एप्पलको आईफोन एयर २ थप पातलो हुनुका साथ उच्च क्षमताको ब्याट्री हुन सक्ने

गत वर्ष, अमेरिकी डिभाइस निर्माता एप्पलले अहिलेसम्मकै सबैभन्दा पातलो आईफोन सार्वजनिक गरेको थियो। यसको अर्को संस्करणको रूपमा “आईफोन एयर २” (iPhone Air 2) आउन सक्ने सम्भावना छ, जुन अघिल्लो मोडलभन्दा पनि अझ पातलो हुन सक्छ। साथै, आईफोन एयर २ मा अझ बढी क्षमताको ब्याट्री समावेश गरिन सक्छ। दक्षिण कोरियाली अनलाइन प्लेटफर्म ‘नेभर’ मा जानकारी दिँदै ‘yeux1122’ नामक टिपस्टरले उल्लेख गरेअनुसार, आईफोन एयर २ को मोटाइ करिब ५.२ मिलिमिटर हुन सक्छ, जुन आईफोन एयरको तुलनामा ०.४ मिलिमिटर कम हो। सामान्यतया अति पातलो स्मार्टफोनहरूमा कम क्षमताको ब्याट्री हुने भए तापनि, एप्पलले यस मोडलका लागि बढी क्षमताको ब्याट्रीमा काम गरिरहेको बताइएको छ। आईफोन एयरमा ३,१४९ एमएएच क्षमताको ब्याट्री थियो भने आईफोन एयर २ मा करिब ३,५०० एमएएच क्षमताको ब्याट्री हुन सक्छ। एप्पलको आगामी स्मार्टफोनमा टाइटेनियम फ्रेम यथावत रहने अपेक्षा गरिएको छ। आईफोन एयर २ मा “डायनामिक आइल्यान्ड” को आकार घटाइने सम्भावना छ, जसले गर्दा स्क्रिनमा थप ठाउँ उपलब्ध हुनेछ। आईफोन एयरमा पछाडिको भागमा एउटा मात्र क्यामरा भएकाले आलोचना भएको थियो; यसको उत्तराधिकारी मोडलमा भने डुअल रियर क्यामराको व्यवस्था हुन सक्छ, जसमा ४८ मेगापिक्सेलको मुख्य क्यामरा र अल्ट्रा-वाइड-एंगल लेन्सको संयोजन हुनेछ। हालको आईफोन एयरमा एउटा ४८ मेगापिक्सेलको रियर क्यामरा र सेल्फी तथा भिडियो कलका लागि १८ मेगापिक्सेलको फ्रन्ट-फेसिङ क्यामेरा छ। आईफोन एयर २ मा २ नानोमिटर प्रक्रियामा आधारित ‘ए२०’ चिप प्रयोग हुने अपेक्षा गरिएको छ र यसमा १२० हर्ज रिफ्रेस रेटसहितको ६.५५ इन्चको डिस्प्ले हुन सक्छ। आईफोन एयर २ अर्को वर्ष आईफोन १८ सँगै सार्वजनिक हुन सक्छ। यी मोडलहरूसँगै किफायती “आईफोन १८ई” (iPhone 18e) पनि सार्वजनिक गरिन सक्छ। The post एप्पलको आईफोन एयर २ थप पातलो हुनुका साथ उच्च क्षमताको ब्याट्री हुन सक्ने appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, के-के छन् सुविधा ?
काठमाडौं । नेपाल टेलिकमले ‘अटम अफर २०८३’ अन्तर्गत विभिन्न आकर्षक भ्वाइस तथा डाटा प्याकेज र सुविधा उपलब्ध गराएको छ । कम्पनीले नयाँ भ्वाइस तथा डाटा प्याकेज सञ्चालनमा ल्याउनुका साथै विद्यमान प्याकेजलाई थप आकर्षक बनाएको जनाएको छ ।कम्पनीका अनुसार अल नेट भ्वाइस प्याकअन्तर्गत ३५, ४९, ९८, १८९ र २९९ रुपैयाँमा क्रमश: १०१, १११, २२२, ३३३ र ६६६ मिनेटका प्याकेज उपलब्ध छन् ...

स्टाइल र पावरको संयोजनसहित भेस्पाको १५० सीसी स्कुटर सार्वजनिक
काठमाडौं । इटालियन स्कुटर ब्रान्ड भेस्पाले नेपाली बजारमा १५० सीसी क्षमताको नयाँ स्कुटर भित्र्याएको छ । नेपालका लागि भेस्पाको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी (Vespa 150 FI OBD 2 Stage B) सार्वजनिक गरेको हो ।काठमाडौंको त्रिपुरेश्वरस्थित डेल्टा अटोकर्पको शोरुममा आयोजित विशेष कार्यक्रममार्फत स्कुटर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । नयाँ मोडलमा भेस्पाको परम्परागत ...

पूर्वाधार विकास कोषको पुँजी १ खर्ब पु-याउन प्रस्ताव
२७ असोज, काठमाडौं। पूर्वाधार विकास कोषको अधिकृत पुँजी १ खर्ब रुपैयाँपु-याउने प्रस्ताव गरिएको छ । पूर्वाधार विकास मन्त्रालयले तयार पारेको ‘पूर्वाधार विकास कोषसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’को मस्यौदामा कोषको पुँजी १ अर्ब कित्ता साधारण शेयरमा विभाजन गर्ने प्रस्ताव गरिएको हो । मन्त्रालयले विधायन ऐन, २०८१ को दफा ६ को उपदफा (२) बमोजिम विधेयकको […] The post पूर्वाधार विकास ...

अध्यागमन विभागद्वारा विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली लागू
अध्यागमन विभागले नेपालमा रहेका विदेशी नागरिकका गतिविधिको निगरानी, यात्रा व्यवस्थापन र सहजीकरणका लागि पहिलो पटक लागू गरेको सूचना प्रणालीलाई देशव्यापी विस्तार गरेको छ। विभागले सोमबार नगरकोटमा आयोजना गरेको ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीसम्बन्धी अभिमुखीकरण’ कार्यक्रममा विभागका निर्देशक शिव लम्सालले नेपाल भित्रिएका विदेशी नागरिक नफर्केसम्म उनीहरु कहाँ गए, कहाँ बसेलगायतका विवरण लिनेगरी विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली देशव्यापी रुपमा लागू गरिएको ...


