Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/ल्हेन्दे-भोटेकोशी जलप्रलयबाट रु. ७९ अर्बको निजी सम्पत्ति क्षति

ल्हेन्दे-भोटेकोशी जलप्रलयबाट रु. ७९ अर्बको निजी सम्पत्ति क्षति

10/17/2026, 12:45:39 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
ल्हेन्दे-भोटेकोशी जलप्रलयबाट रु. ७९ अर्बको निजी सम्पत्ति क्षति

काठमाडौँ । ल्हेन्दे-भोटेकोशी कोरिडोरमा गत २०८३ भदौ १० गते गएको जलप्रलय (गाङ्बाल) ले प्रत्यक्ष रूपमा रु. ७९ अर्ब १७ करोड बराबरको निजी सम्पत्ति, जमिन, भवन र व्यावसायिक संरचना नष्ट भएको राष्ट्रिय योजना आयोगले बताएको छ।राष्ट्रिय योजना आयोगले २०८३ असोज ३० गते सार्वजनिक गरेको विपद्पछिको प्रारम्भिक आवश्यकता मूल्याङ्कन (पीडीएनए) सम्बन्धी घरधुरी तथा प्रतिष्ठान सर्वेक्षण विवरण अनुसार चार जिल्लाहरू नुवाकोट, रसुवा, धादिङ र गोरखाका १५ वटा स्थानीय तहमा बसोबास गर्ने कुल ७,३१६ घरपरिवार तथा व्यावसायिक प्रतिष्ठानहरू प्रत्यक्ष रूपमा ध्वस्त वा गम्भीर रूपमा प्रभावित बनेका छन्।योजना आयोगका अनुसार यो जलप्रलयबाट ३ हजार ,८७२ जना नागरिक प्रत्यक्ष रूपमा घरबारविहीन वा विस्थापित हुन पुगेका छन्। कुल प्रभावित जनसङ्ख्यामध्ये १६ हजार ७१४ जना पुरुष र १६ हजार ८० जना महिला रहेका छन् भने ७८ जना अन्य तथा लैङ्गिक पहिचान नखुलेका व्यक्तिहरू प्रभावित भएका छन्।बाढीको मुख्य उत्पत्ति बिन्दु रसुवागढी-भोटेकोशी नदी जलाधार क्षेत्र भए पनि यसको साङ्लो प्रभाव नदीको बहावसँगै तल्लो तटीय क्षेत्रहरू नुवाकोट, धादिङ र गोरखासम्म फैलियो। भौगोलिक फैलावटका आधारमा क्षतिको विश्लेषण गर्दा सबैभन्दा बढी जनधनको क्षति नुवाकोट जिल्लाले व्यहोर्नुपरेको आयोगको अध्ययनले देखाएको छ ।नुवाकोटमा कुल ४ हजार १६४ घरपरिवार तथा व्यावसायिक प्रतिष्ठानहरू प्रभावित भएका छन्, जसभित्र १७ हजार ९५४ जनसङ्ख्या अर्थात् कुल प्रभावित नागरिकको ५४.६ प्रतिशत हिस्सा परेको छ।त्रिशूली नदीको किनारमा रहेका कृषि योग्य उर्वरा भूमि, व्यापारिक सहरी केन्द्रहरू र सडक पूर्वाधारहरूमा लेदो र बाढीले अपूरणीय क्षति पुर्‍याएको अध्ययनले देखाएको छ।विपद्को उद्गमस्थल रसुवा जिल्ला आर्थिक र भौतिक पूर्वाधारको दृष्टिकोणले सर्वाधिक आक्रान्त बनेको छ। रसुवामा १ हजार९७७ घरपरिवार तथा प्रतिष्ठान प्रभावित बनेका छन्, जहाँ ९ हजार ६७६ जना मानिस अर्थात् कुल प्रभावितको २९.४ प्रतिशत जनसङ्ख्या जलप्रलयको प्रत्यक्ष चपेटामा परेका छन्।व्यापारिक नाका रसुवागढी, निर्माणाधीन एवं सञ्चालित जलविद्युत् आयोजनाहरू र ड्राइपोर्ट रहेकाले रसुवामा भएको भौतिक संरचनाको क्षतिले राष्ट्रिय अर्थतन्त्रको आपूर्ति शृङ्खलालाई नै ठप्प बनाएको छ। यसै गरी धादिङका १ हजार ५२ घरपरिवारका ४ हजार ५८४ जनसङ्ख्या र गोरखाका १२३ घरपरिवारका ६५८ जना नागरिक पनि यो जलप्रलयको चपेटामा परेका छन्।योजना आयोगको प्रतिवेदन अनुसार ३ हजार ६७ घरधनीका कुल ४ हजार१५१ वटा विभिन्न प्रकृतिका भवन संरचनाहरूमा बाढीले आंशिक वा पूर्ण रूपमा क्षति पुर्‍याएको छ।यसरी क्षतिग्रस्त संरचनाहरूमा २ हजार ७९२ वटा आवासीय घरहरू, ६५१ वटा औद्योगिक तथा भण्डारण ट्रसहरू, २८८ वटा गोठ तथा धन्सारहरू, २६३ वटा अस्थायी टहराहरू र १४२ वटा अन्य सेवामूलक संरचनाहरू रहेका छन्।भौतिक क्षतिको अनुपात हेर्दा २ हजार९८९ वटा अर्थात् ७२ प्रतिशत भवन संरचनाहरू बाढी र पहिरोले पूर्ण रूपमा बगाएको वा जगैदेखि ध्वस्त पारेको छ।बाढी प्रभावित कुल ४ हजार १५१ भवन संरचनामध्ये ३ हजार १९४ वटा अर्थात् ७६. ९५ प्रतिशत संरचनाहरू भविष्यमा पुनः प्रयोग गर्नै नसकिने गरी स्थायी रूपमा नष्ट भएका छन्।