Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/शुक्र अस्त हुँदै : कुन काम गर्न हुन्छ, कुन हुँदैन ?

शुक्र अस्त हुँदै : कुन काम गर्न हुन्छ, कुन हुँदैन ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
शुक्र अस्त हुँदै : कुन काम गर्न हुन्छ, कुन हुँदैन ?

काठमाडाैं । आज बुधबार दिउँसो १ बजेर ४० मिनेटदेखि शुक्र ग्रह पश्चिम दिशामा अस्त हुँदैछन् । शुक्र ग्रह आगामी कात्तिक ११ गते बुधबार राति १२ बजेर ४९ मिनेटमा पूर्व दिशामा उदय हुनेछन् । शुक्र अस्तको अवधि बडादसैँसँग पर्ने भए पनि दसैँको पूजाआजा गर्न, टीका र जमरा लगाउन कुनै बाधा नपर्ने जनाइएको छ । ज्योतिष शास्त्रीय मान्यताअनुसार सूर्यसँग १० डिग्रीभन्दा कम कोणमा आएपछि ग्रह अस्त हुन्छ । शुक्र ग्रहलाई धन, ज्ञान, विवाह, प्रेम, विलासिता तथा शुभ कार्यको कारक मानिन्छ। त्यसैले शुक्र अस्त हुँदा नयाँ तथा माङ्गलिक कार्य गर्न नहुने धार्मिक मान्यता छ । शास्त्रीय मान्यताअनुसार शुक्र अस्त हुनुभन्दा तीन दिनअघिदेखि र उदय भएको तीन दिनपछिसम्म शुभ कार्य गर्न नहुने उल्लेख छ। तर, यस अवधिमा नित्य तथा नैमित्तिक कर्म गर्न भने रोकतोक हुँदैन । शुक्र अस्तको अवधिमा स्नान, सन्ध्या, पाञ्चायन पूजा, तुलसी पूजा, श्राद्ध, तर्पणलगायत धार्मिक कार्य गर्न सकिने बताइएको छ । यसैगरी बडादसैँका अवसरमा गरिने देवी पूजा, फूलपाती, महाअष्टमी, महानवमी, विजयादशमी, सप्तशती चण्डी पाठ, हातहतियार पूजा तथा देवी विसर्जन गर्न पनि बाधा नपर्ने उल्लेख छ । दुर्गा भवानीको प्रसादस्वरूप टीका र जमरा ग्रहण गर्नसमेत शास्त्रीय बाधा नरहेको जनाइएको छ । यद्यपि, शुक्र अस्तको अवधिमा विवाह, व्रतबन्ध, गृहप्रवेश, नयाँ घर निर्माणको सुरुवात, मन्दिर निर्माण, देवताको प्राणप्रतिष्ठा, कर्णवेध तथा अन्य नयाँ माङ्गलिक कार्य गर्न शास्त्रले निषेध गरेको छ । त्यस्तै, नयाँ तीर्थयात्रा, दीक्षा ग्रहण, सन्न्यास व्रत, राज्याभिषेकलगायत कार्य पनि यस अवधिमा गर्न नहुने धार्मिक मान्यता छ । ज्योतिष शास्त्रमा शुक्रलाई सवारीसाधन तथा विलासिताको कारक मानिने भएकाले यस अवधिमा नयाँ सवारीसाधन खरिद–बिक्री नगर्नु उपयुक्त हुने मान्यता पनि छ । यसरी शुक्र अस्तको अवधिमा नयाँ माङ्गलिक कार्य नगर्न भनिए पनि दसैँका नियमित धार्मिक विधि, नवदुर्गाको पूजा तथा विजयादशमीमा टीका–जमरा ग्रहण गर्न बाधा नपर्ने धार्मिक मान्यता रहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

दसैँका लागि ल्याइएका साढे सात सय विद्युतीय गाडी मुस्ताङमै रोकिए
ताजा खबरJust now

दसैँका लागि ल्याइएका साढे सात सय विद्युतीय गाडी मुस्ताङमै रोकिए

मुक्तिनाथ (मुस्ताङ), असोज २७ गते । दसैँलाई लक्षित गरी चीनको तिब्बत हुँदै लिजी–नेचुङ (कोरला) नाकाबाट नेपाल भित्र्याइएका ठुलो सङ्ख्याका विद्युतीय सवारीसाधन (ईभी) उपल्लो मुस्ताङमै रोक... ...

गोरखापत्र
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
ताजा खबरJust now

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–९ एचआइडी निवासी ५५ वर्षीय श्यामकुमार तामाङ रहेका छन्... ...

रातोपाटी
राज्यले लिने हरेक निर्णयमा सञ्चारकर्मी सचेत हुनुपर्छ : प्रेमलाल चौधरी
ताजा खबरJust now

राज्यले लिने हरेक निर्णयमा सञ्चारकर्मी सचेत हुनुपर्छ : प्रेमलाल चौधरी

मोरङका प्रेमलाल चौधरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट प्रतिनिधि सभा सदस्य हुन्् । सुन्दरहरैँचा नगरपालिका वडा नं. १२ का चौधरी रास्वपाको समावेशी कोटाअन्तर्गत संसद् पुगेका छन् । मोरङ क्षेत्र नम्बर... ...

रातोपाटी
दशैं नजिकिँदै गर्दा पनि कलंकी खसीबजार सुनसान
ताजा खबरJust now

दशैं नजिकिँदै गर्दा पनि कलंकी खसीबजार सुनसान

काठमाडौं । दशैं नजिकिएसँगै खसीबजारमा किनमेल गर्नेको चहलपहल बढ्ने गरे पनि यस वर्ष काठमाडौंको कलंकीस्थित खसीबजारमा विगतका वर्षको तुलनामा सुनसान देखिएको छ । दशैंका लागि खसीबोका खरिद गर्ने ग्राहकको उपस्थिति अपेक्षाअनुसार नबढेको व्यापारीहरूले बताएका छन् । कलंकी खसीबजारमा विगत ८-९ वर्षदेखि व्यापार गर्दै आएका चितवनका रामहरि थापा क्षेत्रीकाअनुसार यस वर्ष बजारमा खासै चहलपहल छैन । उनकाअनुसार खसीको आपूर्तिमा ठूलो समस्या नभए ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play