Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/पर्यटन प्रभावित हुँदा हेलिकप्टर व्यवसाय पनि खस्किएको छ : मुरलीधर जोशी, महाप्रबन्धक, सिम्रिक एयर प्रालि

पर्यटन प्रभावित हुँदा हेलिकप्टर व्यवसाय पनि खस्किएको छ : मुरलीधर जोशी, महाप्रबन्धक, सिम्रिक एयर प्रालि

Share:WhatsAppFacebookX (Twitter)Telegram
पर्यटन प्रभावित हुँदा हेलिकप्टर व्यवसाय पनि खस्किएको छ : मुरलीधर जोशी, महाप्रबन्धक, सिम्रिक एयर प्रालि

सिम्रिक एयरका बारेमा बताइदिनुस् न ?सिम्रिक एयर २००१ मा सुरु भएको हो । त्यसअघि स्पेस एयर भन्ने कम्पनी थियो । स्पेस एयरलाई अक्वायर गरिसकेपछि हामी विधिवत् रूपमा सिम्रिक एयरबाट सञ्चालित छौं । सिम्रिकले २०१२ सम्म ठूला हेलिकप्टरहरू सञ्चालन गर्थ्यो । तत्कालीन समयमा नेपालमा आन्तरिक द्वन्द्वका कारण सपोर्ट फ्लाइट, साहसिक फ्लाइटहरू गरिन्थे । त्यसपछि टुरिजमतिर सेवा दिन हामीले साना हेलिकप्टरहरू ल्यायौं । अहिले हामीले चारवटा हेलिकप्टरबाट सेवा दिँदै आएका छौं । तीनवटा एयरबस कम्पनीका हेलिकप्टर छन्, एउटा बेल कम्पनीको हेलिकप्टर छ । नेपालमा हेलिकप्टर सञ्चालन गरिरहेका कम्पनीहरूमध्ये सबै प्रकारको सेवा दिने क्षमता भएको हाम्रो सिम्रिक एयर नै हो । पछिल्लो समय हामीले नेपालमा स्काई ड्राइभिङ प्रमोट गर्न खोजिरहेका छौं । विगत दुर्ई वर्षदेखि स्काई डाइभिङलाई निरन्तर रूपमा सञ्चालन गरिरहेका छौं । अर्को फायर फाइटिङ क्षेत्रमा पनि काम गरिरहेका छौं । हाम्रो सिम्रिक एयरमात्र अहिले नेपालमा फायर फाइटिङ गर्ने संस्था हो । त्यसलाई पनि विस्तारै कमर्सलाइज गर्न खोजिरहेका छौं । रेस्क्युतर्फ पनि हामीले विश्वस्तरका रेस्क्युहरू नेपाली जनशक्तिले नै गर्न सक्ने अवस्थामा पुर्‍याएका छौं । हामीले म्यानपावर डेभलप गरेर, त्यो म्यानपावरमा हाम्रो लगानी भएको छ । अब टुरिजम नबढ्ने हो भने ती प्राविधिक जनशक्ति हामीले गुमाउनुपर्ला, उनीहरू विदेश पलायन होलान् भन्नेमा हामी चिन्तित छौं । हेलिकप्टर विशेष गरेर टुरिजम निर्भर भएको क्षेत्र भएकाले प्रारम्भिक रूपमा हामी सबैले हाम्रा सेटअपहरू त्यसरी नै गरेका छौं । तर, नेपालमा टुरिजमको अवस्था प्रत्येक चार/पाँच वर्षमा परिवर्तन हुन्छ । कुनै बेला एकखाले पर्यटकको संख्या बढ्छ, कुनै बेला चाहिँ अर्कोखाले पर्यटक संख्या बढ्छ । कुनै बेला चाहिँ स्थलमार्गको पर्यटक संख्या बढ्छ । कुनै बेला एक्सपिडिसनमा जानेहरूको संख्या बढ्छ । त्यसैले हामी टार्गेटेडअनुसार अघि बढ्न सकिरहेका छैनौं । हेलिकप्टर व्यवसायको अवस्था कस्तो छ ?