यस्तै ५०८ वटा घरहरू बाढीले ल्याएको बाक्लो माटो र लेदोले पुरिएका छन् भने ३०२ वटामा आंशिक र १४१ वटा संरचनाहरू पूर्ण रूपमा ढल्किएर जोखिमपूर्ण अवस्थामा रहेका छन्।केवल ३३२ वटा भवनहरू प्रमुख मर्मतसम्भारपछि र ३२० वटा सामान्य मर्मतपछि प्रयोग गर्न सकिने अवस्थामा छन्।घरपरिवारतर्फ भएको कुल रु. ६९ अर्ब ५७ करोडको नोक्सानीमध्ये सबैभन्दा ठूलो हिस्सा भू-स्वामित्व र कृषियोग्य जमिनको विनाशले ओगटेको छ।अध्ययनअनुसार बाढी र पहिरोले ३,६१० परिवारको कुल ५०७.९७ हेक्टर कृषि जमिन पूर्ण रूपमा बगाएको वा कटान गरेर बगरमा परिणत गरेको छ। यस जमिनको प्रत्यक्ष मौद्रिक मूल्य मात्रै रु. ३५ अर्ब ४४ करोड बराबर रहेको छ, जुन कुल घरपरिवार क्षतिको ५०.९ प्रतिशत हुन आउँछ।यसका अतिरिक्त घर बनेको ५४. ६५ हेक्टर आवासीय घडेरी नष्ट हुँदा रु. १३ अर्ब २६ करोडको क्षति भएको छ भने सो स्थानमा नयाँ भवन निर्माणका लागि थप रु. ११ अर्ब ९५ करोड पुँजी आवश्यक पर्ने देखिएको छ।पहाडी अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि, पशुपालन र खाद्यान्न भण्डारणमा परेको क्षतिले आगामी दिनमा प्रभावित क्षेत्रहरूमा गम्भीर खाद्यान्न सङ्कट र खाद्य मुद्रास्फीतिको जोखिम बढाएको छ।कुल २ हजार ९५१ घरपरिवारको खेतबारीमा लगाइएको धान, मकै र तरकारी जस्ता खडा बाली नष्ट हुँदा रु. २३ करोड २१ लाखको क्षति भएको छ भने १ हजार ८७६ परिवारको घरमा भण्डारण गरिएको अन्नपात बाढीमा बग्दा रु. १० करोड ४१ लाख नोक्सान भएको छ।त्यस्तै १ हजार ११ परिवारका ६६४ गाई, भैँसीजस्ता ठूला पशु, ४ हजर ६०१ बाख्रा, भेडाजस्ता साना पशु, ६३ हजार ६३३ कुखुरा तथा पन्छी र २४,५०८ किलोग्राम माछा नष्ट हुँदा रु. २१ करोड ४२ लाख बराबरको पशुधन नाश भएकाे छ।कुल २ हजार ३३० घरपरिवारका नगद, बहुमूल्य गहना, सांस्कृतिक तथा पुरातात्विक वस्तुहरू बाढीमा हराउँदा रु. ५ अर्ब २ करोडको क्षति भएको छ।यसैगरी १ हजार ११५ घरपरिवारका १ हजार ४२३ वटा सवारी साधनहरू नष्ट हुँदा रु. १ अर्ब २४ करोडको नोक्सान भएको छ भने ३ हजार १८७ परिवारका टिकाउ घरायसी सामान नष्ट भएका छन् जसको मूल्य रु. १ अर्ब ४५ करोड आँकलन गरिएको छ भने २ हजार७६९ परिवारका अस्थायी घरायसी सामान नष्ट भएका छन् जसको मूल्य (रु. ६६ करोड ३५ लाख आकलन गरिएको छ ।व्यवसायिक प्रतिष्ठान र औद्योगिक क्षेत्रमा परेको धक्काले नेपाल-चीन सीमा व्यापारलाई ठप्प बनाएको छ। रसुवागढी-भोटेकोशी कोरिडोर चीनबाट नेपालतर्फ हुने उपभोग्य, औद्योगिक तथा निर्माण सामग्री आयातको प्रमुख मार्ग हो।सर्वेक्षण अनुसार कुल १ हजार ६३८ व्यावसायिक प्रतिष्ठानहरू बाढीबाट सोझै प्रभावित भएका छन्, जसमध्ये नुवाकोटमा ९६२, रसुवामा ४१६, धादिङमा २४१ र गोरखामा १९ वटा व्यवसायहरू रहेका छन्। यी प्रतिष्ठानहरूमा रु. ९ अर्ब ६० करोड बराबरको प्रत्यक्ष भौतिक तथा मौज्दात मालसामान (Inventory) को क्षति भएको छ।क्षतिग्रस्त व्यावसायिक प्रतिष्ठानहरूको क्षेत्रगत संरचना हेर्दा थोक तथा खुद्रा व्यापार गर्ने ७७४ वटा फर्महरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।चीनबाट पैठारी गरिएका कपडा, इलेक्ट्रोनिक्स र घरायसी सामग्रीका गोदामहरू भोटेकोशीको बाढीमा बग्दा व्यापारीहरू सडकमा पुगेका छन्।त्यसै गरी तातोपानी र स्याफ्रुबेँसी मार्गमा सञ्चालित ३३७ वटा होटल तथा रेस्टुरेन्टहरू ध्वस्त भएका छन्। कृषि तथा मत्स्यपालनसँग सम्बन्धित १६६ वटा व्यावसायिक फार्महरू र ७० वटा साना तथा मझौला उत्पादनमूलक उद्योगहरूमा पनि ठूलो क्षति पुगेको छ। व्यवसायतर्फ ४०३ वटा सवारी साधन नष्ट हुँदा रु. ९४ करोडको क्षति हुनुका साथै १ लाख ५३ हजार ५२ वटा व्यावसायिक कुखुरा र २८ हजार १५० केजी माछा मरेका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती
ताजा खबरJust now

