सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

नेपालगञ्ज उपमहानगरपालिकाले नगरवासीको सहजताको लागि खरिद गरेका करोडौँ मूल्यका नगर बस सञ्चालन नहुँदा जीर्ण बन्दै गएका छन् । उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा चार थान ४१ सिटे र तीन थान ३६ सिटे बस रु. तीन करोड ५८ लाख ११ हजार ४१५ मा खरिद गरेको थियो । खरिद गरेको आठ वर्षमै नगर बस प्रयोगविहीन अवस्थामा पुगेको नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले बताए। उनका अनुसार, विशेष अनुदानको रकमबाट बस खरिद गरिएकाले महिला सहचालक राखी सुरुआतमा उपमहानगरपालिका आफैँले सञ्चालन गरे पनि खर्च धान्न नसक्ने देखेपछि बसपार्क र सात वटा बस सञ्चालनका लागि ‘टेन्डर’ आह्वान गरिएको थियो । सात वटा बसको वार्षिक ५० लाख र नेपालगञ्ज बसपार्कको पार्किङ शुल्क ५१ लाख न्यूनतम मूल्य कायम गरी टेन्डर आह्वान भएकामा शिव शक्ति जनरल अर्डर सप्लायर्सले वार्षिक एक करोड ३७ लाख ५१ हजारमा ठेक्का स्वीकार गरेको थियो । बस सञ्चालनमा घाटा भएपछि ठेकेदार कम्पनीले नगर बस बसपार्कमा थन्क्याएको प्रवक्ता रिजालले जानकारी दिए । तीन वर्षदेखि थन्काएर राखिएका बस पुन:सञ्चालनको लागि उपमहानगर कार्यपालिका बेर्डले वडा नं. ४ का वडाध्यक्ष गोपाल पुनको संयोजकत्वमा अध्ययन समिति गठन गरेको थियो । समितिको म्याद सकियो तर प्रतिवेदन हालसम्म बुझाएको छैन । समितिका संयोजक गोपाल पुनले घरायसी कामले समयमा प्रतिवेदन बुझाउन नसकिएको बताउनुभयो । समितिको म्याद थप नभएकाले काम गर्न नसकिएको उल्लेख गर्दै उहाँले नगर बस हाल जीर्ण हुँदै गएकाले सामान्य अवस्थामा सञ्चालन गर्न नसकिने बताए । “लामो समयदेखि थन्क्याएर राखिएका बस अब सञ्चालन हुने अवस्थामा ल्याउनै लाखौँ रुपैयाँ खर्च हुने देखिएको छ”, पुनले भने, “नगरवासीलाई सुविधा दिन सञ्चालन गर्ने भनिएका नगर बस सेवाभन्दा बढी प्रचारवाजी गरियो, बस सञ्चालनका लागि छुट्टै व्यवस्थापनको खाँचो छ ।” लक्षित वर्गका लागि प्राप्त अनुदानमा नगर बस खरिद गरी राज्यको धनराशि खर्च भए पनि उपलब्धि नभएको भन्दै नगरवासीले चिन्ता र चासो व्यक्त गरेका छन् । नागरिक सरोकार मञ्चका संयोजक कृष्णप्रसाद श्रेष्ठले विपन्नका लागि आएको बजेटबाट किनिएका बस अहिले थन्क्याएर राख्नु सहरकै प्रतिष्ठामा आँच आउने विषय भएको बताए।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

डब्लु–१५ इस्लामाबादमा अभिलाषा विष्ट विजयी
२७ असोज, काठमाडौं । नेपाली टेनिस खेलाडी अभिलाषा विष्टले पाकिस्तानमा जारी डब्लु–१५ इस्लामाबादको दोस्रो सर्किटमा जित निकालेकी छन्। मंगलबार भएको महिला एकलतर्फको खेलमा अभिलाषाले रुसकी अन्ना सिम्किनालाई ६–० र ६–१ को सोझो सेटमा पराजित गरिन्। जितसँगै उनी प्रतियोगिताको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेकी छन्। खेल अवलोकन गरेकी पाकिस्तानका लागि नेपाली राजदूत रीता दाहालले अभिलाषालाई बधाई दिँदै आगामी… ...

नेपालमा पहिलोपटक ह्विलचेयर रग्बी विकास प्रशिक्षण सुरु
२७ असोज, काठमाडौं । नेपालमा पहिलोपटक ह्विलचेयर रग्बीको विकास तथा खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण कार्यक्रम सुरु भएको छ । ह्विलचेयर रग्बी संघ नेपालको आयोजना तथा बीआईए इन्स्टिच्युट र नेपाल रग्बी संघको सहकार्यमा मंगलबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा ‘ह्विलचेयर रग्बी विकास प्रशिक्षण २०२६’ सुरु भएको हो । तीन दिनसम्म सञ्चालन… ...

सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित
सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ । प्रदेश सभाको आजको बैठकले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको बहिष्कारकाबीच आर्थिक वर्ष २०८३/८४ को बजेट बहुमतले पारित भएसँगै करिब तीन महिनादेखिको बजेट शून्यताको अवस्था हटेको हो । आइतबार आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा रु. ३७ अर्ब ७० करोड बराबरको बजेट प्रस्तुत गरेका थिए । सोही दिन बजेट प्रदेशसभामा टेबल गरिएको थियो । बजेटमाथिको ...

सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं
२७ असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले रोयल ट्युलिप काठमाडौंलाई आफ्नो स्टे पार्टनरका रूपमा आबद्ध गरेको छ। रोयल ट्युलिप काठमाडौंका महाप्रबन्धक बलराम पाठकले सुदूरपश्चिम रोयल्ससँग साझेदारी गर्न पाउँदा खुसी लागेको बताएका छन्। उनले नेपालमा क्रिकेटले मानिसहरूलाई जोड्ने महत्वपूर्ण माध्यमको रूप लिइरहेको र एनपीएलले नेपाली क्रिकेटमा नयाँ अध्याय थपिरहेको उल्लेख… ...


