Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/विदेशी मुद्रा सञ्चिति ४० खर्ब ६५ अर्ब पुग्यो, १७.८ महिनाको आयात धान्ने

विदेशी मुद्रा सञ्चिति ४० खर्ब ६५ अर्ब पुग्यो, १७.८ महिनाको आयात धान्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
विदेशी मुद्रा सञ्चिति ४० खर्ब ६५ अर्ब पुग्यो, १७.८ महिनाको आयात धान्ने

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालको विदेशी विनिमय सञ्चिति ४० खर्ब ६५ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी विवरणअनुसार उक्त सञ्चिति १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ । राष्ट्र बैंकका अनुसार २०८३ भदौ मसान्तसम्म अमेरिकी डलरमा विदेशी विनिमय सञ्चिति २६ अर्ब ४८ करोड पुगेको छ । यस अवधिमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.३४ प्रतिशत रहेको छ । समीक्षा अवधिमा मुलुकको चालु खाता १ खर्ब ६९ अर्ब ४ करोड रुपैयाँले बचतमा रहेको छ भने शोधनान्तर स्थिति १ खर्ब ८७ अर्ब ६८ करोड रुपैयाँले बचतमा रहेको छ । यी सूचकले मुलुकको बाह्य क्षेत्रको समग्र स्थिति बचतमा रहेको देखाउँछन् । विप्रेषण आप्रवाह २ खर्ब २१ अर्ब चालु आर्थिक वर्षको भदौ महिनामा विप्रेषण आप्रवाह २ खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । वार्षिक बिन्दुगत आधारमा नेपाली रुपैयाँमा विप्रेषण आप्रवाह २३.९ प्रतिशत र अमेरिकी डलरमा १३.५ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ) लिने नेपालीको सङ्ख्या ७८ हजार ३२० रहेको छ । त्यसैगरी पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ५२ हजार १६३ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नयाँ श्रम स्वीकृति लिनेको सङ्ख्या ९० हजार १९८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४५ हजार ८८४ रहेको थियो । राजस्वभन्दा सरकारी खर्च बढी चालु आर्थिक वर्षको पहिलो दुई महिनामा सरकारले १ खर्ब ९९ अर्ब ८४ करोड रुपैयाँ खर्च गरेको छ । सोही अवधिमा राजस्व परिचालन १ खर्ब ८३ अर्ब २१ करोड रुपैयाँ रहेको छ । यसअनुसार सरकारी खर्च राजस्व परिचालनभन्दा १६ अर्ब ६३ करोड रुपैयाँ बढी देखिएको छ । भदौ मसान्तसम्म विस्तृत मुद्राप्रदाय १.७ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा विस्तृत मुद्राप्रदायको वृद्धिदर १४.९ प्रतिशत रहेको राष्ट्र बैंकको विवरणमा उल्लेख छ । समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा १.७ प्रतिशत, विकास बैंकहरूको ०.६ प्रतिशत र वित्त कम्पनीहरूको १.४ प्रतिशतले बढेको छ । घरजग्गा धितोमा ६२.८ प्रतिशत कर्जा २०८३ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु) को सुरक्षणमा प्रवाहित कर्जाको अंश १५.६ प्रतिशत रहेको छ । घरजग्गा धितो सुरक्षणमा प्रवाहित कर्जाको अंश भने ६२.८ प्रतिशत रहेको छ । अघिल्लो वर्ष २०८२ भदौ मसान्तमा चालु सम्पत्तिको सुरक्षणमा प्रवाहित कर्जाको अंश १५.१ प्रतिशत र घरजग्गा धितो सुरक्षणमा प्रवाहित कर्जाको अंश ६४.३ प्रतिशत रहेको थियो । खनिज र उत्पादन क्षेत्रमा कर्जा बढ्यो, कृषि क्षेत्रमा घट्यो चालु आर्थिक वर्षको पहिलो दुई महिनामा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जामध्ये खनिज क्षेत्रतर्फको कर्जा १०.४ प्रतिशतले बढेको छ । यातायात उपकरण उत्पादन तथा मर्मत क्षेत्रतर्फको कर्जा ७.६ प्रतिशत, धातुजन्य उत्पादन, यन्त्र तथा विद्युतीय सामान उत्पादन र मर्मत क्षेत्रतर्फको कर्जा ७.३ प्रतिशतले बढेको छ । यसैगरी निर्माण क्षेत्रतर्फको कर्जा ३.७ प्रतिशत, सेवा उद्योगतर्फको २.७ प्रतिशत, थोक तथा खुद्रा व्यापारतर्फको २.५ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवातर्फको २.१ प्रतिशत, औद्योगिक उत्पादनतर्फको १.९ प्रतिशत र उपभोग्य क्षेत्रतर्फको कर्जा ०.२ प्रतिशतले बढेको छ । तर, वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रतर्फको कर्जा ४.७ प्रतिशत र कृषि क्षेत्रतर्फको कर्जा २.२ प्रतिशतले घटेको छ । ट्रस्ट रिसिट कर्जा बढ्दा क्यास क्रेडिट घट्यो समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित ट्रस्ट रिसिट (आयात) कर्जा ९.४ प्रतिशतले बढेको छ । विपन्न वर्ग कर्जा ४.७ प्रतिशत, आवधिक कर्जा १.६ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) १.४ प्रतिशत, माग तथा अन्य चालु पुँजी कर्जा १.४ प्रतिशत र मार्जिन प्रकृतिको कर्जा ०.८ प्रतिशतले बढेको छ । यसको विपरीत क्यास क्रेडिट कर्जा १.३ प्रतिशत, अधिविकर्ष कर्जा १.२ प्रतिशत र हायर पर्चेज कर्जा ०.१ प्रतिशतले घटेको राष्ट्र बैंकको विवरणमा उल्लेख छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

