Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Business/एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स जनकपुरमा हुने, अन्तर्राष्ट्रिय विज्ञ तथा वैज्ञानिकहरू सहभागी हुने

एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स जनकपुरमा हुने, अन्तर्राष्ट्रिय विज्ञ तथा वैज्ञानिकहरू सहभागी हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स जनकपुरमा हुने, अन्तर्राष्ट्रिय विज्ञ तथा वैज्ञानिकहरू सहभागी हुने

काठमाडौं । हाल प्रवासमा स्वास्थ्य क्षेत्रमा कार्यरत नेपाली तथा नेपाली मूलका विज्ञ जनशक्तिको ज्ञान, सीप, अनुभव र सञ्जाललाई मुलुकको स्वास्थ्य प्रणालीसँग जोड्ने उद्देश्यले ‘छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स’ २०२६ आगामी डिसेम्बर ४ र ५ (मंसिर १८–१९, २०८३ विसं)मा ऐतिहासिक सहर जनकपुरधाममा आयोजना हुने भएको छ।

गैर आवासीय नेपाली संघ (एनआरएनए)द्वारा मधेस सरकार र मधेस इन्स्टिच्युट अफ हेल्थ साइन्सेससँगको सहकार्यमा तथा नेपाल सरकार, मधेस प्रदेशस्थित स्थानीय निकायहरू एवं अन्य संघसंस्थाको सहयोगमा मधेस प्रदेशको राजधानी जनकपुरधाममा आयोजना उक्त सम्मेलन आयोजना गर्न लगिएको हो।

सम्मेलनको मुख्य नारा ‘रिभर्स माइग्रेसन विथ ग्लोबल कोल्याबरेसन’ र मूल सन्देश नेपाल अब ‘ब्रेन ड्रेन’बाट ‘ब्रेन सर्कुलेसन’ हुँदै ‘ब्रेन गेन’तर्फ अघि बढ्नुपर्ने रहेको छ।

सम्मेलनमा नेपाली स्वास्थ्यकर्मीहरूको विदेश पलायनलाई मानव स्रोतको क्षतिका रूपमा मात्र नहेरी ज्ञान हस्तान्तरण, क्षमता विकास, नवप्रवर्तन, लगानी र स्वास्थ्य प्रणाली सुदृढीकरणको अवसरका रूपमा उपयोग गर्ने विषयमा छलफल गरिने छ ।

सम्मेलनबारे जानकारी दिन बुधवार भर्चुअल माध्यमबाट आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६ आयोजक समितिका अध्यक्ष प्राडा सुनिल साहले नेपाल र विश्वभर रहेका स्वास्थ्य क्षेत्रका विज्ञलाई जनकपुरमा सहभागी हुन आह्वान गर्दै विदेशमा कार्यरत नेपाली जनशक्तिलाई स्वदेश फिर्ता गर्ने उपयुक्त वातावरण बनाएर नेपालको स्वास्थ्य प्रणाली बलियो बनाउनेबारे सम्मेलनमा छलफल गरिने जनाए ।

उनले सम्मेलनलाई दुई दिनको छलफलमा मात्र सीमित नगरी दीर्घकालीन साझेदारी र मापनयोग्य प्रतिबद्धतामा परिणत गर्ने प्रयास गरिनुका साथै भिजिटिङ फ्याकल्टी कार्यक्रम, विशेषज्ञ तालिम, अनुसन्धान सहकार्य, अस्पताल तथा विश्वविद्यालयबिच साझेदारी, मेन्टरसिप कार्यक्रम, डिजिटल हेल्थ पहल तथा डायस्पोरा लगानीका अवसर सिर्जना गर्ने विषयलाई पनि अघि बढाइने बताए ।

यसैगरी ग्लोबल हेल्थ कन्फरेन्स वैज्ञानिक समितिका अध्यक्ष तथा बेलायतस्थित युनिभर्सिटी अफ चेस्टरका डीन प्राडा पदम सिम्खडाले सम्मेलनमार्फत विश्वभर रहेका नेपाली स्वास्थ्य विज्ञ र नेपालको स्वास्थ्य क्षेत्रबिच दीर्घकालीन सहकार्यको आधार तयार हुने अपेक्षा व्यक्त गरे ।

