Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Business/घटस्थापनादेखि २ लाख ६२ हजार यात्रुले छाडे काठमाडौं, ३७ हजार सवारीसाधनबाट  बाहिरिए

घटस्थापनादेखि २ लाख ६२ हजार यात्रुले छाडे काठमाडौं, ३७ हजार सवारीसाधनबाट  बाहिरिए

Share:WhatsAppFacebookX (Twitter)Telegram
घटस्थापनादेखि २ लाख ६२ हजार यात्रुले छाडे काठमाडौं, ३७ हजार सवारीसाधनबाट  बाहिरिए

काठमाडौं । दसैँ मनाउन घटस्थापनादेखि असोज २९ गतेसम्म २ लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौं उपत्यका छाडेका छन्। उनीहरू ३७ हजार ९६४ वटा सवारीसाधनमार्फत उपत्यकाबाट बाहिरिएका हुन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार दसैँ नजिकिँदै जाँदा घर फर्किने यात्रुको चाप उपत्यकाका प्रमुख नाकामा बढेको छ। उपत्यका छाड्नेमा १ लाख १५ हजार ८६ जना महिला र १ लाख ६१ हजार १६७ जना पुरुष छन्।

अध्ययन, रोजगारी तथा व्यवसायका सिलसिलामा काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका नागरिक दसैँ मनाउन घर फर्किन थालेपछि बसपार्क र प्रमुख नाकामा यात्रुको चाप बढेको हो। नागढुंगा, फर्पिङ, थानकोट, भीमढुंगा, तीनपिप्ले, साँखु, भक्तपुर र भट्टेडाँडालगायत नाकाबाट यात्रु बाहिरिने क्रम जारी छ।

यात्रुको चाप बढेपछि ट्राफिक प्रहरीले सवारी आवागमन व्यवस्थापन र दुर्घटना न्यूनीकरणका लागि निगरानी बढाएको जनाएको छ। चाडपर्वका बेला यात्रुको सुरक्षा सुनिश्चित गर्न ट्राफिक प्रहरी चौबीसै घण्टा सडकमा खटिएको काफ्लेले बताए।

लामो दूरीको यात्रा गर्दा सवारीसाधनको अवस्था, चालकको स्वास्थ्य र सवारी चलाउने समयबारे ध्यान दिनुपर्ने प्रहरीले जनाएको छ। यात्रु र चालक दुवैले सावधानी अपनाउँदा सम्भावित दुर्घटना न्यूनीकरण गर्न सकिने प्रहरीको भनाइ छ।

यातायात व्यवस्था विभागका अनुसार नागढुंगा–नौबिसे, मुग्लिन–नारायणगढ, कान्ति लोकपथ र बीपी राजमार्गलगायत प्रमुख सडकमा दुवैतर्फ यातायात सञ्चालन भइरहेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

भोटेकोशी बाढीः दसैँ आयो तर आमाबुवा आउनुभएन
अर्थतन्त्रJust now

भोटेकोशी बाढीः दसैँ आयो तर आमाबुवा आउनुभएन

काठमाडौं- पछिल्लो केही दिनयता गाँउघरमा दसैँको चहलपहल र उल्लास बढेको छ । प्रत्येक घरआँगन सरसफाइ र रङरोगन गरी चिटिक्क पारिएको छ । वर्षभरि टाढा रहेका आफन्त मान्यजनको हातबाट टीका र जमरा थाप्न गाउँघर फर्किरहेका छन् ...

आजको अर्थ
सारथी केबलको आम्दानी २६ प्रतिशत बढ्यो, ७३ प्रतिशत उत्पादन क्षमता अझै उपयोगविहीन
अर्थतन्त्रJust now

सारथी केबलको आम्दानी २६ प्रतिशत बढ्यो, ७३ प्रतिशत उत्पादन क्षमता अझै उपयोगविहीन

काठमाडौं । १४ करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति पर्खिरहेको  सारथी केबल इन्डस्ट्रिज लिमिटेडले ६८ करोड १० लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ । कम्पनीले गत वर्ष उक्त रकम बराबरको आम्दानी गरेको हो । कम्पनीको सञ्चालन आम्दानी आर्थिक वर्ष २०८२/८३ (२०२६) मा २६ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष (२०२५)मा कम्पनीले ५४ करोड २० लाख रुपैयाँ, २०२… ...

आर्थिक न्यूज
सिप्रदी ट्रेडिङको ‘महा-एक्सचेन्ज धमाका’ अफर सार्वजनिक, ५० प्रतिशतसम्म छुट
अर्थतन्त्रJust now

सिप्रदी ट्रेडिङको ‘महा-एक्सचेन्ज धमाका’ अफर सार्वजनिक, ५० प्रतिशतसम्म छुट

काठमाडौं । नेपालका लागि एक्साइड ब्याट्रीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले दसैँ तथा तिहारलाई लक्षित गर्दै ‘महा–एक्सचेन्ज धमाका’ योजना सार्वजनिक गरेको छ। अक्टोबर १ देखि नोभेम्बर ३० सम्म सञ्चालन हुने योजनाअन्तर्गत ग्राहकले जुनसुकै ब्रान्डका पुराना ब्याट्रीसँग एक्साइड ब्याट्री साट्न वा नयाँ ब्याट्री खरिद गर्न सक्नेछन्। कम्पनीले यस योजनामार्फत ग्राहकलाई ५० प्र… ...

आर्थिक न्यूज
खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले बनायो छुट्टै छानबिन समिति
अर्थतन्त्रJust now

खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले बनायो छुट्टै छानबिन समिति

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार जोडिएको महिला हिंसासम्बन्धी अडिओ प्रकरणको अनुसन्धान गर्न पार्टीको केन्द्रीय अनुशासन आयोगले छुट्टै छानबिन समिति गठन गरेको छ। बिहीबार बसेको आयोगको बैठकले उपप्रमुख हरिचन्द्र भट्टराईको संयोजकत्वमा ...

आजको अर्थ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play