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौँ, असोज ३१ गते । बडादसैँको सातौँ दिन शनिबार गोरखा दरबारबाट पठाइएको फूलपाती हनुमानढोका दरबारस्थित दसैँघरमा भित्र्याइएको छ । परम्परागत विधिअनुसार पूजाअर्चना गरी गोरखाबाट पठाइए... ...

गोरखापत्र
तीन दिनका लागि खुल्ने भयो तातोपानी नाका
ताजा खबरJust now

तीन दिनका लागि खुल्ने भयो तातोपानी नाका

दशैंका समयमा वस्तु तथा सामग्रीको आपूर्ति सहज बनाउने उद्देश्यले चीनसँगको तातोपानी नाका तीन दिनका लागि अस्थायी रूपमा सञ्चालनमा आउने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहको निरन्तर पहलपछि चिनियाँ पक्षले नेपाली पक्षको आग्रहलाई सम्बोधन गर्दै नाका अस्थायी रूपमा खोल्ने निर्णय गरेको हो। निर्णयअनुसार अक्टोबर १८ देखि २० (कात्तिक १–३) सम्म तीन दिन त... ...

नेपालखबर
भेरी करिडोरमा अटो दुर्घटना : दुईको मृत्यु, तीन जना गम्भीर घाइते
ताजा खबरJust now

भेरी करिडोरमा अटो दुर्घटना : दुईको मृत्यु, तीन जना गम्भीर घाइते

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–८ मालुस्थित भेरी करिडोर सडक खण्डमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) बुद्धिसागर पुरीका अनुसार बिहान करिब ११ः१५ बजे दुर्घटना भएको हो। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ राडीदेखि जाजरकोटको नलगाड नगरपालिका–१२ तल्लुबगरतर्फ जाँदै गरेको लु प्र ०१–००१ ह ०५२९ नम्बरको ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play