Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/एआईको जोखिम नियन्त्रण गर्न अन्तर्राष्ट्रिय संस्था गठन गर्न वैज्ञानिकहरूको माग

एआईको जोखिम नियन्त्रण गर्न अन्तर्राष्ट्रिय संस्था गठन गर्न वैज्ञानिकहरूको माग

Share:WhatsAppFacebookX (Twitter)Telegram
एआईको जोखिम नियन्त्रण गर्न अन्तर्राष्ट्रिय संस्था गठन गर्न वैज्ञानिकहरूको माग

काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिम नियन्त्रण गर्न विश्वभरका वैज्ञानिक तथा विज्ञहरूले शक्तिशाली अन्तर्राष्ट्रिय संस्था गठन गर्न माग गरेका छन् । एआईका अग्रणी अनुसन्धाताका रूपमा चिनिने जेफ्री हिन्टन र योशुआ बेंगियोसहित करिब ४०० वैज्ञानिक तथा विज्ञले मंगलबार खुला पत्र जारी गर्दै उन्नत साइबर क्षमतायुक्त एआई प्रणालीका लागि सुरक्षा मापदण्ड निर्धारण गर्न र पारदर्शी प्रतिवेदन प्रणाली विकास गर्न आह्वान गरेका हुन् । प्रस्तावित अन्तर्राष्ट्रिय संस्थाले उद्योगस्तरका सुरक्षा मापदण्ड निर्धारण गर्नुका साथै एआई प्रणालीसँग सम्बन्धित गम्भीर सुरक्षा घटनाको आधिकारिक अभिलेख तयार गर्नेछ । यस्तो अभिलेखलाई क्रमशः सर्वसाधारणका लागि पनि सार्वजनिक गर्नुपर्ने उनीहरूको सुझाव छ । खुला पत्रमा अनुसन्धानकर्ताहरूले अत्याधुनिक एआई मोडेललाई विकासको प्रारम्भिक चरणमा बाह्य सञ्जालबाट अलग राख्नुपर्ने र तिनको स्वतन्त्र अनुगमन गर्नुपर्नेमा जोड दिएका छन् । प्रविधि कम्पनीहरूले स्वेच्छाले गर्ने सुरक्षा प्रतिबद्धता मात्र जोखिम नियन्त्रणका लागि पर्याप्त नभएको उनीहरूको तर्क छ । एक महिनाअघि एन्थ्रोपिक, ओपनएआई, गुगल, मेटा, एक्सएआई र एनभिडियालगायत प्रविधि कम्पनीहरूले ह्वाइट हाउससँग सुरक्षा सम्झौतामा हस्ताक्षर गरेका थिए । तर, उक्त सम्झौतामा स्वैच्छिक सुरक्षा उपायको व्यवस्था भए पनि तिनको कार्यान्वयन अनिवार्य गराउने संयन्त्र नभएको भन्दै वैज्ञानिकहरूले अन्तर्राष्ट्रिय संस्थाको आवश्यकता औँल्याएका हुन् । रोयटर्स

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

दुर्गा पूजाका क्रममा करेन्ट लागेर एकको मृत्यु
ताजा खबरJust now

दुर्गा पूजाका क्रममा करेन्ट लागेर एकको मृत्यु

उदयपुर । दुर्गा पूजाका लागि विद्युत् लाइन जोड्ने क्रममा करेन्ट लागेर उदयपुरमा एक बृद्धको मृत्यु भएको छ । त्रियुगा नगपालिका–१२ पुरानो गाईघाटस्थित ज्योति नगर टोलका ६५ वर्षीय बद्रीनारायण चौधरीको मङ्गलबार साँझ... ...

रातोपाटी
‘कबड्डी ५’को ट्रेलर २४ घण्टा नबित्दै युट्युबको ट्रेन्डिङ नम्बर १ मा
ताजा खबरJust now

‘कबड्डी ५’को ट्रेलर २४ घण्टा नबित्दै युट्युबको ट्रेन्डिङ नम्बर १ मा

कात्तिक ६ गतेबाट प्रदर्शन हुने फिल्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर युट्युब ट्रेन्डिङमा आएको छ। सार्वजनिक भएको १५ घण्टामै युट्युबको ट्रेन्डिङमा पर्न सफल  फिल्मको ट्रेलर मुभिज चाटतर्फ ट्रेन्डिङ नम्बर १ मा आएको हो।  समाचार तयार पार्दासम्म ट्रेलरले ७ लाख ६० भ्युज बटुलिसकेको छ। दर्शकहरूले निर्देशक रामबाबु गुरुङ, काजीको भूमिकामा देखि... ...

नेपालखबर
गायिका रीता थापामगर नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा विजयी
ताजा खबरJust now

गायिका रीता थापामगर नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा विजयी

लोक तथा दोहोरी गायिका रीता थापामगर नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्। कांग्रेसको १५औँ महाधिवेशनमा गरिएको नेतृत्व चयन चुनावमा उनी खुला महिलातर्फ २ हजार ३०८ मत प्राप्त गर्दै केन्द्रीय सदस्य पदमा विजयी भएकी हुन्। खुला महिलातर्फ १५ सदस्यका लागि ३६ जना उम्मेदवार भिडेका थिए।  निर्वाचित भएपछि रीताले फेसबुकमार्फत खुसी व्... ...

नेपालखबर
संसदीय समितिले होल्डमा राख्यो मलेसियाका प्रस्तावित राजदूत खरेलको सुनुवाइ, आरोपबारे छानबिन हुने
ताजा खबरJust now

संसदीय समितिले होल्डमा राख्यो मलेसियाका प्रस्तावित राजदूत खरेलको सुनुवाइ, आरोपबारे छानबिन हुने

• संसदीय सुनुवाइ समितिले मलेसियाका प्रस्तावित राजदूत चुडामणि खरेलको सुनुवाइ होल्डमा राख्ने निर्णय गरेको छ, विभिन्न आरोप र अनियमितताका कारण। • सांसदहरूले खरेलमाथि स्वार्थको द्वन्द्व, आर्थिक अनियमितता र योग्यतामाथि प्रश्न उठाएका छन्, जसको कारण थप अध्ययन र प्रमाण जुटाउने आवश्यकता देखिएको छ। • खरेलले आरोपहरूलाई अस्वीकार गर्दै आफूलाई निर्दोष साबित गर्नका लागि समयको माग गरेका छन्, तर समितिले गोप्य छलफल ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play