Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Others/विश्वकप लिग-२ : नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदै

विश्वकप लिग-२ : नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदै

10/13/2026, 7:34:09 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
विश्वकप लिग-२ : नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदै

आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ । खेल ओमानको अल अमेरात क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान सवा ११ बजे हुनेछ । शीर्ष चारमा पर्ने सम्भावना समाप्त भइसकेको नेपालका लागि अब एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता जोगाउने चुनौती छ । त्यसैले पनि नेपालका लागि आजको खेल महत्वपूर्ण हुनेछ । आइतबारको खेलमा क्यानडालाई हराउँदै शीर्ष ६ मा रहेर ओडीआई मान्यता जोगाउने सम्भावना जीवित राखेको नेपालका लागि बाँकी खेलहरुमा राम्रो प्रदर्शन गर्दै जित निकाल्नु पर्ने दबाब छ । ओमान र क्यानडासँगका दुई–दुई गरी चारमध्ये कम्तीमा तीन खेल जित्न सके नेपालको शीर्ष ६ भित्र पर्दै एकदिवसीय मान्यता सुरक्षित हुन सक्नेछ । लिग–२ मा आठ टोली सहभागी छ । अमेरिका, स्कटल्याण्ड र नेदरल्याण्ड्सले शीर्ष स्थानमा रहँदै सन् २०१७ को विश्वकप छनोट प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गरिसकेका छन् । जारी लिगमा नेपाल ३३ खेलबाट २६ अंकका साथ छैटौँ स्थानमा रहेको छ भने २९ खेल खेलेको ओमानको ३३ अंक छ । यसैगरी, क्यानडाको ३४ खेलबाट २५ अंक भएको छ । नामिबियाले ३५ खेलबाट ३१ अंक जोड्दा यूएई ३२ खेलबाट १९ अंकका साथ अन्तिममा छ । नेपालले फेरि आगामी शनिबार क्यानडासँग र कात्तिक २ गते ओमानसँग खेल्नेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

चाडपर्वमा कृत्रिम अभाव रोक्न बजारमा सरकारको निगरानी, ५० कर्मचारी थप परिचालन
OthersJust now

चाडपर्वमा कृत्रिम अभाव रोक्न बजारमा सरकारको निगरानी, ५० कर्मचारी थप परिचालन

चाडपर्वका बेला बजारमा कृत्रिम अभाव हुन नदिन सरकारले बजार अनुगमनलाई तीव्र पारेको छ । कृत्रिम अभाव हुन नदिइ उपभोक्तालाई सहज रूपमा उपभोग्य वस्तु उपलब्ध गराउन र आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन तीव्र बनाएको हो । विभागले मन्त्रालय र मातहतका निकायबाट थप कर्मचारी परिचालन गरी बजारको अवस्था, वस्तुको गुणस्तर, मूल्य र मौज्दातको नियमित अनुगमन गरिरहेको ...

पर्दाफास
रास्वपा अनुशासन आयोगले खगेन्द्र सुनारका प्रमाण संकलन गर्दै, पीडित महिलासँग पनि कुरा बुझ्ने
OthersJust now

रास्वपा अनुशासन आयोगले खगेन्द्र सुनारका प्रमाण संकलन गर्दै, पीडित महिलासँग पनि कुरा बुझ्ने

'हामीले आज बिहानबाटै सबुत प्रमाण संकलन गरिरहेका छौं । तथ्यहरूको सत्यापन परीक्षण गरेपछि चाँडै निष्कर्ष दिन्छौं' -हरिचन्द्र भट्टराई उपप्रमुख रास्वपा अनुशासन आयोग ...

अनलाइन खबर
बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा पौडेल विजयी
OthersJust now

बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा पौडेल विजयी

२७ असोज, बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनबाट अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको २६औँ अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि भएको चुनावमा प्रतिस्पर्धी टंकप्रसाद गैरेलाई पछि पार्दै पौडेल विजयी भएका हुन् । अध्यक्षमा पराजित पौडेल संघमा हाल वरिष्ठ उपाध्यक्ष थिए । पौडेलले ८३३ मत र गैरेले ६०१ मत पाए… ...

अनलाइन खबर
कीर्तिपुरको मैदानबाट भाषा र भाका बचाउन आह्वान
OthersJust now

कीर्तिपुरको मैदानबाट भाषा र भाका बचाउन आह्वान

काठमाडौं । नेपथ्य कन्सर्टका लागि सम्पूर्ण टिकट पहिल्यै बिक्री भइसकेको थियो । टिकट किन्न पाइने आसमा आइपुगेका तन्नेरी निराश हुँदै फर्किरहेका देखिन्थे, भित्र ८ हजार दर्शकका निम्ति तयार मैदानमा जताततै नाचिरहेका थिए दर्शक । त्यस भीडलाई नचाइरहेका थिए नेपथ्यका अमृत गुरुङले । कीर्तिपुर नेपथ्य ब्यान्ड आफ्नो पहिलो कन्सर्टका लागि उत्रिएको ठाउँ हो । साढे तीन… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play