उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने ट्रम्पको संकेत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा एसिया भ्रमणका क्रममा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनलाई भेट्न सक्ने संकेत गरेका छन् । उनले किमसँग भेट हुने सम्भावनालाई ‘रोमाञ्चक’ अवसरका रूपमा व्याख्या गरेका छन् । सोमबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले किमसँग भेटवार्ता हुन सक्ने बताएका हुन् । किमसँग भेट्ने सम्भावनाबारे सोधिएको प्रश्नमा उनले भने, ‘हुन सक्छ । त्यो रोमाञ्चक हुनेछ, होइन र ? तर मेरो उनीसँग राम्रो सम्बन्ध छ ।’ ट्रम्प नोभेम्बर १८ र १९ मा चीनको शेनझेनमा हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) नेताहरूको बैठकमा सहभागी हुन चीन जाने कार्यक्रम छ । सोही भ्रमणका क्रममा किमसँग भेटवार्ता हुन सक्ने उनको भनाइले दुई देशबीचको सम्बन्धमा पुनः कूटनीतिक संवाद अघि बढ्ने सम्भावनालाई चर्चामा ल्याएको छ । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा किमसँग तीन पटक भेटवार्ता गरेका थिए । सन् २०१८ मा सिंगापुरमा भएको पहिलो भेटपछि दुवै नेताबीच सन् २०१९ मा भियतनामको हनोई र कोरियाली प्रायद्वीपको असैन्यीकृत क्षेत्रमा पनि भेट भएको थियो । तर, आणविक निःशस्त्रीकरण र प्रतिबन्ध हटाउने विषयमा सहमति हुन नसक्दा दुई देशबीचको वार्ताले अपेक्षित परिणाम दिन सकेन । यसअघि गत अगस्टमा ट्रम्पले दक्षिण कोरियासँग हुने संयुक्त सैन्य अभ्यास उल्लेख्य रूपमा घटाउन अमेरिकी रक्षा मन्त्रालयलाई निर्देशन दिएका थिए । उनले उत्तर कोरियाली नेता किमसँग आफ्नो ‘निकै राम्रो सम्बन्ध’ रहेको उल्लेख गर्दै संयुक्त सैन्य अभ्यासको लागत र त्यसले प्योङयाङलाई दिने सन्देशप्रति असन्तुष्टि जनाएका थिए । ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा संयुक्त सैन्य अभ्यास महँगो हुनुका साथै उत्तर कोरियाप्रति अनुचित र शत्रुतापूर्ण सन्देश जाने बताएका थिए । अभ्यास रद्द गर्न ढिला भइसकेकाले त्यसको आकार घटाउन युद्धमन्त्री पिट हेगसेथलाई निर्देशन दिएको उनको भनाइ थियो । त्यसपछि दक्षिण कोरिया र अमेरिकाले अगस्ट २१ मा आफ्नो प्रमुख संयुक्त सैन्य अभ्यास निर्धारित समयभन्दा करिब एक साताअघि नै सम्पन्न गरेका थिए । सामान्यतया ११ दिनसम्म चल्ने ‘उल्ची फ्रिडम सिल्ड’ (यूएफएस) अभ्यासलाई पाँच दिनमा सीमित गरिएको थियो । उक्त अभ्यासमा कमान्ड पोस्टमा आधारित सैन्य सिमुलेसन र कोरियाली प्रायद्वीपमा सम्भावित संकट सामना गर्ने उद्देश्यका स्थलगत सैन्य गतिविधि समावेश हुन्छन् ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

चाडपर्वमा कृत्रिम अभाव रोक्न बजारमा सरकारको निगरानी, ५० कर्मचारी थप परिचालन
चाडपर्वका बेला बजारमा कृत्रिम अभाव हुन नदिन सरकारले बजार अनुगमनलाई तीव्र पारेको छ । कृत्रिम अभाव हुन नदिइ उपभोक्तालाई सहज रूपमा उपभोग्य वस्तु उपलब्ध गराउन र आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन तीव्र बनाएको हो । विभागले मन्त्रालय र मातहतका निकायबाट थप कर्मचारी परिचालन गरी बजारको अवस्था, वस्तुको गुणस्तर, मूल्य र मौज्दातको नियमित अनुगमन गरिरहेको ...

रास्वपा अनुशासन आयोगले खगेन्द्र सुनारका प्रमाण संकलन गर्दै, पीडित महिलासँग पनि कुरा बुझ्ने
'हामीले आज बिहानबाटै सबुत प्रमाण संकलन गरिरहेका छौं । तथ्यहरूको सत्यापन परीक्षण गरेपछि चाँडै निष्कर्ष दिन्छौं' -हरिचन्द्र भट्टराई उपप्रमुख रास्वपा अनुशासन आयोग ...

बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा पौडेल विजयी
२७ असोज, बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनबाट अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको २६औँ अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि भएको चुनावमा प्रतिस्पर्धी टंकप्रसाद गैरेलाई पछि पार्दै पौडेल विजयी भएका हुन् । अध्यक्षमा पराजित पौडेल संघमा हाल वरिष्ठ उपाध्यक्ष थिए । पौडेलले ८३३ मत र गैरेले ६०१ मत पाए… ...

कीर्तिपुरको मैदानबाट भाषा र भाका बचाउन आह्वान
काठमाडौं । नेपथ्य कन्सर्टका लागि सम्पूर्ण टिकट पहिल्यै बिक्री भइसकेको थियो । टिकट किन्न पाइने आसमा आइपुगेका तन्नेरी निराश हुँदै फर्किरहेका देखिन्थे, भित्र ८ हजार दर्शकका निम्ति तयार मैदानमा जताततै नाचिरहेका थिए दर्शक । त्यस भीडलाई नचाइरहेका थिए नेपथ्यका अमृत गुरुङले । कीर्तिपुर नेपथ्य ब्यान्ड आफ्नो पहिलो कन्सर्टका लागि उत्रिएको ठाउँ हो । साढे तीन… ...