हेलिकप्टर विशेष गरेर टुरिजम निर्भर भएको क्षेत्र भएकाले प्रारम्भिक रूपमा हामी सबैले हाम्रा सेटअपहरू त्यसरी नै गरेका छौं । तर, नेपालमा टुरिजमको अवस्था प्रत्येक चार/पाँच वर्षमा परिवर्तन हुन्छ । कुनै बेला एकखाले पर्यटकको संख्या बढ्छ, कुनै बेला अर्कोखाले पर्यटकको संख्या बढ्छ । कुनै बेला स्थलमार्गका पर्यटकको संख्या बढ्छ । कुनै बेला एक्सपिडिसनमा जानेहरूको संख्या बढ्छ । त्यसैले हामी टार्गेटेडअनुसार अघि बढ्न सकिरहेका छैनौं । पर्यटनसम्बन्धी नीतिगत स्थिरता नहुँदा समस्या भएको हो । हरेक दुर्ई–तीन वर्षमा हामीले जटिल समय फेस गर्नु परिरहेको अवस्था छ । नेपाल सरकारको नेपाल भ्रमण वर्ष २०२० लाई साथ दिने हिसाबले २० लाख पर्यटकका लागि इन्फ्रास्ट्रक्चर तयारी गर्दा अहिले लगभग १२ लाख संख्यामात्रै पुगेको छ । त्यसो त पछिल्लो समय हामीले हेलिकप्टर सेवाको पहुँच विस्तारसँगै आन्तरिक पर्यटक पनि बढिरहेका छन् । सोही कारण पनि नयाँ डेस्टिनेसनहरू प्रमोट गर्ने काम गरिरहेका छौं । पछिल्लो समय अन्नपूर्ण बेस क्याम्प, गोसाईकुण्डलगायतका क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेको छ । सँगसँगै मेडिकलतर्फ पनि हेलिकप्टरबाट उद्धार गर्ने क्रम बढेर गएको छ । सिम्रिकको हकमा अहिले सेवा दिइरहेका क्षेत्रहमा सिलिङ अपरेसन, मेडिकल इभाकेसन, माउन्टेन फ्लाइट, रेस्क्यु अपरेसन, एरियल सर्भे, हेली स्की, स्काई ड्राइभिङ, होली टुर्स र फायर फाइटिङ रहेका छन् । कार्गो सेवाको अवस्था के छ ?विगतमा हामी विदेशी पाइलटहरू ल्याएर कार्गो गर्थ्यौं । अहिले सम्पूर्ण टेक्निकल सुविधा हामीसँग रहेको छ । पाइलट, इञ्जिनियर लोड मास्टर सबै हामीसँग छ । पछिल्ला वर्षहरूमा सबैभन्दा बढी कार्गो जहाज फ्लाइट गर्ने कम्पनी सिम्रिक नै हो जस्तो लाग्छ । तर, प्रोब्लम चाहिँ हामीसँग जुन जहाज छ, त्यो जहाजको टेकअप क्यापासिटी झण्डै समुद्र सतहदेखि बढीमा ११ सय केजीसम्म रहेको छ । तर, नेपालमा छ सयदेखि सात सय केजीमात्र बोक्न सक्ने क्यापासिटी हो । अहिले जुन इन्फ्रास्ट्रक्चर प्रोजेक्टहरू बन्दैछन््, हाइड्रोहरू बन्दैछन्, त्यहाँको लोड अलिकति ठूलो हुँदा हाम्रो हेलिकप्टरको क्षमताले पनि नभ्याउने अवस्था छ । त्यसमा नयाँ हेलिकप्टरहरू थप्न सकेमा व्यवसाय पनि बढ्ने थियो । भनेपछि हेलिकप्टर व्यवसायको आम्दानीको मुख्य स्रोत भनेको पर्यटन नै हो ?मुख्य स्रोत टुरिजम नै हो । विगतको कुरा गर्दा ९० प्रतिशत टुरिजम एक्टिभिटीबाट कमाउँथ्यौं भने १० प्रतिशत लोकल एक्टिभिटीबाट कमाउँथ्यौं तर अहिले टुरिजम घटेकाले ५० देखि ६० प्रतिशतमात्रै टुरिजमबाट कमाइ हुन्छ । २० देखि २५ प्रतिशत हामीले पूर्वाधारतर्फ कार्गो सेवा र बाँकी १० प्रतिशत विभिन्न प्याकेज प्रमोट गरेर काम गरिरहेका छौं । पछिल्लो समय ड्रोनको बढ्दो प्रयोगले हेलिकप्टर सेवा दबाबमा परेको हो ?