Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/दशैं–तिहारमा ‘बन्दीपुर फेस्ट’, ९ दिने फुड फेस्टिभलसहित विविध कार्यक्रम

दशैं–तिहारमा ‘बन्दीपुर फेस्ट’, ९ दिने फुड फेस्टिभलसहित विविध कार्यक्रम

Share:WhatsAppFacebookX (Twitter)Telegram
दशैं–तिहारमा ‘बन्दीपुर फेस्ट’, ९ दिने फुड फेस्टिभलसहित विविध कार्यक्रम

काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको ब्रान्ड ‘बन्दीपुरहिल’ ले दशैं–तिहार २०२६ को अवसरमा ‘बन्दीपुर फेस्ट’ आयोजना गर्ने भएको छ। महोत्सवअन्तर्गत स्थानीय परिकार, सांस्कृतिक कार्यक्रम, साहसिक गतिविधि तथा पारिवारिक मनोरञ्जनका विविध कार्यक्रम सञ्चालन गरिने कम्पनीले जनाएको छ। बन्दीपुर केवलकारको लोअर स्टेसनमा दुई चरणमा गरी ९ दिने फुड फेस्टिभल आयोजना हुनेछ। पहिलो चरण असोज २८ गतेदेखि कात्तिक १ गतेसम्म र दोस्रो चरण कात्तिक ७ गतेदेखि १० गतेसम्म सञ्चालन हुनेछ। महोत्सवमा स्थानीय परिकार, रमाइला खेल, सांस्कृतिक प्रस्तुति, बालबालिका तथा परिवारका लागि विशेष गतिविधि र किड्स जोन रहनेछन्। त्यस्तै, केवलकार, जिपलाइन र स्काई साइकलिङलगायत साहसिक गतिविधिसमेत समेटिनेछन्। कार्यक्रम सबैका लागि खुला रहने र प्रवेश नि:शुल्क हुने आयोजकले जनाएको छ। दशैं–तिहार अभियानअन्तर्गत बन्दीपुरहिलले प्रमुख यात्रा मार्ग तथा विभिन्न स्थानमा रहेका पर्यटन साझेदारमार्फत प्रवद्र्धनात्मक कुपन पनि वितरण गर्ने जनाएको छ। बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडका मार्केटिङ म्यानेजर विभु गौतमले बन्दीपुरहिललाई नेपालको प्रिमियम पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित कम्पनी अघि बढिरहेको बताए। उनका अनुसार ‘बन्दीपुर फेस्ट’ ले राजमार्ग हुँदै यात्रा गर्ने यात्रु तथा परिवारलाई बन्दीपुरको संस्कृति, स्वाद र साहसिक अनुभवसँग जोड्ने अवसर प्रदान गर्नेछ। कार्यक्रम संयोजक सुरज राईले महोत्सव दुई चरणमा सञ्चालन हुने जानकारी दिँदै स्थानीय बासिन्दा तथा आगन्तुकलाई उत्सवमय वातावरणमा सहभागी गराउने उद्देश्य रहेको बताए। बन्दीपुरहिल प्राकृतिक सौन्दर्य, हिमाली दृश्य, सांस्कृतिक अनुभव, साहसिक गतिविधि तथा आधुनिक सुविधालाई एउटै गन्तव्यमा समेटिएको पर्यटकीय क्षेत्रका रूपमा विकास गरिएको कम्पनीले जनाएको छ। यहाँ केवलकार, फाइन डाइनिङ रेस्टुरेन्टलगायत विभिन्न सुविधा उपलब्ध छन्। The post दशैं–तिहारमा ‘बन्दीपुर फेस्ट’, ९ दिने फुड फेस्टिभलसहित विविध कार्यक्रम appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

घटस्थापनादेखि एक लाख नौ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
ताजा खबरJust now

घटस्थापनादेखि एक लाख नौ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौं । हिन्दुहरूको महान् पर्व बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप दिनहुँ बढ्दै गएको छ । घटस्थापनादेखि आजसम्म एक लाख नौ हजार ६३६ जनाले काठमाडौँ उपत्यका छाडेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आजसम्म १७ हजार १३९ वटा सवारीसाधनमार्फत एक लाख नौ हजार ६३६ जना उपत्यकाबाट बाहिरिएका हुन् । दसैँ नजिकिँदै जाँदा अध्ययन, रोजगारी तथा विभिन्न ...

केन्द्रबिन्दु
यात्रुका लागि स्वच्छ र गुणस्तरीय खाना सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको चासो
ताजा खबरJust now

यात्रुका लागि स्वच्छ र गुणस्तरीय खाना सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको चासो

काठमाडौं । सार्वजनिक यात्रुवाहक सवारीसाधनमा यात्रा गर्ने यात्रुले स्वच्छ, सुरक्षित र गुणस्तरीय खाना पाउनुपर्ने विषयलाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्राथमिकतामा राखेको छ। यात्रुहरूलाई बासी, दूषित तथा गुणस्तरहीन खाना खुवाउने र खानाको अस्वाभाविक मूल्य असुल्ने गुनासो बढेपछि सम्बन्धित निकायले निगरानी र नियमनमा जोड दिएका छन्। पूर्वाधार विकास मन्त्रालयमा सम्बन्धित निकायहरूको बैठकपछि यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुवाहक सवारीका चालकलाई स्वच्छ र गुणस्तरीय खाना ...

नेपालन्युज
दसैँ मनाउन गाउँ फर्किनेको चहलपहल बढ्यो, तस्बिरहरू
ताजा खबरJust now

दसैँ मनाउन गाउँ फर्किनेको चहलपहल बढ्यो, तस्बिरहरू

काठमाडौँ। बडादसैँ सुरु भएसँगै राजधानी काठमाडौँ छाडेर गाउँ फर्किनेको चहलपहल बढेको छ। दसैँ मनाउन आफ्नो घर जाने यात्रु बढेसँगै कलंकीलगायत उपत्यकाका विभिन्न नाकामा यात्रु तथा सार्वजनिक सवारीसाधनको चाप देखिन थालेको... ...

रातोपाटी
विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक प्रस्थान
ताजा खबरJust now

विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक प्रस्थान

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको सन् २०२६ को वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन्। उक्त प्रतिनिधि मण्डलमा अर्थ मन्त्रालयका सचिव डा.घनश्याम उपाध्याय र अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखा प्रमुख सहसचिव अमृत लम्साल पनि सहभागी छन्।  बैंकक बसाइका क्रममा अर्थमन्त्री डा. वाग्लेले वार्षिक बैठकअन्तर्गत आयोजना ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play