Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/चीनको अनुसन्धान तथा विकास खर्चमा निरन्तर वृद्धि

चीनको अनुसन्धान तथा विकास खर्चमा निरन्तर वृद्धि

Share:WhatsAppFacebookX (Twitter)Telegram
चीनको अनुसन्धान तथा विकास खर्चमा निरन्तर वृद्धि

चीनको अनुसन्धान तथा विकास (आरएन्डडी) क्षेत्रमा हुने खर्च सन् २०२५ मा अघिल्लो वर्षको तुलनामा ८.२ प्रतिशतले बढेर ३.९३ ट्रिलियन युआन (करिब ५८४.५ अर्ब अमेरिकी डलर) पुगेको छ। चीनको राष्ट्रिय तथ्याङ्क ब्युरो (एनबीएस) ले शुक्रबार यस्तो जानकारी दिएको हो। एनबीएसका तथ्याङ्कविद् लुओ छिउशीका अनुसार, चीनको १४औँ पञ्चवर्षीय योजना अवधि (सन् २०२१–२०२५) मा अनुसन्धान तथा विकास खर्च वार्षिक औसत १० प्रतिशतका दरले वृद्धि भएको छ। यससँगै चीन विश्वको दोस्रो ठूलो अनुसन्धान तथा विकासमा लगानी गर्ने देश बनेको छ। कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा अनुसन्धान तथा विकासमा हुने खर्चको अनुपातलाई जनाउने आरएन्डडी तीव्रता सन् २०२५ मा ०.११ प्रतिशत बिन्दुले बढेर २.८ प्रतिशत पुगेको छ। यो अनुपात पहिलोपटक आर्थिक सहयोग तथा विकास संगठन (ओईसीडी) को २.७२ प्रतिशत औसतभन्दा माथि पुगेको हो। यस सूचकका आधारमा चीन विश्वमा १२औँ स्थानमा रहेको छ। अनुसन्धान तथा विकासका विभिन्न क्षेत्रमध्ये आधारभूत अनुसन्धानमा १३.३ प्रतिशत, प्रयोगात्मक अनुसन्धानमा ३.२ प्रतिशत र प्रयोगात्मक विकासमा ८.४ प्रतिशतले खर्च वृद्धि भएको छ। यसअनुसार आधारभूत अनुसन्धानमा २८३ अर्ब ४६ करोड युआन, प्रयोगात्मक अनुसन्धानमा ४४४ अर्ब १६ करोड युआन र प्रयोगात्मक विकासमा ३.२ ट्रिलियन युआन खर्च भएको छ। यसैबीच, उद्यम तथा निजी क्षेत्रका कम्पनीहरूको अनुसन्धान तथा विकास खर्च पहिलोपटक ३ ट्रिलियन युआन नाघेको छ। यो चीनको कुल आरएन्डडी खर्चको ७७.४ प्रतिशत हो। राष्ट्रिय तथ्याङ्क ब्युरोका अनुसार, लगातार चार वर्षदेखि चीनको कुल अनुसन्धान तथा विकास खर्चमा उद्यमहरूको योगदान ७७ प्रतिशतभन्दा बढी रहँदै आएको छ। सन् २०२५ मा कुल खर्च वृद्धिमा उद्यमहरूको योगदान ७३.७ प्रतिशत पुगेको छ। यसले चीनमा अनुसन्धान तथा विकास क्षेत्रमा हुने लगानी विस्तारको प्रमुख चालकका रूपमा उद्यमहरूको भूमिका थप बलियो बनेको देखाएको छ। The post चीनको अनुसन्धान तथा विकास खर्चमा निरन्तर वृद्धि appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

वीरगञ्जमा डिजिटल मार्केटिङ तालिम सम्पन्न, विद्यार्थीलाई पारिश्रमिकसहित इन्टर्नसिपको अवसर
प्रविधिJust now

वीरगञ्जमा डिजिटल मार्केटिङ तालिम सम्पन्न, विद्यार्थीलाई पारिश्रमिकसहित इन्टर्नसिपको अवसर

काठमाडौं । डिजिटल मार्केटिङ, सामाजिक सञ्जाल व्यवस्थापन तथा कन्टेन्ट क्रिएसनसम्बन्धी छदिने तालिम वीरगञ्जमा सम्पन्न भएको छ । अक्टोबर ९ देखि १४ सम्म सञ्चालन भएको तालिम समापन समारोहसहित सम्पन्न भएको हो ।तालिमले सहभागी विद्यार्थीको डिजिटल सीप विकास गर्नुका साथै रोजगारी र व्यावसायिक अवसरसँग जोड्ने लक्ष्य राखेको थियो ।समापन समारोहमा क्रिएटिभ स्किल्सका व्यवस्थापकीय निर्देशक तथा एनवाईईएफ वीरगञ्जका पूर्वअध्यक्ष राकेश शाहले युवालाई व्यावहारिक ...

आइसिटी समाचार
सन् २०३० को विश्वकप प्रसारण अधिकार नेटफ्लिक्सलाई
प्रविधिJust now

सन् २०३० को विश्वकप प्रसारण अधिकार नेटफ्लिक्सलाई

काठमाडौं । स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्सले सन् २०३० मा स्पेन र एन्डोरामा आयोजना हुने विश्वकप फुटबल प्रसारण गर्ने अधिकार प्राप्त गरेको छ । कम्पनीले मंगलबार यससम्बन्धी सम्झौता भएको जानकारी दिएको हो ।नेटफ्लिक्सका लागि स्पेनमा पुरुषहरूको प्रमुख अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता प्रसारण गर्न लागेको यो पहिलो अवसर हुनेछ । यसअघि सन् २०२६ को विश्वकप स्पेनमा सरकारी टेलिभिजन च्यानल टीभीईले प्रसारण गरेको थियो । ...

आइसिटी समाचार
राष्ट्रपति पौडेलद्वारा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठान तथा नवप्रवर्तन अध्यादेश जारी
प्रविधिJust now

राष्ट्रपति पौडेलद्वारा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठान तथा नवप्रवर्तन अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा आज दुई अध्यादेश जारी गरेका छन् । राष्ट्रपतिले ‘नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठान अध्यादेश, २०८३’ र ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३’ जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।यसका साथै राष्ट्रपति पौडेलले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन् । सङ्घीय संसद्ले पारित ...

आइसिटी समाचार
सिद्धार्थ बैंकको मोबाइल बैंकिङ एपमा ‘सिद्धार्थ एनपीएल क्रिकेट च्यालेन्ज’
प्रविधिJust now

सिद्धार्थ बैंकको मोबाइल बैंकिङ एपमा ‘सिद्धार्थ एनपीएल क्रिकेट च्यालेन्ज’

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ लाई लक्षित गर्दै आफ्नो मोबाइल बैंकिङ एपमा ‘सिद्धार्थ एनपीएल क्रिकेट च्यालेन्ज’ सञ्चालनमा ल्याएको छ ।बैंकले एनपीएलसँगको आफ्नो सहकार्यलाई डिजिटल माध्यमसँग जोड्दै ग्राहक तथा क्रिकेटप्रेमीलाई मनोरञ्जनसँगै लोयल्टी पोइन्ट आर्जन गर्ने अवसर प्रदान गरेको हो । मोबाइल बैंकिङ एपको लगइन स्क्रिनमा उपलब्ध यस गेममा प्रयोगकर्ताले लगइन नगरी पनि सहभागी हुन सक्नेछन् ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play