ड्रोनको प्रभावलाई दुर्ई तहबाट हेर्नुपर्छ । एउटा सेफ्टीको प्यारामिटरबाट हेर्दा ड्रोनभन्दा हेलिकप्टर सेफ्टी मानिन्छ । साथै ड्रोनले कार्गो मुभमेन्ट गर्दा हेलिकप्टरलाई त्यति ठूलो प्रभाव पर्दैन । किनभने आजका दिनमा नेपालमा ड्रोनको भारबहन क्षमता भनेको बढीमा ५० देखि ६० केजी हो । ड्रोनले दिनभर फुल क्यापासिटीमा बोक्दा हेलिकप्टरको हाराहारीमा पुग्न सक्दैन । तत्काल ड्रोन हेलिकप्टर व्यवसायका लागि चुतौती बन्ने देखिँदैन । भविष्यमा टेक्नोलोजी त्यसरी गयो भने हामी पनि त्यसरी नै अपडेट हुनुपर्छ । त्यसो त अहिले ड्रोन हेलिकप्टरको सहयोगी बन्न भने सक्छ । जुम्लाबाट पाँच सय केजी स्याउ ढुवानीको माग आउँदा हेलिकप्टर पठाउँदा ढुवानी महँगो पर्न जान्छ । त्यस्तोमा ड्रोन अपरेटरलाई कनेक्ट गराउन सकिन्छ । त्यसमा हामीले ड्रोन अपरेटरलाई कनेक्ट गराइदिने काम पनि गर्दै आएका छौं । हेलिकप्टर सेवा सेफ्टीको अवस्था के छ ?सेफ्टीको हिसाबले अहिले हामीले आइकाउको अनुसूचीमा भएको सेफ्टी प्यारामिटर्सअनुसार फुल्ली कमिटेड भएर हामी एसएमएस इम्प्लिमेन्टेसनमा लागेका छौं । एसएमएस भनेको सेफ्टी म्यानेजमेन्ट सिस्टम हो । सेफ्टी म्यानेजमेन्ट सिस्टम इम्प्लिमेन्ट गर्दै गर्दा हाम्रो संस्थागत ढाँचा पनि त्यसअनुरूप बनिसकेको छ, सेफ्टीप्रति हामी प्रतिबद्ध छौं । तथापि हाम्रो भौगोलिक अवस्था, हावापानी अलि पृथक् भएकाले त्यसमा एआई प्रयोग गरेर वेदर फोरकास्ट गर्ने अथवा मनिटरिङका लागि अत्याधुनिक प्रविधि ल्याउन सकेमा सेफ्टीमा अझै सुधार गर्न सकिन्छ । हेलिकप्टर क्षेत्रमा जनशक्तिको अवस्था के छ ?जनशक्तिको अवस्था अलिकति जटिल नै छ । अहिले नेपालमा १२ वटा हेलिकप्टर कम्पनीहरू छन् भने ३६ वटा हेलिकप्टर अपरेसनमा छन् । अब त्यसको रिक्वायरमेन्ट भनेको झण्डै ७५ जना पाइलटहरू हुने भयो । पाइलट पार्टमा लगभग हामीसँग जनशक्ति छ भन्ने हो । त्यस्तै हामीले एउटा हेलिकप्टरलाई तीन जना इञ्जिनियरहरू छुट्याउँदा त्योअनुरूपको ठ्याक्कै पुग्ने गरेर भइसकेको छैन । त्यसैले अलिकति लङ टर्म भिजन राखेर गर्ने कम्पनीले ह्युमन रिसोर्समा पनि इन्भेस्ट गर्दै जाने हो भने जनशक्ति अभाव हुँदैन । अहिले हामीले गर्वसाथ भन्नुपर्छ, पाइलटको केसमा चाहिँ यो सिजन नै पहिलो सिजन होला, हामी विदेशी पाइलट नलिइकन उडाउन सक्ने अवस्थामा पुगेका छौं । पाइलटमा इन्भेस्ट गर्दा यसपटक हामी आवश्यक पाइलट उत्पादन गर्न सफल भएका छौं । तथापि भोलिका दिनमा हाम्रो बिजनेसको अवस्था घट्दो वा बढ्दो क्रममा जाने अवस्था आयो र कोही विदेश जाने परिस्थिति बन्यो भने चाहिँ अलिकति समस्या आउला । नत्र भने नेपाली म्यानपावरले नै पुर्‍याउने गरी हामीले तयारी गरिरहेका छौं । सेफ्टीको हिसाबले अहिले आइकाउको अनुसूचीमा भएको सेफ्टी प्यारामिटर्सअनुसार फुल्ली कमिटेड भएर हामी एसएमएस इम्प्लिमेन्टेसनमा लागेका छौं । एसएमएस भनेको सेफ्टी म्यानेजमेन्ट सिस्टम हो । सेफ्टी म्यानेजमेन्ट सिस्टम इम्प्लिमेन्ट गर्दै गर्दा हाम्रो संस्थागत ढाँचा पनि त्यसअनुरूप बनिसकेको छ, सेफ्टीप्रति हामी प्रतिबद्ध छौं । तथापि अब चाहिँ हाम्रो भौगोलिक अवस्था, हावापानी अलि पृथक् भएकाले त्यसमा एआई प्रयोग गरेर वेदर फोरकास्ट गर्ने अथवा मनिटरिङका लागि अत्याधुनिक प्रविधि ल्याउन सकेमा सेफ्टीमा अझै सुधार गर्न सकिन्छ । नेपालमा त विपद्का घटना भइरहन्छन् । भर्खरैमात्रै रसुवामा भोटेकोशी बाढीको महाविपत्ति आइलाग्यो, उक्त उद्धार र राहत अवस्थाबारे बनाइदिनुस् न ?