Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Others/दशैं मनाउन गाउँ फर्किनेको सङ्ख्या बढ्यो, दुई दिनमै १ लाख ९ हजारले छाडे काठमाडौं उपत्यका

दशैं मनाउन गाउँ फर्किनेको सङ्ख्या बढ्यो, दुई दिनमै १ लाख ९ हजारले छाडे काठमाडौं उपत्यका

10/13/2026, 1:25:00 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
दशैं मनाउन गाउँ फर्किनेको सङ्ख्या बढ्यो, दुई दिनमै १ लाख ९ हजारले छाडे काठमाडौं उपत्यका

दशैं सुरु भएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्या बढ्न थालेको छ । असोज २५ र २६ गते दुई दिनमा मात्रै उपत्यकाबाट १ लाख ९ हजार ६३६ यात्रु बाहिरिएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेश काफ्लेका अनुसार थानकोट–नागढुङ्गा, साँगा र दक्षिणकालीलगायतका नाकाबाट उक्त सङ्ख्यामा यात्रु बाहिरिएका हुन् । बाहिरिने यात्रुमध्ये ६७ हजार ६९० पुरुष र ४१ हजार ९४६ महिला छन् । असोज २५ गते ५२ हजार ८२७ जना र २६ गते ५६ हजार ८०९ जना उपत्यकाबाट बाहिरिएका थिए । असोज २७ गतेको तथ्याङ्क भने आइनसकेको प्रहरीले जनाएको छ । दशैंमा घर जाने यात्रुको चापलाई ध्यानमा राख्दै ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । सहायता कक्षमार्फत टिकटमा हुने कालोबजारी, ठगी तथा यात्रुका गुनासो सम्बोधन गर्ने काम भइरहेको एसएसपी काफ्लेले जानकारी दिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

‘खुट्टा बाँधेर दौड भनेजस्तो भयो, अधिकार नदिएर संघीयता बलियो बन्दैन’
OthersJust now

‘खुट्टा बाँधेर दौड भनेजस्तो भयो, अधिकार नदिएर संघीयता बलियो बन्दैन’

संविधान जारी भएको एक दशक पुगेपनि संघीय सरकारले कानुन, अधिकार र वित्तीय स्रोत हस्तान्तरण नगर्दा मुख्यमन्त्रीहरू सिंहदरबारविरुद्ध एकमत देखिएका छन् । ...

अनलाइन खबर
परराष्ट्रमन्त्री खनाल र राजदूत सुकलालबीच नेपाल–दक्षिण अफ्रिका सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल
OthersJust now

परराष्ट्रमन्त्री खनाल र राजदूत सुकलालबीच नेपाल–दक्षिण अफ्रिका सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल

२७ असोज, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत प्रा. अनिल सुकलालबीच नेपाल–दक्षिण अफ्रिका द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ । परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालले शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटका अवसरमा दुवै पक्षबीच आर्थिक तथा लगानी सहकार्य अभिवृद्धि गर्ने, साउथ–साउथ सहकार्यलाई प्रवर्द्धन गर्ने तथा बहुपक्षीयतालाई थप… ...

अनलाइन खबर
भोटेकोशी बाढीले क्षति पुर्‍याएको कोल्पुखोलाको पुल धकेलेर मिलाइँदै
OthersJust now

भोटेकोशी बाढीले क्षति पुर्‍याएको कोल्पुखोलाको पुल धकेलेर मिलाइँदै

असोज ५ यता कोल्पुको ठाउँ बदलेको सो पुललाई ठेलेर पुरानै ठाउँमा ल्याउने कामको खटिएको छ मेकानिकल इन्जिनियर अब्दुल खालिद नेतृत्वको टिम । ...

अनलाइन खबर
सेयर बजार २५९९ अंकमा, जीवन बीमामा आकर्षण
OthersJust now

सेयर बजार २५९९ अंकमा, जीवन बीमामा आकर्षण

२७ असोज, काठमाडौं । मंगलबार पनि सेयर बजार परिसूचक नेप्से ४.१२ अंक बढेको छ । अघिल्लो कारोबार दिन ४ अंक नै बढेको नेप्से आजको वृद्धिपछि २५९९ अंकमा कायम भएको छ । कारोबार रकम केही बढेको छ । अघिल्लो दिन ४ अर्ब ४६ करोडको कारोबार भएकोमा आज ४ अर्ब ७३ करोडको भयो । आज १०४ कम्पनीको… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play