भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, युवा नेता पक्राउ

काठमाडौं । भारतमा प्रमुख निर्वाचन आयुक्तलाई पदबाट हटाउन माग गर्दै प्रदर्शनको तयारी भइरहेका बेला प्रहरीले शुक्रबार ककरोच जनता पार्टीका नेता अभिजित दिप्केलाई पक्राउ गरेको छ। ३१ वर्षीय दिप्केलाई नयाँदिल्लीको व्यस्त व्यावसायिक क्षेत्र कनट प्लेसस्थित सेन्ट्रल पार्कमा प्रदर्शन सुरु हुनुअघि नियन्त्रणमा लिइएको आन्दोलनकारी समूहले सामाजिक सञ्जालमार्फत जनाएको छ। समूहले राष्ट्रिय झण्डा बोकेर प्रदर्शन गर्न खोज्ने युवासँग सरकार डराएको आरोप लगाएको छ। दिप्केले आफ्ना दुई सहकर्मीलाई जंतरमंतर क्षेत्रमा सुरक्षा अवरोध पार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएपछि समर्थकलाई राष्ट्रिय झण्डासहित सेन्ट्रल पार्कमा भेला हुन आह्वान गरेका थिए। प्रहरीले उक्त क्षेत्रमा सार्वजनिक जमघट गर्न प्रतिबन्ध लगाएको जनाएको छ। भारतका प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको नेतृत्वमा भएको मतदाता नामावली पुनरावलोकनलाई लिएर पछिल्लो समय विवाद बढेको छ । विपक्षी दल र आन्दोलनकारीहरूले उक्त प्रक्रियाले प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारूढ दललाई फाइदा पुर्याउने आरोप लगाउँदै आएका छन्। उनीहरूले निर्वाचन आयुक्तको राजीनामासमेत माग गरेका छन्। यद्यपि, भारतको निर्वाचन आयोगले कुनै अनियमितता नभएको दाबी गर्दै आएको छ। भारतीय सञ्चारमाध्यममा प्रकाशित तथ्याङ्कअनुसार मतदाता नामावली पुनरावलोकनका क्रममा १३ करोड ३० लाखभन्दा बढी मतदाताका नाम हटाइएको छ। विपक्षी दलहरूले अदालतमा पेस गरेका विवरणमा उक्त कदमबाट अल्पसङ्ख्यक समुदाय, विशेषगरी मुस्लिम समुदायका मानिस बढी प्रभावित भएको आरोप लगाइएको छ। तर निर्वाचन अधिकारीहरूले दोहोरो नाम, मृत्यु भएका व्यक्तिको नाम र नक्कली विवरण हटाउने उद्देश्यले प्रक्रिया अघि बढाइएको बताएका छन्। प्रदर्शनलाई ध्यानमा राख्दै शुक्रबार नयाँदिल्लीको मध्य क्षेत्रमा हजारौँ सुरक्षाकर्मी परिचालन गरिएको थियो। प्रहरीले सार्वजनिक जमघटसम्बन्धी प्रतिबन्धको आदेश उद्धृत गर्दै प्रदर्शनकारीलाई भेला नहुन चेतावनी दिएको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

दिल्ली प्रहरीले ककरोच पार्टीका संस्थापक अभिजित दीपकेलाई बनायो ‘बेपत्ता’
भारतको ककरोच जनता पार्टी (सीजेपी) ले आफ्ना संस्थापक नेता अभिजित दीपकेलाई दिल्ली प्रहरीले अज्ञात स्थानमा लगेको दाबी गरेको छ। सीजेपीले सामाजिक सञ्जाल एक्समा लेखेको छ, ‘दिल्ली प्रहरीले अभिजित दीपकेलाई अज्ञात स्थानमा लगेको छ। उनीसँग हाम्रो सम्पर्क टुटेको छ। उनलाई आफ्ना वकिलहरूसँग कुरा गर्न अहिलेसम्म अनुमति दिइएको छैन। यो सरकारले युवा... ...

जाडोयाममा युक्रेनका लाखौँ नागरिक फेरि विस्थापित हुने जोखिममा
काठमाडाैँ । रुसको आक्रमणपछि घर फर्किएका लाखौँ युक्रेनी नागरिक आगामी जाडोयाममा पुनः विस्थापित हुन सक्ने जोखिममा रहेको संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ । संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार... ...

१० बजे १० समाचार : राष्ट्रपतिले जारी गरे अध्यादेश, प्रचण्ड–माधव हेरेको हेर्यै
काठमाडौँ। आज मिति २०८३ साल असोज महिनाको ३० गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर हाजिर भएका छौँ- मन्त्रिपरिषद्का... ...

एनपीएलमा ‘डीआरएस आउँदै’
नेपाल क्रिकेट संघका सचिव पारस खड्काले तेस्रो सिजनको एनपीएलमा ‘डिसिजन रिभ्यु सिस्टम’ (डीआरएस) लागु गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाए । ...