सम्भवतः यसपटकको विपद्मा सिम्रिक पहिलो उडान गर्ने कम्पनी भए जस्तो लाग्छ । किनभने हामीसँग चाहिँ लङ लाइन रेस्क्युको क्यापिलिटी पनि भएकाले त्यसका लागि पहिलो फोन आएको थियो । त्यसरी फोन आउँदा हामी हाम्रो टिमसहित तयारी भएर एयरपोर्टमा बसेका थियौं । पछि हामीले डेड बडी रिकभरीहरूका कामहरू गर्‍यौं । मान्छे ओसारपसार गर्ने सबै कामहरू गर्‍यौं । विशेष गरेर टेक्निकल कामहरूचाहिँ तत्कालीन अवस्थामा आर्मीको जनशक्ति उपलब्ध भएकाले आर्मीहरूले गरे । डेड बडी रिकभरीको काम निकै चुनौतीपूर्ण थियो । डेड बडी लगभग हामीले सातौं दिनबाट उठाउन थाल्यौं । सातौं दिनदेखि हेलिकप्टरमा हालेर काठमाडौंमा आइपुग्दासम्म धेरै दुर्गन्धित अवस्थामा पुगेको थियो । दुर्गन्धका बाबजुद पनि हाम्रा कर्मचारी साथीहरूले साइटमा गएर डेड बडी प्याकेजिङ गर्ने, लिफ्टअप गर्ने काम गर्नुभयो । त्यसरी खट्ने साथीहरूको विशेष भूमिकाको कदर हुनुपर्छ भन्ने लाग्छ । हामीले आफ्नोतर्फबाट मोटिभेसन गरिरहेका छौं, त्यो राज्यबाटै हुनुपर्छ भन्ने लाग्छ किनभने साइडमा जाने जो साथीहरू हुन्छन्, उहाँहरू स्वस्फूर्त रूपमा मोटिभेटेड भएर जानुभएको हो । उहाँहरू राज्यकै सेवा गर्छु भनेर होमिनुभएका व्यक्तित्व हुनुहुन्थ्यो । हेलिकप्टरका लागि व्यवसाय विस्तारको नयाँ क्षेत्र के हुनसक्छ ?पर्यटन नै हो । किनभने हाम्रो देशमा टुरिजम साइटहरू जति पनि छन् । विगतमा टुरिजम भन्ने विदेशीमात्र मान्थ्यौं भने अब लोकल टुरिजम विस्तार हुँदै गएको छ । नेपालको प्रत्येक जिल्लामा एउटा न एउटा प्रमुख डेस्टिनेसन छ जस्तो लाग्छ । ती सबै डेस्टिनेसनको प्रचारप्रसार गर्न सकेमा लगभग ५० वटा हेलिकप्टरलाई व्यवसाय गर्न पुग्छ तर अहिलेको अपरेसन कस्टहरू घटाउनुपर्छ । पछिल्ला वर्षहरूमा मूल्य अभिवृद्धि कर(भ्याट), बेला–बेला हुने भन्सारदर परिवर्तन, इन्धनमा हुने मूल्यवृद्धिलगायतका कारण हवाई सेवा महँगो हुँदै गएको छ । नीतिगत स्थिरतासँगै आगामी पाँच वर्षको रणनीति बनाएर हवाई सेवा अघि बढाउने हो भने पर्यटन क्षेत्र पनि चलायमान बनाउन सकिन्छ । किनभने हामीले प्राइसिङ गर्दा कसरी प्लान गर्छौं भने यसपालिको बुकिङ अघिल्लो वर्ष नै गरिसकेका हुन्छौं । त्यसो गर्दा इन्धन महँगो भए पनि थप भाडा लिने भन्ने हुँदैन । त्यसो गर्दा पर्यटकहरू नेपाल छोडेर अर्को गन्तव्यतिर डाइभर्ट पनि हुनसक्ने जोखिम पनि रहन्छ । त्यसैले मार्जिन कटअफ गरेर पनि हामीले सेवा दिइरहेका छौं । अर्को जटिल विषय चाहिँ हेलिकप्टर सेवा अत्यावश्यक सेवा समूहअन्तर्गत पर्छ । हामी सेवा दिन तत्पर रहने तर सरकारतर्फबाट भने सपोर्ट नहुने अवस्था पनि छ । त्यस्तो अवस्थामा सरकारबाट पनि राम्रो सपोर्ट पाएमा हामी अझ उच्च मनोबलसाथ कार्य सम्पादन गर्न सक्ने थियौं भन्ने लाग्छ । हेलिकप्टरको सेवा निजी क्षेत्रसँगै सरकारले पनि लिन्छ, भाडा बक्यौता समस्या छैन ?