जलवायु परिवर्तनले नेपालमा पारेको क्षति र कूटनीतिक पहलका विषयमा छलफल हुने

काठमाडौं । विश्वव्यापी जलवायु परिवर्तनका कारण नेपालमा परेको क्षति र आगामी अन्तर्राष्ट्रिय जलवायु सम्मेलनमा नेपालको कूटनीतिक प्रवर्द्धनका विषयमा संसदीय समितिमा छलफल हुने भएको छ । संघीय संसद्अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक असोज २९ गते बिहीबार दिउँसो १ बजे बस्ने तय भएको छ । समितिको बैठकमा ‘विश्वव्यापी जलवायु परिवर्तनको प्रभावले हालै नेपालमा पारेको गम्भीर क्षति र निकट भविष्यमा हुने जलवायु परिवर्तन सम्मेलनलगायत अन्तर्राष्ट्रिय कूटनीतिक प्रवर्द्धन सम्बन्धमा’ छलफल गर्ने कार्यसूची रहेको छ । जलवायु परिवर्तनका कारण नेपालमा देखिएका क्षति तथा चुनौती र आगामी अन्तर्राष्ट्रिय सम्मेलनहरूमा नेपालको चासो र मुद्दालाई प्रभावकारी रूपमा उठाउने विषय छलफलमा समेटिने जनाइएको छ । बैठकमा समितिका सदस्य तथा सम्बन्धित सरोकारवालाहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
काठमाडौं । आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका, २०८३’ जारी गरेको छ। यसअघि ‘स्वास्थ्य संस्थामा मातृशिशुमैत्री सेवा अभियान निर्देशिका, २०७३’ बमोजिम सञ्चालन हुँदै आएको कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन पुरानो निर्देशिकामा विभिन्न व्यवस्था थप गरी नयाँ निर्देशिका जारी गरिएको हो। नयाँ निर्देशिकाले ...

बुद्धि कारखाना
बाल्यकालमा सानोतिनो बिगार गर्दा ठूलाबडाले भन्थे, ‘पाँच पैसा दिन्छु, जा बुद्धि किनेर आइज!’ आज त्यो ठट्टा यथार्थ बनेको छ; बुद्धि साँच्चै किनेर पाइने भयो। त्यो किनेर पाइने बुद्धि हो कृत्रिम बुद्धिमत्ता (एआई), अर्थात् कारखानामा उत्पादन हुने बुद्धि। ‘बुद्धि कारखाना’ (एआई फ्याक्ट्री) एउटा यस्तो विशेष कम्प्युटिङ पूर्वाधार हो, जसले विशाल परिमाणका तथ्यांक प्रशोधन गरी कृत्रिम बुद्धिमत्ताका मोडेलहरूको विकास, प्रशिक्षण र सञ्चालन गर्छ, ...

दसैँसँगै बाँचेका गुणबहादुरहरु
ख्वप (भक्तपुर) । दसैँको चाडसँगै बाँचेका गुणबहादुरहरुले भक्तपुरको संस्कृतिमा टेवा पुर्याउँदै आएको २५ वर्ष नाघेको छ ।दसैँ भन्नासाथ मीठोमसिनो खाने, रमाइलो गर्ने भन्ने आउँछ, तर, अरुलाई मीठो खुवाउन व्यापारसँग जोडिएका गुणबहादुरहरु राँगो बिक्रीमा निरन्तर लागि पर्दै आएका छन् ।भक्तपुरमा दसैँको रौनक अलि फरक छ । भोजमा खसीबोकाभन्दा राँगाको मासुको विशेष महत्व छ । टोलटोलमा राँगो काट्ने र त्यसको ...

दसैँसँगै बाँचेका गुणबहादुरहरु
भक्तपुर । दसैँको चाडसँगै बाँचेका गुणबहादुरहरुले भक्तपुरको संस्कृतिमा टेवा पुर्याउँदै आएको २५ वर्ष नाघेको छ। दसैँ भन्नासाथ मीठोमसिनो खाने, रमाइलो गर्ने भन्ने आउँछ, तर, अरुलाई मीठो खुवाउन व्यापारसँग जोडिएका गुणबहादुरहरु राँगो... ...


