Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै

अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै

Share:WhatsAppFacebookX (Twitter)Telegram
अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै

काठमाडौँ । कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले उत्तरी अस्ट्रेलियामा आदिवासी रेन्जरले वन्यजन्तुको अनुगमनका क्रममा गर्नुपर्ने तस्बिर प्रशोधनसम्बन्धी कार्यभार ८१ दशमलव चार प्रतिशतले घटाएको एक अध्ययनले देखाएको छ । अस्ट्रेलियाको चाल्र्स डार्विन विश्वविद्यालय (सीडीयू)ले मङ्गलबार जारी गरेको विज्ञप्तिअनुसार, अनुसन्धानकर्ताले उत्तरी क्षेत्रको पश्चिम अर्नहेमस्थित वार्डेकेन आदिवासी संरक्षित क्षेत्रमा समुदायको नेतृत्वमा सञ्चालन भइरहेको वन्यजन्तु अनुगमन कार्यक्रममा एआईको प्रयोगबारे अध्ययन गरेका थिए । उक्त कार्यक्रममा सांस्कृतिक र संरक्षणका दृष्टिले महत्त्वपूर्ण वन्यजन्तुको निगरानी गर्न क्यामेरा ‘ट्र्याप’ प्रयोग गरिन्छ । यसले भूमि व्यवस्थापनमा परम्परागत भूमिधनी समुदाय र आदिवासी रेन्जरको सहभागिता सुनिश्चित गर्छ । वार्डेकेन भूमि व्यवस्थापन, चाल्र्स डार्विन विश्वविद्यालय र अस्ट्रेलियाको राष्ट्रिय विज्ञान निकाय राष्ट्र मण्डल वैज्ञानिक तथा औद्योगिक अनुसन्धान सङ्गठन (सीएसआईआरओ)का अनुसन्धानकर्ताले रेन्जरले सङ्कलन गरेको एक हजार ५७२ घण्टाको तथ्याङ्कमा ‘मेगाडिटेक्टर’ नामक एआईमा आधारित वन्यजन्तु पहिचान प्रणाली प्रयोग गरेका थिए । अध्ययनअनुसार, उक्त प्रविधिले विस्तृत विश्लेषण गर्नुपर्ने तस्बिरको सङ्ख्या नौ लाख २५ हजार ८८ बाट घटाएर एक लाख ७२ हजार २९० मा सीमित गरेको थियो । यससँगै तस्बिर प्रशोधन गर्न लाग्ने समय पनि छ महिनाबाट घटेर दुई महिनामा झरेको थियो । कार्यभार घटेपछि रेन्जरले भूमि व्यवस्थापन र वन्यजन्तुका प्रजाति पहिचानमा बढी समय दिन पाएका छन् । साथै, स्थानीय भाषाको अभिलेखीकरण तथा शैक्षिक सामग्री विकासजस्ता गतिविधिमा पनि उनीहरूलाई थप समय उपलब्ध भएको अनुसन्धानकर्ताले बताएका छन् । अध्ययनले एआईको प्रयोगबाट वन्यजन्तु अनुगमनलाई थप प्रभावकारी बनाउनुका साथै आदिवासी समुदायको संरक्षणसम्बन्धी काम र सांस्कृतिक ज्ञानको अभिलेखीकरणमा सहयोग पुग्न सक्ने देखाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

विपद्का घटनामा मानवीय र भौतिक क्षति
ताजा खबरJust now

विपद्का घटनामा मानवीय र भौतिक क्षति

काठमाडौँ । विभिन्न प्रकृतिका १६ वटा विपद्का घटनामा परी एकको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । विपद्का कारण आठ वटा चौपायामा क्षति पुगेको छ भने करिब... ...

रातोपाटी
१२ बजे १२ समाचार : सरकार बदलिने क्रमसँगै दायित्वको भारी थपिँदै, कुन सडक कस्तो अवस्थामा छन् ?
ताजा खबरJust now

१२ बजे १२ समाचार : सरकार बदलिने क्रमसँगै दायित्वको भारी थपिँदै, कुन सडक कस्तो अवस्थामा छन् ?

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. कुन सडक कस्तो अवस्थामा छन् ? हिन्दु धर्मावलम्बीहरूको चाड बडादसैँ सुरु... ...

रातोपाटी
पहाडी भूभागमा हल्का वर्षा, तराईमा मौसम मुख्यतया सफा रहने
ताजा खबरJust now

पहाडी भूभागमा हल्का वर्षा, तराईमा मौसम मुख्यतया सफा रहने

गोरखापत्र अनलाइन काठमाडौँ, असोज २७ गते । नेपाल मौसम विज्ञान विभागका अनुसार बिहीबारसम्म देशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।विभागका अनुसार हाल देशमा पश्चिमी वायु र मनसुनी वा... ...

गोरखापत्र
जुम्लामा २२९ मुद्दा फछ्र्योट
ताजा खबरJust now

जुम्लामा २२९ मुद्दा फछ्र्योट

जुम्ला, २७ असोजः जिल्ला अदालतले एक वर्षको अवधिमा विभिन्न प्रकृति २२९ वटा मुद्दा फछ्र्योट गरेको छ । आर्थिक वर्ष २०८२÷८३ मा अदालतमा ३०८ मुद्दा दर्ता भएकामध्ये २२९ वटा फछ्र्योट भएको जिल्ला... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play