कोभिडभन्दा पहिला चाहिँ हामी पनि अलिकति उदार रूपमा हेलिकप्टर उडानहरू गर्थ्यौं । त्यतिबेला बिरामीको फोन आउनेबित्तिकै उडान गरिहाल्ने, फेयरको कुरा दोस्रो प्राथमिकता पर्थ्यौं । हाम्रो सिम्रिकको केसमा चाहिँ आधा पैसा उधारो नै हुन्थ्यो । त्यसपछि भने हामीले क्लाइन्ट फिल्टरिङको मेकानिजम बनाएका छौं । कतिवटा केसमा स्थानीय निकायसँगको सहकार्यमा काम गरिरहेका हुन्छौं । त्यसरी काम गराउँदा पनि काम लिने बेला एउटा व्यक्ति हुने र भुक्तानीको बेला नयाँ व्यक्ति आउने अवस्थाले समस्या त छ तर भुक्तानी नै नपाउने समस्या चाहिँ त्यति छैन । हामीले उद्धार उडानका लागि प्रत्येक वर्ष सम्झौता गर्दै आएका हुन्छौं । विपद् व्यवस्थापन प्राधिकरणसँग पनि हामीले काम गरिरहेका छौं । यो क्षेत्रको दक्ष जनशक्तिको पलायनको अवस्था चाहिँ के छ ?अन्य क्षेत्रको तुलनामा यो दक्ष जनशक्ति पलायनको समस्या बढी नै छ । साँच्चै भन्ने हो भने नेपाली एयरलाइन्स कम्पनीहरू ट्रेनिङ सेन्टर जस्ता हुन्छन् कि भन्ने चिन्ता लागेको छ । किनभने विदेशमा गएर पढ्ने, यहाँका एयरलाइन्सहरूमा काम सिक्ने र अनि दक्ष भएर पुनः विदेशतिरै फर्किने प्रवृत्ति देखिएको छ । नेपाली एयरलाइन्स कम्पनीहरूले विदेशी एयरलाइन्स कम्पनीमा जस्तो धेरै पारिश्रमिक दिन सक्ने अवस्था पनि हुँदैन । खासगरी एयरलाइन्स कम्पनीहरूको व्यवसाय खस्किएका बेला त्यस्तो जनशक्ति बाहिर जान खोज्ने गरेको देखिन्छ । एकजना टेक्निसियन बनाउन हामीले कम्तीमा पनि चारदेखि पाँच वर्ष मिहिनेत गर्नुपर्छ । अहिलेको युवाले तलबमात्रै नहेरेर क्वालिटी अफ लाइफ पनि हेर्न थालेको अवस्था छ । अन्य समस्या र चुनौती चाहिँ के छन् ?हाम्रो एयरपोर्टमा ट्राफिक समस्या पनि छ । किनभने उद्धार हाम्रो पहिलो प्राथमिकता भए पनि पर्यटन सेवालाई पनि पहिलो प्राथमिकतामा राख्नुपर्ने आवश्यकता छ । केही दिनअघि हाम्रो एउटा फ्लाइट थियो । दुर्ई दिनलाई नेपाल आएको पर्यटक एयरपोर्टको ट्राफिक समस्याले फ्लाइट डिले हुँदा उसको भ्रमण सेड्युल प्रभावित भयो । त्यसैगरी पर्यटकका लागि ट्रेकिङ पर्मिटका कुराहरू छन्, अध्यागमनका कुरा, बाहिर जिल्ला–जिल्लामा जाँदा अनेक नियमनका कुराहरू छन् । यस्ता कुरामा सहजीकरण गरेर गर्न सकेमात्रै देशको टुरिजम फिगर बढाउन सहयोग पुग्न सक्छ । टुरिजम बढेपछि अन्य क्षेत्र पनि चलायमान हुँदै जान्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