दशैंका च्याङ्ग्रा महंगिए, रोज्जाकै ५० हजार !
ताजा खबरJust now

दशैंका च्याङ्ग्रा महंगिए, रोज्जाकै ५० हजार !

बागलुङ । दशैंमा हिमाली भेँडा च्याङ्ग्राको मासु खाने गरिन्छ । बागलुङ बजारमा घटस्थापनापछि हिमालपारिको जिल्ला मुस्ताङ हुँदै च्याङ्ग्रा भित्रिएका छन् । मूल्य आकासिए पनि बागलुङमा मुस्ताङी च्याङ्ग्राको माग बढ्दो छ । कोसेलीका लागि र दशैंमा च्याङ्ग्राको मासु खाने प्रचलनले मूल्य आकासिए पनि व्यापार भने राम्रो भइरहेको यहाँका व्यापारी बताउँछन् । अहिले बागलुङमा रोज्जा च्याङ्ग्राको भाउ रु ४५ देखि ५० हजार पर्ने ...

केन्द्रबिन्दु
पत्रकार जनकराज सापकोटाको उपन्यास ‘मगनी मरिक’ सार्वजनिक
ताजा खबरJust now

पत्रकार जनकराज सापकोटाको उपन्यास ‘मगनी मरिक’ सार्वजनिक

कक्षा १२ मा अध्ययनरत १८ वर्षीया अञ्जुकुमारी मरिक, डा. रामजी राम र स्वयं लेखक सापकोटाले संयुक्त रूपमा पुस्तकको विमोचन गरे । ...

कान्तिपुर
अस्ट्रेलियामा बालबालिकामाथि हिंसा र यौन उत्पीडन बढ्दो
ताजा खबरJust now

अस्ट्रेलियामा बालबालिकामाथि हिंसा र यौन उत्पीडन बढ्दो

सिड्नी । अस्ट्रेलियामा बालबालिकामाथि हुने यौन उत्पीडन र पारिवारिक हिंसासम्बन्धी आक्रमणका घटना तीव्र रूपमा बढेका छन् । सन् २०१४ देखि २०२४ सम्मको तथ्याङ्कमा आधारित अध्ययनले पछिल्ला तीनदेखि पाँच वर्षमा बालबालिकामाथि हुने हिंसा झन् बढेको देखाएको छ । अध्ययनअनुसार, सन् २०१४ देखि २०२४ सम्म १० देखि १७ वर्ष उमेर समूहका बालिकामा यौन उत्पीडनको दर ५१ प्रतिशत र सोही उमेर समूहका बालकमा ६० ...

केन्द्रबिन्दु
नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि
ताजा खबरJust now

नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ५६ अङ्कले बढेर दुई हजार ६२५... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play