन । नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान) र निजी एयरलाइन्स कम्पनीहरू दुवैले सुरक्षा मापदण्ड र तालिममा धेरै सुधार गरेका छन् । आइकाओ सेक्युरिटी अडिटमा पनि राम्रो नतिजा आएको छ र छुट्टै स्वतन्त्र दुर्घटना अनुसन्धान समिति बनाउने प्रक्रिया पनि अगाडि बढेको छ । पाइलटहरूलाई वार्षिक रिफ्रेसर तालिम र सिमुलेटर तालिम गराइएको छ । हेलिकप्टरको मर्मतसम्भार व्यवस्थापन कस्तो छ ?हेलिकप्टरका सन्दर्भमा मर्मतसम्भारका लागि आवश्यक पर्ने ह्यांगर सुविधा अभाव छ । जहाजहरूका लागि ह्यांगर व्यवस्था भए पनि हेलिकप्टरले भने खुला आकाशमुनि प्राविधिक बोलाएर मर्मत गर्नुपर्ने बाध्यता छ । जसको उचित व्यवस्थापनका लागि हामीले पर्यटन मन्त्रालय र क्यानको ध्यानाकर्षण गराउँदै आएका छौं । नेपालमा हेलिकप्टर सेवाको भविष्य कस्तो रहला ?हेलिकप्टरको भविष्य नराम्रो छैन । किनभने नेपालमा हेलिकप्टर सेवा अन्तर्राष्ट्रिय बजारको तुलनामा निकै सुलभ छ । युरोपमा प्रतिघण्टा २७ सय डलर लाग्ने सेवा नेपालमा दुई हजार डलरमै उपलब्ध छ । साथै, २१ हजार फिटसम्मको उचाइबाट हाई–अल्टिच्युड रेस्क्यु गर्न सक्ने हाम्रा पाइलटहरूको प्राविधिक क्षमता विश्वमै उत्कृष्ट छ । पाकिस्तानमा लङ–लाइन रेस्क्यु गर्दा ४० देखि ५० हजार डलर लाग्छ भने नेपालमा १० देखि २५ हजार डलरमै सम्भव छ । मौसम प्रतिकूलताका बाबजुद पनि नेपालको उद्धार कार्य छिटो र प्रभावकारी छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

इजरायली कृषि प्रविधि र लगानी भित्र्याउन प्रस्तावित राजदूत कर्णसँग सांसद विष्टद्वारा योजना माग
ताजा खबरJust now

इजरायली कृषि प्रविधि र लगानी भित्र्याउन प्रस्तावित राजदूत कर्णसँग सांसद विष्टद्वारा योजना माग

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद नरबहादुर विष्टले नेपालको कृषि क्षेत्रको आधुनिकीकरण र इजरायली प्रविधि भित्र्याउन इजरायलका लागि प्रस्तावित राजदूत सुरेशकुमार कर्णसँग के योजना छ भन्दै जिज्ञासा राखेका छन्। मंगलबार बसेको संसदीय... ...

रातोपाटी
मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी
ताजा खबरJust now

मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी

मुस्ताङ । मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ । असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले बेनी—जोमसोम सडक दुई सातासम्म अवरुद्ध हुँदा स्याउ... ...

रातोपाटी
अधिकार हस्तान्तरणमा ढिलाइ भयो: लुम्बिनी मुख्यमन्त्री
ताजा खबरJust now

अधिकार हस्तान्तरणमा ढिलाइ भयो: लुम्बिनी मुख्यमन्त्री

​लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको मर्म अनुसार अधिकार हस्तान्तरण र कानुन संशोधनमा ढिलाइ भएको बताएका छन्। उनले प्रदेश सरकारलाई सबल र सक्षम बनाउन संघीय सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए। ​सम्मेलनमा मुख्यमन्त्री आचार्यले संविधानले दिएका एकल अधिकार तथा साझा सूचीका अधिकारहरू अझै पनि संघ सरकारले हस्तान्तरण नगरेको गुनासो गरे। उनले भने, &lsquo... ...

नेपालखबर
पोखराको आइकोनिक खेलाडीमा विश्वसा पराजुली
ताजा खबरJust now

पोखराको आइकोनिक खेलाडीमा विश्वसा पराजुली

नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सको आइकोनिक खेलाडीमा विश्वास पराजुली छनोट भएका छन्।  पोखरा रंगशालास्थित क्रिकेट मैदान र स्याङजामा भएको ट्यालेन्ट हन्टबाट विश्वास आइकोनिक खेलाडीका रुपमा छनोट भएका हुन्। यसअघि गण्डकी हिरोज टपमा रहिसकेका विश्वासले एनपीएलमा पोखराको प्रतिनिधित्व गर्नेछन्।  पोखरा एभेन्जर्सका मुख्य प्रशिक्षक अजन्था मेन्ड... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play