Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम बढेर साढे ४ अर्बमाथि

नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम बढेर साढे ४ अर्बमाथि

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम बढेर साढे ४ अर्बमाथि

काठमाडौं । साताको कारोबारअन्तर्गत बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक ४.५६ अंकले बढेर २ हजार ६२५.८२ विन्दुमा पुगेको हो। यसअघि बुधबार नेप्से परिसूचक २१.३२ अंकले बढेको थियो। बिहीबार परिसूचकमा सामान्य वृद्धि भए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। यस दिन ३४९ वटा स्क्रिप्सको १ करोड ३६ लाख २४ हजार ४०७ कित्ता सेयर ४ अर्ब ७१ करोड ७० लाख २८ हजार १०४ रुपैयाँमा खरिदबिक्री भएको छ। बुधबार ४ अर्ब १३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो। बिहीबार बेनी हाइड्रोपावर प्रोजेक्टको सेयर मूल्य सर्वाधिक १४.९८ प्रतिशतले बढेको छ। त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्स र लक्ष्मी उन्नति कोषको सेयर मूल्य ६ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कारोबार रकमका आधारमा कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। बैंकको २३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, अपी पावरको २७ करोड, घलेम्दी हाइड्रोपावरको १८ करोड, पिपुल्स हाइड्रोपावरको १२ करोड र ग्रीन भेन्चर्सको ११ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। यस दिन चारवटा समूहका उपसूचकमा गिरावट आएको छ भने बाँकी समूहका उपसूचक सकारात्मक देखिएका छन्। बैंकिङ, म्युचुअल फन्ड, होटल तथा पर्यटन र ट्रेडिङ समूहका उपसूचक घटेका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

दशैंका च्याङ्ग्रा महंगिए, रोज्जाकै ५० हजार !
ताजा खबरJust now

दशैंका च्याङ्ग्रा महंगिए, रोज्जाकै ५० हजार !

बागलुङ । दशैंमा हिमाली भेँडा च्याङ्ग्राको मासु खाने गरिन्छ । बागलुङ बजारमा घटस्थापनापछि हिमालपारिको जिल्ला मुस्ताङ हुँदै च्याङ्ग्रा भित्रिएका छन् । मूल्य आकासिए पनि बागलुङमा मुस्ताङी च्याङ्ग्राको माग बढ्दो छ । कोसेलीका लागि र दशैंमा च्याङ्ग्राको मासु खाने प्रचलनले मूल्य आकासिए पनि व्यापार भने राम्रो भइरहेको यहाँका व्यापारी बताउँछन् । अहिले बागलुङमा रोज्जा च्याङ्ग्राको भाउ रु ४५ देखि ५० हजार पर्ने ...

केन्द्रबिन्दु
पत्रकार जनकराज सापकोटाको उपन्यास ‘मगनी मरिक’ सार्वजनिक
ताजा खबरJust now

पत्रकार जनकराज सापकोटाको उपन्यास ‘मगनी मरिक’ सार्वजनिक

कक्षा १२ मा अध्ययनरत १८ वर्षीया अञ्जुकुमारी मरिक, डा. रामजी राम र स्वयं लेखक सापकोटाले संयुक्त रूपमा पुस्तकको विमोचन गरे । ...

कान्तिपुर
अस्ट्रेलियामा बालबालिकामाथि हिंसा र यौन उत्पीडन बढ्दो
ताजा खबरJust now

अस्ट्रेलियामा बालबालिकामाथि हिंसा र यौन उत्पीडन बढ्दो

सिड्नी । अस्ट्रेलियामा बालबालिकामाथि हुने यौन उत्पीडन र पारिवारिक हिंसासम्बन्धी आक्रमणका घटना तीव्र रूपमा बढेका छन् । सन् २०१४ देखि २०२४ सम्मको तथ्याङ्कमा आधारित अध्ययनले पछिल्ला तीनदेखि पाँच वर्षमा बालबालिकामाथि हुने हिंसा झन् बढेको देखाएको छ । अध्ययनअनुसार, सन् २०१४ देखि २०२४ सम्म १० देखि १७ वर्ष उमेर समूहका बालिकामा यौन उत्पीडनको दर ५१ प्रतिशत र सोही उमेर समूहका बालकमा ६० ...

केन्द्रबिन्दु
नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि
ताजा खबरJust now

नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ५६ अङ्कले बढेर दुई हजार ६२५... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play