र्यापिड टेकले गर्यो नौ ईआरपी कम्पनीसँग साझेदारी

र्यापिड टेकले आफ्नो एपीआई बैंकिङ प्लेटफर्मलाई व्यावसायिक सफ्टवेयरमा एकीकृत गर्न नौवटा ईआरपी तथा बिजनेस सफ्टवेयर कम्पनीसँग साझेदारी गरेको छ। र्यापिड टेकले आईएमएस, स्वस्तिक, सीएमटी बोस, रेस्ट्रोएक्स, सिनर्जी टेक , इन्फिकेयर, सोर्स कोड, क्रसओभर र डल्फिनसँग समझदारीपत्रमा हस्ताक्षर गरेको हो। कम्पनीका अनुसार यो साझेदारीपछि व्यवसायले आफूले प्रयोग गर्दै आएको सफ्टवेयरबाटै बैंक खाताको मौज्दात हेर्न, बैंक स्टेटमेन्ट प्राप्त गर्न र बैंक कारोबारलाई लेखा अभिलेखसँग स्वतः मिलान गर्न सक्नेछन्। र्यापिडको एपीआईमार्फत बैंकिङ विवरणलाई ईआरपी प्रणालीमा जोड्न सकिने भएकाले वित्तीय कारोबारको अभिलेख राख्न र हिसाब मिलान गर्न लाग्ने समय घट्ने कम्पनीको अपेक्षा छ। विभिन्न बैंकमा खाता भएका व्यवसायले पनि प्रत्येक बैंकको पोर्टलमा छुट्टाछुट्टै लगइन नगरी एउटै प्रणालीबाट समग्र नगद अवस्था हेर्न सक्नेछन्। र्यापिड टेकका प्रमुख कार्यकारी अधिकृत आशितोष साहले व्यवसायको वित्तीय व्यवस्थापन सहज बनाउनु प्लेटफर्मको मुख्य उद्देश्य रहेको बताए। बैंक स्टेटमेन्ट र ईआरपीमा रहेका लेखा अभिलेख स्वतः मिलान हुँदा कारोबार जाँच्न लाग्ने समय घट्ने र वित्तीय टोलीले अन्य काममा ध्यान दिन सक्ने उनको भनाइ छ। कम्पनीका अनुसार बैंक खातामा रहेको वास्तविक मौज्दात र तत्काल प्रयोग गर्न उपलब्ध रकमको विवरण ईआरपी प्रणालीमै उपलब्ध हुनेछ। यसले व्यवसायलाई नगद प्रवाह र ट्रेजरी व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। र्यापिडले आगामी चरणमा भुक्तानी अनुरोध (रिक्वेस्ट टु पे), एपीआईमार्फत खाता खोल्ने सुविधा, प्रत्यक्ष डेबिट र मार्जिन लेन्डिङ तथा ट्रेडिङका लागि भर्चुअल खाता जस्ता सुविधा थप्ने तयारी गरेको छ। कम्पनीले नेपालमा एम्बेडेड फाइनान्सको विस्तारलाई दीर्घकालीन लक्ष्य बनाएको छ। यस अवधारणाअन्तर्गत व्यवसाय तथा ग्राहकले दैनिक प्रयोग गर्ने डिजिटल प्लेटफर्मबाटै भुक्तानी, रकम संकलन, खाता सञ्चालन र कर्जालगायत वित्तीय सेवा लिन सक्नेछन्। साहका अनुसार बैंकले वित्तीय सेवा उपलब्ध गराउने, व्यवसायले आफ्नै सफ्टवेयरमार्फत ती सेवा प्रयोग गर्ने र र्यापिडले दुवैलाई जोड्ने प्राविधिक पूर्वाधार उपलब्ध गराउने अवधारणामा कम्पनीले काम गरिरहेको छ। The post र्यापिड टेकले गर्यो नौ ईआरपी कम्पनीसँग साझेदारी appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, के-के छन् सुविधा ?
काठमाडौं । नेपाल टेलिकमले ‘अटम अफर २०८३’ अन्तर्गत विभिन्न आकर्षक भ्वाइस तथा डाटा प्याकेज र सुविधा उपलब्ध गराएको छ । कम्पनीले नयाँ भ्वाइस तथा डाटा प्याकेज सञ्चालनमा ल्याउनुका साथै विद्यमान प्याकेजलाई थप आकर्षक बनाएको जनाएको छ ।कम्पनीका अनुसार अल नेट भ्वाइस प्याकअन्तर्गत ३५, ४९, ९८, १८९ र २९९ रुपैयाँमा क्रमश: १०१, १११, २२२, ३३३ र ६६६ मिनेटका प्याकेज उपलब्ध छन् ...

स्टाइल र पावरको संयोजनसहित भेस्पाको १५० सीसी स्कुटर सार्वजनिक
काठमाडौं । इटालियन स्कुटर ब्रान्ड भेस्पाले नेपाली बजारमा १५० सीसी क्षमताको नयाँ स्कुटर भित्र्याएको छ । नेपालका लागि भेस्पाको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी (Vespa 150 FI OBD 2 Stage B) सार्वजनिक गरेको हो ।काठमाडौंको त्रिपुरेश्वरस्थित डेल्टा अटोकर्पको शोरुममा आयोजित विशेष कार्यक्रममार्फत स्कुटर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । नयाँ मोडलमा भेस्पाको परम्परागत ...

पूर्वाधार विकास कोषको पुँजी १ खर्ब पु-याउन प्रस्ताव
२७ असोज, काठमाडौं। पूर्वाधार विकास कोषको अधिकृत पुँजी १ खर्ब रुपैयाँपु-याउने प्रस्ताव गरिएको छ । पूर्वाधार विकास मन्त्रालयले तयार पारेको ‘पूर्वाधार विकास कोषसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’को मस्यौदामा कोषको पुँजी १ अर्ब कित्ता साधारण शेयरमा विभाजन गर्ने प्रस्ताव गरिएको हो । मन्त्रालयले विधायन ऐन, २०८१ को दफा ६ को उपदफा (२) बमोजिम विधेयकको […] The post पूर्वाधार विकास ...

अध्यागमन विभागद्वारा विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली लागू
अध्यागमन विभागले नेपालमा रहेका विदेशी नागरिकका गतिविधिको निगरानी, यात्रा व्यवस्थापन र सहजीकरणका लागि पहिलो पटक लागू गरेको सूचना प्रणालीलाई देशव्यापी विस्तार गरेको छ। विभागले सोमबार नगरकोटमा आयोजना गरेको ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीसम्बन्धी अभिमुखीकरण’ कार्यक्रममा विभागका निर्देशक शिव लम्सालले नेपाल भित्रिएका विदेशी नागरिक नफर्केसम्म उनीहरु कहाँ गए, कहाँ बसेलगायतका विवरण लिनेगरी विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली देशव्यापी रुपमा लागू गरिएको ...


