Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Others/हनुमान ढोकास्थित दशैँ घरमा फूलपाती भित्र्याइयो

हनुमान ढोकास्थित दशैँ घरमा फूलपाती भित्र्याइयो

10/17/2026, 5:33:57 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
हनुमान ढोकास्थित दशैँ घरमा फूलपाती भित्र्याइयो

हनुमान ढोकास्थित दशैँ घरमा फूलपाती भित्र्याइएको छ । नेपालीहरुको महान चाड बडा दशैँ अन्तर्गत फूलपातीको अवसरमा कमलाक्षी, असन, जनबहाल, इन्द्रचोक, मख्खन हुँदै जमलेश्वर महादेवमा पनि फूलपातीको पूजा गरी हनुमान ढोकास्थित दशैँ घरमा फूलपाती भित्र्याइएको हो । गोरखा दरबारबाट पठाइएको फूलपाती साईतअनुसार गोरखा र हनुमान ढोका दरबारमा पुजारीसहित दशैँ घरमा भित्र्याइन्छ । गोरखा दरबारका पुरोहितले हनुमानढोकाका पूजारीलाई फूलपातीको डोली हस्तान्तरण गरेपछि हनुमानढोकामा फूलपाती हर्ष बढाईंका साथ भित्र्याइएको छ । फूलपातीको अवसरमा नेपाली सेनाले आज सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष लगायतको उपस्थितिमा फूलपाती बढाईंसमेत गरेको छ । बढाईं कार्यक्रममा नेपाली सेनाले राइफल र तोपको साथै मार्चपास गरेका थिए । सेनाको बढाईं टोलीबाट इज्जत अर्पण कवाज, कवाजमा भाग लिएका विभिन्न गुल्मद्वारा बढाईं, मार्चपाससहितको बढाईं र षट्कोण चिन्हबाट बढाइँ प्रश्तुत गरिएको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

विश्व विजेता इरफान पठान पोखरा एभेन्जर्सको क्रिकेट एम्बासडर नियुक्त
OthersJust now

विश्व विजेता इरफान पठान पोखरा एभेन्जर्सको क्रिकेट एम्बासडर नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सले भारतका पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर तथा सन् २००७ को आईसीसी पुरुष टी–२० विश्वकप विजेता इरफान पठानलाई आफ्नो आधिकारिक क्रिकेट एम्बासडर नियुक्त गरेको छ । एनपीएलको तेस्रो सिजन सुरु हुनुअघि पोखरा एभेन्जर्सले शुक्रबार पठानलाई क्रिकेट एम्बासडर नियुक्त गरिएको घोषणा गरेको हो । अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो छुट्टै पहिचान… ...

अनलाइन खबर
हिकमत कर्णाली याक्सको आइकोनिक खेलाडी
OthersJust now

हिकमत कर्णाली याक्सको आइकोनिक खेलाडी

३१ असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनका लागि कर्णाली याक्सले हिकमत बहादुर शाहीलाई आइकोनिक खेलाडीका रूपमा छनोट गरेको छ । दैलेखका १८ वर्षीय हिकमत कर्णाली याक्सको सुर्खेतमा आयोजित ट्यालेन्ट हन्टमा सहभागी भएका थिए । यो पटक सुर्खेत र सल्यानको ट्यालेन्ट हन्टबाट हिकमतसँगै रुकुमका भुवन भण्डारी र सुर्खेतका कैलाश खड्का दोस्रो चरणको… ...

अनलाइन खबर
एनपिएलमा विदेशी खेलाडीका लागि नयाँ मापदण्ड, एनओसी अनिवार्य
OthersJust now

एनपिएलमा विदेशी खेलाडीका लागि नयाँ मापदण्ड, एनओसी अनिवार्य

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट मान्यता पाएसँगै नेपाल प्रिमियर लिग (एनपिएल) मा खेलाडीको योग्यता, भ्रष्टाचार नियन्त्रण र खेल सञ्चालनसम्बन्धी नियम कडा हुने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले आज कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजित पत्रकार सम्मेलनमा एनपिएल सञ्चालनका लागि आइसिसीको मापदण्डअनुसार आवश्यक व्यवस्था गरिने जानकारी दिएका हुन् । प्रतियोगितामा सहभागी विदेशी खेलाडीले सम्बन्धित क्रिकेट बोर्डबाट नो ...

पर्दाफास
मधेशको नयाँ सरकारबारे एमाले र जसपा नेपालबीच छलफल
OthersJust now

मधेशको नयाँ सरकारबारे एमाले र जसपा नेपालबीच छलफल

एमाले अध्यक्ष केपी शर्मा ओली, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सहित दुवै पार्टीका नेताहरुले मधेशमा नयाँ सरकार गठनबारे आज छलफल गरेका हुन् । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play