Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/दशैँको यात्रामा निस्कँदै हुनुहुन्छ? यी कुरा थाहा पाइराख्नुहोस्

दशैँको यात्रामा निस्कँदै हुनुहुन्छ? यी कुरा थाहा पाइराख्नुहोस्

Share:WhatsAppFacebookX (Twitter)Telegram
दशैँको यात्रामा निस्कँदै हुनुहुन्छ? यी कुरा थाहा पाइराख्नुहोस्

BBC/AshokDahal लगातार एक साताभन्दा लामो सार्वजनिक बिदा रहेको यो दशैँमा यस अघि झैँ परिवार र आफन्त भेटघाटका लागि गाउँ जाने वा घुम्न निस्कनेहरू चलायमान भइसकेका छन्।तर लामो यात्रा सबैका लागि सहज नहुन सक्छ। केही मानिसहरूलाई यात्रामा निस्कनुअघि नै मनोवैज्ञानिक दबाव हुने गर्छ र यात्राअघि नै वाकवाकी हुन सक्छ। कतिपय मानिसहरूलाई 'मोशन सिकनेस' अर्थात् सवारी साधनमा यात्रा गर्दा रिँगटा र वाकवाकी लाग्ने लगायतका समस्या हुन्छ। दशैँमा दिइने दक्षिणाको प्रचलन र पृष्ठभूमि के हो दशैँमा समयसँगै केके चलन बदलिए? यस्ता समस्याका समाधान छन्?जेनरल फिजिशियन डा. अच्युतभक्त आचार्य बान्ता हुने समस्या कम गर्न सकिने एकभन्दा बढी उपायहरू रहेको बताउँछन्।"यात्रा गर्दा हाम्रो कानको भित्री भाग, मस्तिष्क र हाम्रो आँखा अलमलिएर यो समस्या हुने गर्छ। त्यसलाई समाधान गर्न सकिन्छ," आचार्य भन्छन्।"गाडीमा अलि अगाडिको सीटमा वा झ्यालपट्टिको सीटमा बस्ने। त्यहाँ बस्दा मोबाइल चलाउने वा पढ्ने भन्दा पनि बाहिर हेरेर बस्ने तथा हलुका र नरम खानेकुरा खाएर हिँड्दा यसको रोकथाम हुन सक्छ।"उनका अनुसार त्यस्तो हुनु रोग होइन र पनि यो समस्याको उपचारहरू उपलब्ध छन्।"चिकित्सकीय दबाइहरू पनि हुन्छन्। त्यो चाहिँ चिकित्सकको सिफारिसमा लिनुपर्छ," उनले भने।गाडीमा चढ्नुअघि औषधी पसलमा चिकित्सकको सिफारिस बिनै पाइने बान्ता रोक्ने औषधी खाने अर्को उपाय हो।तर बान्ता रोक्ने औषधीले प्रभावकारी काम गर्छ वा गर्दैन भन्ने कुरा हामीले यो कुन समयमा खान्छौँ भन्ने कुरामा निर्भर रहने चिकित्सकहरू बताउँछन्।यो औषधी गाडी चढ्नुभन्दा आधा वा एक घण्टाअघि र खाली पेटमा भन्दा थोरै खानेकुरा खाएर खानु उपयुक्त हुने नर्भिक इन्टरन्याश्नल अस्पतालका डाक्टर आचार्य बताउँछन्।"सवारी साधनको अगाडि भागमा, हावा आउने ठाउँमा बस्यो वा मोबाइल किताब हेरेन भने धेरैलाई दबाइ आवश्यक पर्दैन। त्यसो गर्दा पनि समस्या भयो भने दबाइ खान मिल्छ," आचार्य भन्छन्। BBC/AshokDahal कतिपयले बान्ता हुने चिन्ताका कारण खाली पेट यात्रा गर्ने गरेको पनि अनुभव सुनाउने गरेका छन् । तर चिकित्सकहरू त्यस्तो नगर्न सुझाउँछन्।यात्रामा निस्कनु अघि चिल्लो र पिरो नभएको खाना खाँदा बान्ताको समस्या कम हुने जानकारहरूको सुझाव छ।गाडीमा यात्रा गर्दा नाइटोमा टेप टाँस्दा बान्ता कम हुने वा नहुने सुझाव दिइएका भिडिओहरू सामाजिक सञ्जालमा प्रशस्तै पाइन्छन्। के यो उपाय प्रभावकारी हो?"त्यो वैज्ञानिक आधारमा प्रमाणित उपाय होइन," डा आचार्य भन्छन्।