उनले सम्मेलनमा प्रख्यात जनस्वास्थ्यविद् प्रा जेनी ह्यारिस लगायत ५० जना भन्दा बढी अन्तर्राष्ट्रिय विज्ञ तथा वैज्ञानिकहरू सहभागी हुने पुष्टि भई सकेको जनाए ।

उनले मधेस प्रदेशका कतिपय स्वास्थ्य सूचकहरू पुरै देशको तुलनामा न्यून रहेकाले तिनलाई कसरी सुधार्न सकिन्छ भन्ने बारे पनि सम्मेलनमा छलफल गरिने जनाए ।

वैज्ञानिक समितिका सहअध्यक्ष तथा युनिभर्सिटी अफ हडर्सफिल्डमा जनस्वास्थ्य विषयका एसोसियट प्राध्यापक डा राजीव कुमार साहले मधेसको लागि, जन्मभूमिको लागि के गर्न सकिन्छ भन्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको बताए ।

स्थानीय आयोजक समितिका अध्यक्ष एवं मधेस इन्स्टिच्युट अफ हेल्थ साइन्सेसका उपकुलपति प्रा। डा। अङ्कुर शाहले सम्मेलनले मधेस प्रदेश र जनकपुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न पनि मदत पुग्ने विश्वास व्यक्त गर्दै सबैलाई सम्मेलनमा भाग लिन निमन्त्रणा गरे ।

गैर आवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष डा हेमराज शर्माले संघले विश्व ज्ञान सम्मेलन तथा विश्व स्वास्थ्य सम्मेलन आयोजना गरेर संसारभरि रहेका नेपाली विज्ञहरूसँग रहेको ज्ञान, सीप र सञ्जाल नेपाल र नेपालीको हितमा उपयोग गर्ने प्रयास गरिरहेको बताए ।

उनले यस सम्मेलनले विश्वभर फैलिएको नेपाली स्वास्थ्य जनशक्तिको ज्ञान, सीप, अनुभव र स्रोतलाई स्वदेशको स्वास्थ्य प्रणालीसँग जोड्न सके नेपालमा थप सक्षम, समतामूलक र दिगो स्वास्थ्य प्रणाली निर्माणमा योगदान पुग्ने अपेक्षा पनि व्यक्त गरे ।

अध्यक्ष शर्माले संघले आगामी जनवरी २०२७ मा काठमाडौँमा विश्व ज्ञान सम्मेलन, विश्व महिला सम्मेलन तथा एनआरएन दोस्रो पुस्ता सहभागी सम्मेलन आयोजना गर्न लागेकाले सबैलाई भाग लिन आमन्त्रण गरे ।

एनआरएनएका उपाध्यक्ष डा ज्ञानेन्द्र रेग्मीले धन्यवाद ज्ञापन गर्दै नेपालमा ज्ञान आदानप्रदान गर्न विश्व स्वास्थ्य सम्मेलन उपयोगी हुने विश्वास व्यक्त गरे। त्यस्तै एनआरएनए आइसिसीकी सचिव प्रसुना कँडेलले नर्सहरू कुनै पनि स्वास्थ्य प्रणालीको मेरुदण्ड हुने भएकाले उनीहरूको सीप विकास र निरन्तर पेसागत उन्नतिका बारेमा पनि सम्मेलनमा छलफल गरिने जनाइन् ।

सम्मेलनमा सरकारका प्रतिनिधि, स्वास्थ्यकर्मी, चिकित्सक, नर्स, दन्त चिकित्सक, फार्मासिस्ट, जनस्वास्थ्य विज्ञ, अनुसन्धानकर्ता, शिक्षाविद्, अन्तर्राष्ट्रिय संघसंस्था, विकास साझेदार, निजी क्षेत्र तथा विश्वभर रहेका नेपाली स्वास्थ्यकर्मीहरूसमेत झन्डै ३०० जनाको सहभागिता रहने अपेक्षा गरिएको छ।