इजरायली कृषि प्रविधि र लगानी भित्र्याउन प्रस्तावित राजदूत कर्णसँग सांसद विष्टद्वारा योजना माग
ताजा खबरJust now

इजरायली कृषि प्रविधि र लगानी भित्र्याउन प्रस्तावित राजदूत कर्णसँग सांसद विष्टद्वारा योजना माग

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद नरबहादुर विष्टले नेपालको कृषि क्षेत्रको आधुनिकीकरण र इजरायली प्रविधि भित्र्याउन इजरायलका लागि प्रस्तावित राजदूत सुरेशकुमार कर्णसँग के योजना छ भन्दै जिज्ञासा राखेका छन्। मंगलबार बसेको संसदीय... ...

रातोपाटी
मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी
ताजा खबरJust now

मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी

मुस्ताङ । मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ । असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले बेनी—जोमसोम सडक दुई सातासम्म अवरुद्ध हुँदा स्याउ... ...

रातोपाटी
अधिकार हस्तान्तरणमा ढिलाइ भयो: लुम्बिनी मुख्यमन्त्री
ताजा खबरJust now

अधिकार हस्तान्तरणमा ढिलाइ भयो: लुम्बिनी मुख्यमन्त्री

​लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको मर्म अनुसार अधिकार हस्तान्तरण र कानुन संशोधनमा ढिलाइ भएको बताएका छन्। उनले प्रदेश सरकारलाई सबल र सक्षम बनाउन संघीय सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए। ​सम्मेलनमा मुख्यमन्त्री आचार्यले संविधानले दिएका एकल अधिकार तथा साझा सूचीका अधिकारहरू अझै पनि संघ सरकारले हस्तान्तरण नगरेको गुनासो गरे। उनले भने, &lsquo... ...

नेपालखबर
पोखराको आइकोनिक खेलाडीमा विश्वसा पराजुली
ताजा खबरJust now

पोखराको आइकोनिक खेलाडीमा विश्वसा पराजुली

नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सको आइकोनिक खेलाडीमा विश्वास पराजुली छनोट भएका छन्।  पोखरा रंगशालास्थित क्रिकेट मैदान र स्याङजामा भएको ट्यालेन्ट हन्टबाट विश्वास आइकोनिक खेलाडीका रुपमा छनोट भएका हुन्। यसअघि गण्डकी हिरोज टपमा रहिसकेका विश्वासले एनपीएलमा पोखराको प्रतिनिधित्व गर्नेछन्।  पोखरा एभेन्जर्सका मुख्य प्रशिक्षक अजन्था मेन्ड... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play