यात्रामा बान्ता रोक्न विज्ञहरूले दिएका केही सुझाव यस्ता छन् अगाडिको झ्यालबाट मात्रै बाहिर हेर्नु र फोन वा किताब हेर्नतिर नलाग्नूसकेसम्म अगाडिको सीटमा बस्नु, पछाडि बस्नु परे छेउ भन्दा बीचतिरको सीटमा बस्नूताजा हावाका लागि झ्याल खुल्लै राख्नूसीट पछाडि ढल्काउनूआवश्यक भए बान्ता रोक्ने औषधी खानू तर त्यसले आलस्य गराउन सक्छलामो यात्रामा निस्कनु अघि राम्रोसँग सुत्नू, पानी प्रशस्त खानू र ग्याँस निम्त्याउने खानेकुरा नखानू यात्रामा निस्कँदा अरू केमा ध्यान दिने? RSS नेपालको आन्तरिक यात्रामा सडक र हवाई मार्ग प्रचलनमा छन्। विमानबाट यात्रा गर्दा आफ्नो टिकट र सरकारी निकायबाट जारी भएको परिचयपत्र बिर्सनु हुँदैन। साथै विमानस्थल पुग्ने समय र विमान उड्ने समय यकिन गरेर निस्कनु बुद्धिमानी हुन्छ। कहिलेकाहीँ एअर ट्राफिक, प्राविधिक वा व्यवस्थापकीय कारण उडान ढिलो भएको पनि हुन सक्छ।सडक मार्गबाट यात्रामा निस्कँदा सम्भव भएसम्म अनलाइन प्रणालीबाट टिकट लिन काठमाण्डू उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीको सुझाव छ।"अनलाइन टिकट सम्भव भएन भने आधिकारिक स्थान र व्यक्तिबाट आफ्नै नामको टिकट लिने। टिकटमा सीट नम्बर, मिति, प्रस्थान गर्ने स्थान र गन्तव्य तथा आफ्नो लगेज भएको बारेमा स्पष्ट उल्लेख गर्ने," प्रहरी उपरीक्षक सुवेदी सुझाउँछन्।नेपालका कतिपय सडक मार्गहरू वर्षा हुँदा बाढी र पहिरोको जोखिममा छन्। यात्रामा निस्कनु अघि सडकको अवस्था र मौसमबारे पनि जानकारी दिन प्रहरीको सुझाव छ। दशैँमा सारङ्गी रेटेर मालश्री धुन निकाल्ने खुबी भएका यी कलाकार सिक्किम र दार्जलिङमा मनाइने दशैँ कस्तो हुन्छ? सार्वजनिक बसबाट यात्रा गर्दा गाडी नम्बर याद गरिराख्नु राम्रो हुने तथा यात्रामा लाग्ने समय, खाना वा खाजा खाने समय र स्थान जस्ता विषयमा जानकारी राख्नु बुद्धिमानी हुने जानकारहरू बताउँछन्।"सवारी साधनको अवस्था, सडकको अवस्था, मौसमको अवस्था तथा बीचमा चिया, खाजा वा खाना र आरामका लागि रोकिने समय, स्थान र गन्तव्यमा पुग्न लाग्ने समयको प्रारम्भिक ब्रिफिङ यात्रुलाई चालकले प्रस्थान विन्दुमा नै गर्नु पर्छ," ट्राफिक प्रवक्ता सुवेदी भन्छन्।आफैँ सवारी साधन चलाएर लामो यात्रा गर्दा नियमित ट्राफिक अनुशासनका अतिरिक्त यात्रा गर्ने बाटो र मौसम आदिको अवस्थाबारे पनि जानकारी लिनु राम्रो हुने सुवेदी सुझाव दिन्छन्।आफ्नो सवारी साधनको म्यानुअल र चक्कामा हावा भर्ने सहितका सामान्य मर्मत उपकरणहरू साथै लिएर जाँदा राम्रो हुने अनुभवीहरूको सुझाव छ।यात्राका क्रममा कुनै समस्या आए प्रहरीको हटलाइन १०० वा ट्राफिक प्रहरीको १०३ मा सम्पर्क गरेर गुनासो, उजुरी वा सहायता लिन सकिन्छ।घुम्न जाँदा कस्तो तयारी गर्ने?ट्रेकिङ एजेन्सीज अशोसिएशन अफ नेपाल (टान)की कार्यसमिति सदस्य पवित्रा तामाङ दशैँको छुट्टीमा पदयात्रा वा घुम्न निस्कनुअघि पर्याप्त पूर्वतयारी गर्न सुझाव दिन्छिन्।"आफ्नो छुट्टी अवधिका लागि जान लागेको गन्तव्य उपयुक्त हो कि होइन, त्यहाँ जाने मौसम अहिले उचित हो कि होइन त्यो पनि बुझ्नु पर्छ," तामाङ भन्छिन्।"पदयात्रामा जाने हो भने हिमालमा जाने हो कि पहाडमा, त्यसै अनुसारका लुगा कपडा, ट्रेकिङ पोल र जुत्ता लिएर जाँदा राम्रो।"पदयात्रा होस् वा अन्य घुमफिर बीचमा बस्ने ठाउँ, खाने ठाउँबारे बुझ्न र सम्भव भए तिनको सम्पर्क नम्बर पनि लिएर मात्रै यात्रा योजना बनाउन उनको सुझाव छ।खासगरी पदयात्रामा जाँदा केही तयारी खानेकुरा पनि झोलामा बोक्न टानकी पवित्रा तामाङ सुझाव दिन्छिन्।"परिआएको अवस्थामा चाहिने केही खानेकुरा, औषधी र प्राथमिक उपचारका सामग्री पनि बोक्दा राम्रो हुन्छ," तामाङ भन्छिन्।बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on बीबीसी नेपाली