नेपालका चिकित्सक, नर्स, दन्त चिकित्सक, फार्मासिस्ट, जनस्वास्थ्य विज्ञ, अनुसन्धानकर्ता तथा अन्य स्वास्थ्य क्षेत्रका दक्ष जनशक्तिले विदेशमा महत्त्वपूर्ण योगदान दिइरहेका छन्।

सम्मेलनले विदेशमा रहेका नेपाली स्वास्थ्य विज्ञहरूको सीप र अनुभवलाई नेपालको आवश्यकता तथा प्राथमिकतासँग जोड्ने उद्देश्य राखेको छ।

यसैगरी विदेशमा रहेका नेपाली स्वास्थ्यकर्मीलाई नेपालको स्वास्थ्य प्रणालीमा योगदान गर्ने अवसर सिर्जना गर्नुका साथै अन्तर्राष्ट्रिय अस्पताल तथा विश्वविद्यालयबिच सहकार्य स्थापना गर्ने, चिकित्सा शिक्षा, फेलोसिप, विशेषज्ञ तालिम तथा भिजिटिङ फ्याकल्टी कार्यक्रम विस्तार गर्ने, अनुसन्धान तथा नवप्रवर्तनमा सहकार्य बढाउने र डिजिटल स्वास्थ्य, टेलिमेडिसिन तथा प्रविधि हस्तान्तरणलाई प्रवद्र्धन गर्ने विषयलाई प्राथमिकता दिइनेछ।

त्यस्तै, विदेशमा रहेका नेपाली स्वास्थ्यकर्मी तथा लगानीकर्तालाई नेपालको स्वास्थ्य क्षेत्रमा लगानीका लागि प्रोत्साहित गर्ने तथा मधेस प्रदेशसहित स्वास्थ्य सेवाको पहुँच कम भएका क्षेत्रको स्वास्थ्य सेवा सुदृढीकरण गर्ने विषयमा पनि सम्मेलनमा छलफल हुनेछ। सम्मेलनले वैदेशिक पलायनलाई उल्ट्याउने तथा डायस्पोरा संलग्नताका व्यावहारिक उपाय विकास गर्दै विश्वव्यापी स्वास्थ्य सहकार्यका लागि दीर्घकालीन राष्ट्रिय ढाँचा निर्माण गर्ने लक्ष्य लिएको छ।

सम्मेलनका लागि जनकपुरधाम छनोट हुनुपनि महत्त्वपूर्ण मानिएको छ। मधेस प्रदेशको राजधानी तथा महत्त्वपूर्ण सांस्कृतिक र शैक्षिक केन्द्रका रूपमा रहेको जनकपुरधामबाट स्वास्थ्य क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्यलाई काठमाडौं केन्द्रित सीमाबाट बाहिर विस्तार गर्दै प्रदेश तथा स्थानीय स्वास्थ्य प्रणालीसँग प्रत्यक्ष जोड्ने अवसर सिर्जना हुने विश्वास लिइएको छ।

सम्मेलनको प्रमुख अपेक्षित उपलब्धिमध्ये ‘जनकपुर डिक्लेरेसन अन रिभर्स माइग्रेसन एन्ड ग्लोबल हेल्थ कोल्याबरेसन २०२६’ जारी गर्ने तयारी पनि रहेको छ। उक्त घोषणाले सरकार, विश्वविद्यालय, स्वास्थ्य संस्था, विकास साझेदार तथा विश्वभर रहेका नेपाली स्वास्थ्य समुदायबिच आगामी दिनमा सहकार्यका लागि एउटा साझा ढाँचा प्रदान गर्ने अपेक्षा गरिएको छ।

त्यसैगरी अनुसन्धान, शिक्षा, विशेषज्ञ आदानप्रदान, डिजिटल स्वास्थ्य, मेन्टरसिप, स्वास्थ्य क्षेत्रमा नवप्रवर्तन तथा स्वास्थ्य प्रणाली सुदृढीकरणका क्षेत्रमा निरन्तर सहकार्यका लागि ‘जनकपुर ग्लोबल हेल्थ नेटवर्क’ स्थापना गर्ने लक्ष्य पनि सम्मेलनले राखेको छ।

एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स नेपालमा पहिलो पटक हुन लागेको हो। यसअघि पहिलो एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स एटलान्टा (अमेरिका)मा, तेस्रो लन्डन, चौथो सिड्नी र पाँचौँ टोकियोमा भएको थियो। कोभिड १९ महामारीका कारण दोस्रो विश्व सम्मेलन भर्चुअल माध्यमबाट आयोजना गरिएको थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड स् स्वास्थ्य परीक्षण अनिवार्य
अर्थतन्त्रJust now

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड स् स्वास्थ्य परीक्षण अनिवार्य

कञ्चनपुर / दसैँ तिहार मनाउन भारतबाट घर फर्किने यात्रुको गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षण भइरहेको छ । सरकारले चाडपर्वका बेला सीमा नाकामा यात्रुको चाप हुने भएकाले विभिन्न ...

अर्थडबली
बैंकमा १२ खर्बभन्दा बढी तरलता, उत्पादन र रोजगारीमा लगानी किन बढेन ?
अर्थतन्त्रJust now

बैंकमा १२ खर्बभन्दा बढी तरलता, उत्पादन र रोजगारीमा लगानी किन बढेन ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा १२ खर्ब ६६ अर्ब रुपैयाँभन्दा बढी तरलता उपलब्ध हुनुका साथै वार्षिक २३ खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिँदा पनि नेपालमा उत्पादन र रोजगारी विस्तारका लागि लगानी बढ्न सकेको छैन । नेपाल उद्योग वाणिज्य महासंघका अनुसार कमजोर बजार माग, निजी क्षेत्रमा कर्जा प्रवाहको सुस्तता र नीतिगत तथा प्रशासनिक झन्झटका कारण उपलब्ध […] ...

लोकपथ
विद्युतीय फोहोरबाट रोजगारी र उद्योगको अवसर खोज्दै नेपाल, काठमाडौं घोषणापत्रको मस्यौदा तयार
अर्थतन्त्रJust now

विद्युतीय फोहोरबाट रोजगारी र उद्योगको अवसर खोज्दै नेपाल, काठमाडौं घोषणापत्रको मस्यौदा तयार

काठमाडौं । विद्युतीय फोहोर (इ–वेस्ट) को सुरक्षित तथा वैज्ञानिक व्यवस्थापनमार्फत रोजगारी सिर्जना, हरित उद्यमशीलता प्रवर्द्धन र औद्योगिक विकासको अवसर उपयोग गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। यसका लागि नीतिगत सुधार, निजी क्षेत्रको लगानी र पुनर्चक्रण पूर्वाधार विस्तार आवश्यक रहेको उनीहरूको भनाइ छ। अन्तर्राष्ट्रिय विद्युतीय फोहोर दिवस २०२६ को अवसरमा काठमाडौंमा आ… ...

आर्थिक न्यूज
३ वर्षमा पौने ११ अर्ब दाबी भुक्तानी गर्याे सिद्धार्थ प्रिमियरले, जेनजी आन्दोलनको ८० प्रतिशत क्लियर
अर्थतन्त्रJust now

३ वर्षमा पौने ११ अर्ब दाबी भुक्तानी गर्याे सिद्धार्थ प्रिमियरले, जेनजी आन्दोलनको ८० प्रतिशत क्लियर

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले आक्रामक रुपमा दाबी भुक्तानी गर्दै आएको छ । पछिल्ला तीन वर्षमा कम्पनीले १० अर्ब ७३ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वीरेन्द्र बैदवारले बीमाप्रतिको विश्वास कायम राख्न समयमै, सहज रूपमा दाबी भुक्तानी गर्नु कम्पनीको मुख्य जिम्मेवारी रहेको बताए । उनले दाबी भुक्तानीमा कम्… ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play