Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/फेरिएको दाप्चा : पहिलो गुल्जार, आजकल सुनसान (तस्बिरहरू)

फेरिएको दाप्चा : पहिलो गुल्जार, आजकल सुनसान (तस्बिरहरू)

Share:WhatsAppFacebookX (Twitter)Telegram
फेरिएको दाप्चा : पहिलो गुल्जार, आजकल सुनसान (तस्बिरहरू)

काठमाडाैं । कुनै समय पूर्वी नेपाल र काठमाडौँको बिसौनी, व्यापारिक केन्द्र काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित दाप्चा बजार आजकल सुनसान प्रायः छ । काठमाडौँलाई पूर्वी नेपालसँग जोड्ने प्रमुख व्यापारिक केन्द्र दाप्चा ठाउँ उही हो, घर पनि पुरानै छन् । हिजो र आजको दाप्चामा फरक भनेको यहाँ कुनैबेला हुने व्यापारिक चहलपहल हो । बीपी राजमार्ग निर्माणअघि दाप्चामा दाल, तोरी, गेडागुडी, भटमास, घिउ, खाद्यान्न, नुन, कपडालगायतको दोहोरो कारोबार हुन्थ्यो । भोजपुर, ओखलढुंगा, सिन्धुली र मिथिलातिरका मानिस पैदल हिँडेर दाप्चा आउँथे । काठमाडौँबाट पनि व्यापारीहरू दाप्चा पुग्थे । भक्तपुरबाट बनेपा हुँदै केही नेवार परिवार व्यापारकै उद्देश्यले दाप्चा पुगेपछि दाप्चामा व्यापारिक गतिविधि झनै फस्टाएको थियो । राणाकालीन समयमा यो ठाउँ व्यापारिक केन्द्रको रूपमा विकास भएको मानिन्छ । २००० सालको सुरूआतदेखि २०५० सालसम्म दाप्चा निकै गुल्जार बजार हो । जापान सरकारको सहयोगमा २०५३ साल (सन् १९९६) मा बीपी राजमार्ग निर्माण सुरू भयो । २०७१ सालमा (सन् २०१५) मा निर्माण कार्य सकेर नेपाल सरकारलाई हस्तान्तरण गरियो । यसपछि पूर्वी नेपाल आउजाउ गर्ने, व्यापार गर्नेहरू राजमार्ग प्रयोग गर्न थाले । काठमाडौँसँग सिधा पहुँच बनाउन सहज भयो । योसँगै दाप्चाको व्यापारिक अस्तित्व मेटिन थाल्यो । राजमार्ग बनेसँगै व्यापारिक चहलपहल घट्न थाल्यो । जसले गर्दा स्थानीयले पनि बसाइँ सर्न थाले । यही कारण पछिल्लो दुई दशकदेखि दाप्चामा खास व्यापारिक चहलपहल छैन । बजार सुनसान भएपनि यहाँका पुराना घर, गल्ली र संस्कृतिले इतिहासको झल्को दिन्छन् । घरधनी बसाइँ सरेपछि र संरक्षण नहुँदा ढुंगा–माटोका कतिपय घर भत्किएका छन् । तस्बिर : नेपाल फोटो लाइब्रेरी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

इजरायली कृषि प्रविधि र लगानी भित्र्याउन प्रस्तावित राजदूत कर्णसँग सांसद विष्टद्वारा योजना माग
ताजा खबरJust now

इजरायली कृषि प्रविधि र लगानी भित्र्याउन प्रस्तावित राजदूत कर्णसँग सांसद विष्टद्वारा योजना माग

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद नरबहादुर विष्टले नेपालको कृषि क्षेत्रको आधुनिकीकरण र इजरायली प्रविधि भित्र्याउन इजरायलका लागि प्रस्तावित राजदूत सुरेशकुमार कर्णसँग के योजना छ भन्दै जिज्ञासा राखेका छन्। मंगलबार बसेको संसदीय... ...

रातोपाटी
मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी
ताजा खबरJust now

मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी

मुस्ताङ । मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ । असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले बेनी—जोमसोम सडक दुई सातासम्म अवरुद्ध हुँदा स्याउ... ...

रातोपाटी
अधिकार हस्तान्तरणमा ढिलाइ भयो: लुम्बिनी मुख्यमन्त्री
ताजा खबरJust now

अधिकार हस्तान्तरणमा ढिलाइ भयो: लुम्बिनी मुख्यमन्त्री

​लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको मर्म अनुसार अधिकार हस्तान्तरण र कानुन संशोधनमा ढिलाइ भएको बताएका छन्। उनले प्रदेश सरकारलाई सबल र सक्षम बनाउन संघीय सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए। ​सम्मेलनमा मुख्यमन्त्री आचार्यले संविधानले दिएका एकल अधिकार तथा साझा सूचीका अधिकारहरू अझै पनि संघ सरकारले हस्तान्तरण नगरेको गुनासो गरे। उनले भने, &lsquo... ...

नेपालखबर
पोखराको आइकोनिक खेलाडीमा विश्वसा पराजुली
ताजा खबरJust now

पोखराको आइकोनिक खेलाडीमा विश्वसा पराजुली

नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सको आइकोनिक खेलाडीमा विश्वास पराजुली छनोट भएका छन्।  पोखरा रंगशालास्थित क्रिकेट मैदान र स्याङजामा भएको ट्यालेन्ट हन्टबाट विश्वास आइकोनिक खेलाडीका रुपमा छनोट भएका हुन्। यसअघि गण्डकी हिरोज टपमा रहिसकेका विश्वासले एनपीएलमा पोखराको प्रतिनिधित्व गर्नेछन्।  पोखरा एभेन्जर्सका मुख्य प्रशिक्षक अजन्था मेन्ड... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play