Visit Publisher Site →

Related News

चीन नेपालप्रति किन अनुदार ? नाका बन्देजले व्यापारमा अर्बौंको क्षति, तातोपानी खोल्न अझै आनाकानी
ताजा खबरJust now

चीन नेपालप्रति किन अनुदार ? नाका बन्देजले व्यापारमा अर्बौंको क्षति, तातोपानी खोल्न अझै आनाकानी

• नेपाल र चीनबीचको व्यापारिक सम्बन्धमा सीमा नाकाको अवरोधले गम्भीर समस्या उत्पन्न गरेको छ, जसले अर्बौं रुपैयाँको कारोबार र उपभोक्ता बजारलाई प्रभावित गरेको छ। • तातोपानी नाका खोल्न चीनको अनिच्छा र सुरक्षा चासोका कारण व्यापारमा थप कठिनाइहरू भोग्नुपरेको छ, जसले व्यवसायी र सरकारी राजश्वमा प्रत्यक्ष असर पारिरहेको छ। • वैकल्पिक नाका कोरला पनि भौगोलिक विकटता र मौसमका कारण समस्यामा परेको ...

नेपालबहस
रोजाइमा परेनन् चिनियाँ भेडाच्याङ्ग्रा
ताजा खबरJust now

रोजाइमा परेनन् चिनियाँ भेडाच्याङ्ग्रा

हरिकृष्ण शर्मामुक्तिनाथ (मुस्ताङ), असोज ३१ गते । दसैँलाई लक्षित गरी चीनको स्वशासित क्षेत्र तिब्बतबाट मुस्ताङको लिजी–नेचुङ (कोरला) नाका हुँदै भित्र्याइने भेडाच्याङ्ग्राको सङ्ख्या यस... ...

गोरखापत्र
हिमेश पन्थको उजुरीपछि पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा
ताजा खबरJust now

हिमेश पन्थको उजुरीपछि पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौँ । कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको उजुरीपछि जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई छलफलका लागि नेपाल प्रहरीको साइबर ब्युरो लगिएको छ । उनलाई लिन ब्युरोको टोली आज बिहान... ...

रातोपाटी
हेमन्त शर्माले धोबीधारा गल्लीमा गरेको त्यो संघर्ष, यो सफलता (भिडियोसहित)
ताजा खबरJust now

हेमन्त शर्माले धोबीधारा गल्लीमा गरेको त्यो संघर्ष, यो सफलता (भिडियोसहित)

काठमाडौँ । हेमन्त शर्मासँग लोकप्रिय गीतहरूको यति ठुलो लाइन छ कि एकसे एक गीतले उनको परिचयलाई फराकिलो बनाइदिन्छन् । २०५७ सालमा ‘ओ प्रिय’ गीतमार्फत सांगीतक क्षेत्रमा औपचारिक पाइला चालेपनि २०५९... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play